नेपालको पूर्वी पहाडी क्षेत्रको प्रमुख नगदे बाली तथा निर्यातजन्य उत्पादनका रूपमा चिनिएको नेपाली चिया उद्योग अहिले अभूतपूर्व संकटको सामना गरिरहेको छ।
भारतले नेपाली अर्थोडक्स चियाको निर्यातमा अप्रत्याशित अवरोध सिर्जना गरेपछि देशभरका दर्जनौं चिया उद्योग बन्द हुन पुगेका छन्। उद्योगीहरूले लगातार बढ्दो समस्या समाधान नभए तत्काल उद्योग सञ्चालन सम्भव नरहेको भन्दै उत्पादन बन्द गर्ने निर्णय गरेका छन्।
पूर्वी नेपालका इलाम, झापा, पाँचथर तथा आसपासका जिल्लामा सञ्चालनमा रहेका कुल ८३ वटा चिया उद्योग अहिले बन्द भएका छन्। उद्योग बन्द भएसँगै हजारौं किसान, मजदुर र यस व्यवसायसँग जोडिएको स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर देखिन थालेको छ।
नेपाली फुटबल अहिले मैदानमा होइन, मैदानबाहिरको विवादमा अल्झिएको छ। वर्षौँदेखि अन्तर्राष्ट्रिय सफलता खोजिरहेको नेपाली फुटबलमाथि फिफाको प्रतिबन्धले अर्को गम्भीर संकट थपिदिएको छ। राष्ट्रिय टोली मैदानमा प्रतिद्वन्द्वी खोजिरहेको बेला नेपाली फुटबलको नेतृत्व भने प्रशासनिक विवाद, अधिकारको टकराव र संस्थागत अस्थिरतामा फसेको छ।
यो अवस्था केवल एउटा फुटबल संघमाथि लागेको प्रतिबन्धको विषय मात्र होइन। यसको असर नेपाली राष्ट्रिय टोली, क्लब फुटबल, खेलाडी, प्रशिक्षक, रेफ्री, युवा प्रतिभा, प्रायोजक र समग्र नेपाली फुटबलको भविष्यसम्म पुग्ने खतरा छ।
सबैभन्दा ठूलो प्रश्न अहिले यