कथा : अर्काकी श्रीमती
०३ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
कथा : अर्काकी श्रीमती
स्केच

सुन्दरता के हो ? रुपवती कसलाई भन्ने ? परी कस्ता हुन्छन् ? उत्तर थिइन्– सिरु । हँसिलो मुहार, गुलाबी ओठ, मोतीरूपी दन्तलहर र चम्किलो केशराशिले उनी यति राम्री देखिन्थिन्, लाग्थ्यो परीको अर्को रूप हुन् उनी ।

सबैले मलाई खाइलाग्दो मान्छे भन्थे । सेनाको सेकेन्ड लप्टन, उमेर २८, उचाइ ५ः१०, गहुँ गोरो वर्ण । जवानीको जोस भनौँ कि उत्साह या घमण्ड, संसारको जस्तोसुकै शक्तिलाई जित्ने साहस थियो ममा ।

तर, उनलाई हेर्नासाथ जोस–जाँगर नतमस्तक हुन्थे । उनीमा त्यस्तो शक्ति के थियो कुन्नि ! म उनको सामु लत्राकलुत्रुक पर्थें ।  

म घरबाटै ब्यारेक जान्थें । काँधका जोडी खुकुरी अंकित ब्याजको बेग्लै सान थियोे । म ब्यारेक आउँदा–जाँदा सबैको ध्यान मतिर हुन्थ्यो, म भने उनलाई हेर्थें ।

उनी सबैसँग नम्र हुन्थिन्, बालबालिका र वृद्धवृद्धालाई झनै ख्याल गर्थिन् । ‘ब्युटी विथ ब्रेन’को घतलाग्दो अर्थ उनैलाई हेरेर बनाएजस्तो लाग्थ्यो । युनानी र भारतीय पौराणिक शास्त्रका सृष्टिकर्ताहरुले सिरुलाई पृथ्वीमा पठाएझैँ लाग्थ्यो । कवि–गीतकारको वर्णनभन्दा अलौकिक सुन्दरताले भरिपूर्ण थिइन् सिरु । सायद, वर्डस्वर्थ र देवकोटालाई उनको प्रशंसामा शब्दहरू कम पर्थे होला ।

सोमबार सिरु झन् राम्री देखिन्थिन् । चट्ट परेको शरीरलाई रातो रंगको धोतीले बेर्थिन्, सुनमा सुगन्ध लाग्थ्यो । नशालु हेराई तीरभन्दा कम थिएन, जो–कोहीलाई घायल बनाउँथ्यो । हरेक पल उनले मलाई नै हेरिरहेझैँ लाग्थ्यो । मानिस दिवास्वप्न देख्न बाध्य हुन्थ्यो । उनको शिरदेखि पाउसम्म हेर्दा मन त्यसै प्रफुल्ल हुन्थ्यो । तर, शिरको मध्य भागमा रातो सिन्दुर देख्दा मन खिन्न हुन्थ्यो । तैपनि मन त्यसै किन रोकिन्थ्यो ! उनको अगाडि जोखिम मोल्न एक सय एक तयार हुन्थे ।

सधैं सिरु देखिने झ्यालमा बसेँ । सिरुको घरबाट एकाएक ठूलो आवाज निस्कियो, सिसा झ¥यामझुरुम भएको । म झस्किएँ, त्यसपछि सन्नाटा छायो । केही समयपछि ढोका ड्याम्म लगाएको आवाज सुने । सिरु ब्याग बोकेर बाहिर निस्किइन् । म भने उनलाई हेरेर टोलाइरहेँ । 

कतिजना त घरबार त्यागेर सिरुलाई पाउन आतुर थिए । उनीहरू सिरुको स्वीकृति कुरिरहेका हुन्थे । उनले सयौँको भोक, निन्द्रा, अमनचयन भंग गरिदिएकी थिइन् । टोलका २० वर्षदेखि ८० का मनुवा उनलाई आँखा तन्काइतन्काई हेर्थे ।  

मेरो डेराबाट उनको कोठाको ऐना प्रस्टै देखिन्थ्यो । सूर्यको किरणमा उनको ऐना टल्किए मेरो कोठाको भित्तामा ठोकिन्थ्यो, जहाँ विभिन्न आकृति देखिन्थे । उनले कपाल कोर्दा या मिलाउँदा कपालको चमकसँगै मेरो कोठा हाँस्थ्यो, एक पल । हरेक बिहान ९ः३० बजे उनको अनुहार ऐनाअगाडि हुन्थ्यो । म पनि तकिया भित्तामा ठड्याएर उनलाई हेर्थे । उनी लसक्क परेको कपाललाई घरी दायाँ त घरी बायाँ ढल्काउँथिन् । र, दायाँ ढल्काएर किनारमा सिँउदो निकाल्थिन् । अनि, रसिला ओठमा कलेजी रङको लाली लगाएपछि शरीरमा अत्तर छर्कन्थिन् ! यो सबै मैले लुकिछिपी हेर्थें । जति हेरे पनि धीत मर्दैनथ्यो । बेलाबेला उनी यताउति फर्केर कर्के नजर लगाउँथिन् । उनलाई पनि कसैले हेर्दै छ भन्ने भान हुन्थ्यो होला ! म अन्तैतिर आँखा घुमाउँथेँ ।  

म झ्यालमा बसेको मेरी श्रीमतीलाई मन पर्दैनथ्यो । उनी व्यंग्य गर्थिन्, ‘धेरै झ्यालतिर नहेर्नू है, मुन्टो बांगिएला ।’

‘बांगिँदैन, केटाकेटी खेलेको हेरेको,’ म जिब्रो चपाउँथेँ ।

‘के के हेर्नुहुन्छ ? मलाई सबै थाहा छ,’ उनी बम्किन्थिन् ।

‘के हेरँे मैले ? म झर्किन्थें ।  

म दिनहुँ सिरुका गतिविधि नियाल्थेँ, झ्यालमा बसेर । मेरी श्रीमतीले चियो गरेकी थिइन् होला । उनी ममाथि खुबै शंका गर्थिन् । एकदिन छोराले सोध्यो, ‘बाबा, के हेर्नुभएको ?’

‘केही होइन, पुतली हेरेको,’ यति भनेपछि म उसलाई हेर्थे । ऊ जिद्दी गर्दै भन्थ्यो, ‘बाबा, म पनि हेर्छु पुतली ।’

‘तिमीले अहिले देख्दैनौ । पुतली उडेर पर गयो,’ औंलाले संकेत गर्दै निकै परपर देखाइदिन्थेँ । ऊ पुतली पहिल्याउन खोज्थ्यो, नदेखेपछि ऊ खेल्न सुरु गथ्र्यो । यसरी नै बिहानी बित्थ्यो ।

सिरुको घरमा दिनहुँजसो कलह भएको सुनिन्थ्यो । म सोच्थेँ– परी जस्ती श्रीमतीलाई किन गाली गर्छ, म भए त सजाउँथेँ, श्रद्धा गर्थें, लंगुरको हातमा अंगुर भनेको त्यहीँ होला !  

बेलाबेला ‘मलाई डिभोर्स चाहियो’ भन्दै सिरु चिच्याएको सुन्थेँ । त्यसबेला उनको श्रीमानको आवाज नै चर्को सुनिन्थ्यो । उसले सिरुमाथि शंका–उपशंका गरेको बुझिन्थ्यो । राम्री श्रीमती भएकालाई पनि गाह्रै हुँदो रैछ ! दुनियाँले आँखा लगाउने, हेर्नेले पनि खाउँला झैं गरेर हेरिदिने । समस्या !  

छरछिमेकले थाहा पाउने गरी झगडा गरे पनि उनीहरु घरबाट सँगै निस्कन्थे । झगडा होस् या मेल, सिरु सधैँ चिरिच्याट्ट हुन्थिन् । उनको अनुहारलाई खासै असर गर्दैनथ्यो, हँसिलै देखिन्थ्यो । उनको श्रीमान् कालो वर्णका थिए, साउथ इन्डियन फिल्मका मोटो र अग्लो गुन्डाजस्तो । अनुहारमै रिस भरिएझैँ देखिन्थ्यो । उनी के काम गर्थे, मलाई थाहा थिएन । उनी कालो–चिल्लो कार चढ्थे । मनअनुसारको कारको रङ थियो कि ! नत्र अप्सरा जस्ती श्रीमतीलाई दिनहुँजसो किन झपार्थे ? अचम्म लाग्थ्यो, मनमुटाव भए पनि कारमा कुम जोडेर हुँइकिन्थे ।

सिरु देखिने झ्यालतिर हेरिरहन्थेँ म, यो मेरो आदतै भइसकेको थियो । श्रीमती भन्थिन्, ‘भयो अब, आउनुहोस् अफिस जान ढिला होला ।’  

‘ल म आएँ,’ म मन लागी नलागी उनीतिर ध्यान दिन्थेँ । प्रायः उनी मेरो मनोभाव थाहा पाएझैँ गरी बोलाउँथिन् । म पनि केही नबिराएझैँ गर्थें । हुन त मेरी श्रीमती पनि निकै रुपवती छिन् । मैलै उनलाई पाउन गरेको हर प्रयास अझै मानसपटलमा छ, बेलाबेला झलझली याद आउँछ ।

क्लासका सबै केटाहरु उनलाई पाउन मरिहत्ते गर्थें । एक साथीले आफ्नो हात चिरेर उनको नामको लेखेको थियो, रिना । मैले रिनाका लागि कैयौंसँग झैझगडा गरेको थिएँ । मैले उनलाई कसो कसो मायाजालमा फसाएँ र विवाह भयो । छोरो जन्मियो, सबै राम्रै थियो । तर, सिरु आँखामा बसेदेखि घरमा ठाकठुक पर्न थालेको थियो । सिरुको घरमा के कारण झगडा हुन्थ्यो, मलाई थाहा थिएन । हाम्रो घरमा भने सिरु नै कारक थिइन् ।

भद्रकाली अगाडिको सैनिक पेट्रोल पम्पमा म तेल भर्ने लाइनमा थिएँ, उनी एक्लै आइरहेको देखेँ । उनले सेतो कुर्ता, कालो रङको पाइजामा र कालो चस्मा लगाएकी थिइन्, जुन उनलाई खुब सुहाएको थियो । उनको काँधमा साइड ब्याग पनि थियो । उनी टकटक गर्दै पम्पअगाडि उभिएकी थिइन् । सायद उनी कसैलाई कुर्दै थिइन् । एकछिन म आफैँ अलमल परेँ, सपनाझैँ लाग्यो, आफैँलाई चिमोटेँ, विपनै रहेछ । तेल भरेँ । अझैसम्म उनी सडक किनारमा थिइन् । मेरो चाहना पनि त्यहीँ थियो ।  

घाम चर्किएको थियो त्यस दिन । उनी बेलाबेला टाउकामा हात राख्थिन् । घरीघरी हातले हावा हम्किन्थिन् । मनले मानेन, उनी अगाडि बाइक रोकेँ । उनी एकछिन अक्क न बक्क भइन् ।  

‘कसलाई कुर्नुभयो म्याडम ?’ भलाकुसारीको निहुँ खोजेँ ।  

‘कसैलाई होइन,’ उनी हिचकिचाइन् ।

‘घरसम्मै पु¥यादिन्छु, बस्नुस् म्याडम,’ मैले अनुरोध गरेँ ।

‘भो पर्दैन, म ट्याक्सीमा जान्छु,’ उनले भनिन् ।  

‘अप्ठेरो मान्नुपर्दैन । बस्नुस् म्याडम । हाम्रो घर नजिकै छ, किन ट्याक्सी चढ्नुहुन्छ, जाममा फस्नुहोला,’ मैले भने ।  

जामको डरले या मायाले थाहा भएन, उनी राजी भइन् । मेरो कुममा हात राखेर पछाडि बसिन् । एकछिन बाइक हल्लियो, ह्यान्डिल जोडले समातेँ । क्लच बिस्तारै बटारेँ । मलाई केहीको हतार थिएन । मैले जे खोजेँ, त्यहीँ पाएको थिएँ । म सधैं उनीसँगै बस्न चाहन्थेँ, मौका मिल्यो । जिन्दगीमा गुमेको कुरा निकै पछि पाएजस्तो भान भयो । एक प्रकारको जित थियो मेरो । मन प्रफुल्ल थियो । अन्य दिनभन्दा त्यो दिन सहिदगेट खाली थियो । गाडीको चाप निकै कम थियो । नत्र बामे सर्नुपथ्र्यो । घच्याक्क ब्रेक लगाउँदै, हर्न बजाउँदै बाइक चलाउनुपथ्र्याे । सायद समयले पनि साथ दियो ।

निकै खुसी थिएँ ।

हावाको मन्द गतिको मजा लिँदै हामी बाइकमा सरर्र घरतिर जाँदै थियौं । अकस्मात विपरीत दिशाबाट कालो चिल्लो कार अनियन्त्रित तरिकाले आयो । म आत्तिएँ, उनी पनि आत्तिन् । उनले मेरो कम्मरमा बेस्सरी समातिन् । कारवालाले पनि जोडले ब्रेक थिच्यो, झन्डै हामीलाई छोएन । मैले पनि झ्याप्प ब्रेक हानँे । मोटरसाइकल ढल्यो, सिरु कोल्टे परेर उनी लडिन् । म भने च्यापिएँ । एकाएक सडक जाम भयो, हामीलाई हेर्नेको भीड लाग्यो । दायाँबायाँका गाडी रोकिए । कारवाला बाहिर निस्कियो । ऊ गाडीवाल सिरुकै श्रीमान् रहेछ । म आत्तिएँ, क्षणभरमै अनेक शंका, उपशंका र डरले मलाई थिच्यो । मानिसहरू भन्दै थिएँ, ‘के भयो, के भयो ?’  

सिरुको टाउकोमा चोट लागेको थियो । निधारबाट रगत तपतप चुहिँदै थियो । श्रीमानले सिरुलाई गाली गर्न थाल्यो, ‘तँलाई के गर्नु ? ए नकच्चरी, कोसँग दिन बिताइस् ।’

घाइते सिरुमाथि झन् पीडा थपियो । लगत्तै ट्राफिक आयो, मलाई र सिरुलाई अस्पताल लगियो । सिरुका श्रीमानलाई ट्राफिकले केरकार गर्न थाल्यो ।  

यता हामीलाई आकस्मिक कक्षमा लगियो । डाक्टरले सिरुको घाउमा मलमपट्टी लगाए । चोट अलि गहिरो भएकाले उनलाई पाँचवटा टाँका लगाएछन् । जोडजोडले सिरु चिच्याइन्, सायद पेन किलरले काम गरेन । मेरो हातखुट्टाको एक्स–रे भयो । त्यस्तो केही भएनछ । तर, दुखाइ चर्कै थियो ।

सिरुका श्रीमान पनि सिरुको बेडतिर आए । उसले ट्राफिकसँग कुराकानी मिलाइसकेछ क्यारे ।  

मेरो परिवारलाई पनि खबर पुगेको रहेछ । ‘मेरो बाबा, बाबा,’ रुँदै छोरो मैतिर आउँदै थियो । रिना सुँक्कसुँक्क गर्दै थिइन् । उनले सोधिन्, ‘कसरी भयो ?’

म केही बोलिनँ ।  

फेरि सोधिन्, ‘को को हुनुहुन्थ्यो ?’

‘उहाँ र म,’ मैले सिरुतिर संकेत गरेँ । उनले त्यतातिर हेरिन् । सिरुलाई देख्नेबित्तिकै उनी पर झ्यालमा गएर उभिइन्, एकाएक निन्याउरो मुख लगाइन् ! छोरो भने मेरो काखमै बस्यो ।

सिरुका श्रीमान् यताउति गर्दै थिए । उनले रिपोर्ट हेरेर सोधेँ, ‘तपाई को ?’

‘म तपाईंको छिमेकी हुँ, उहाँलाई घरसम्म लिफ्ट दिएको थिएँ । अकस्मात यस्तो भयो !’ मेरो जवाफ थियो ।

‘तपाईंलाई टोलमा कहिले देखिनँ त ! उनले ममाथि शंका गरे ।

‘देख्नुभयो होला, तर याद गर्नुभएन होला,’ मैले भनेँ ।

यसपछि उनी सिरुतिर गए । उनले सिरुलाई भने, ‘कसरी भेट भयो, किन अर्काको बाइक चढिस् ?’ सिरु केही बोलिनन् ।  

श्रीमान्ले भने, ‘अब घरमा तँलाई दश टाँका लगाउँछु ।’  

रिनाको रुवाइ र उभाइमा मप्रतिको रिस झल्किन्थ्यो । एक छिनपछि डाक्टरले मलाई भन्यो, ‘तपाईं घर जाँदा हुन्छ ।’

सिरुलाई चढाइएको सलाइन पानी बाँकी नै थियो । सिरु केही बोलिनन् । मैले भने, ‘सर हामी गयौं ।’

‘हुन्छ, जानुस् । पछि भेटौंला ।’

म छोराको हात समातेर घरतिर लागेँ, छोरो अघिल्तिर म पछिपछि थिएँ ।  

हामी ट्याक्सी चढेर घर आयौं, त्यतिन्जेलसम्म रिनाले केही भनिन् । घर पुग्नेबित्तिकै रन्किइन्, ‘तँलाई रन्डो, म भने मरीमरी व्रत बस्ने । तँ भने दुनियाँका स्वास्नी खेलाउँदै हिँड्ने । पहिलादेखि नै शंका लागेको थियो । जहिल्यै त्यता हेथ्र्यो, कारण यो पो रहेछ ।’

उनले छोरालाई फकाइन् र झोलामा आफ्ना लत्ताकपडा कोच्न थालिन् । एकैछिनमा ढोका ड्याम्म लगाएर हिँडिन् । छोरौ फर्कीफर्की हेर्दै रुँदै भन्दै थियो, ‘मामु बाबा... ।’

उनी छोरालाई तर्साउँदै थिइन्, ‘हिँड खुरुखुरु । तेरो बाउको चर्तिकला देखिनस् ।’ उनले छोरालाई घिसार्दै लगिन् !  

‘ए मेरो कुरा त सुन । कुरै नबुझी कता हिँडेकी ?’

‘तैँ बुझ् अब । धेरै बुझ्न सक्दिनँ । कस्तो रहेछस् भन्ने कुरा आज प्रमाणसहित देखेँ ! पहिला शंका गर्थें, आज आफ्नै आँखाले देखेँ । म गएँ, त्यसैसँग बस् ।’

म झ्यालबाट छोरा र रिनालाई हेर्दै थिएँ । छोरो घरीघरी मलाई हेथ्र्यो, रिनाले एकपटक पनि फर्केर हेरिनन् । मप्रतिको घृणा उनको पाइला पाइलामा देखिन्थ्यो ।  

सधैं छोरो ‘बाबा’ भन्दै मलाई खोज्दै आउँथ्यो । रिनाले पनि मेरा ख्याल, मायामै समय बिताउँथिन् । स–साना कुरामा चासो दिन्थिन् । दिनमा दुई–चारपटक फोन गर्थिन् !  

सोध्थिन्, ‘कस्तो छ, खाजा खानुभयो ?’

तर, आज म उनीसामु घृणित पात्र भएको छु । घर सुनसान थियोे । मनभित्र ज्वाँरभाटा पैदा भए । एकाएक आफैंप्रति घृणा जाग्यो । एकछिन त सबै बर्बाद भएझैँ लाग्यो । हँुदाखाँदाको घरबार क्षणभरमै टुक्रियो । झ्यालमा टोलाएर बसेको थिएँ– परबाट कालो चिल्लो कार हुँइकिँदै मतिर आयो ।

कार सिरुको घरअगाडि रोकियो । कारको ढोका जोडले बन्द गरेको आवाज सुनियो । कारमा सिरु र उनका श्रीमान् रहेछन् । सोचेँ– सिरुको घरमा पनि रडाको मचिन्छ होला ! म कोठाभित्र पसेँ । सधैं सिरु देखिने झ्यालमा बसेँ । सिरुको घरबाट एकाएक ठूलो आवाज निस्कियो, सिसा झ¥यामझुरुम भएको । म झस्किएँ, त्यसपछि सन्नाटा छायो । केही समयपछि ढोका ड्याम्म लगाएको आवाज सुने । सिरु ब्याग बोकेर बाहिर निस्किइन् । म भने उनलाई हेरेर टोलाइरहेँ ।  

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस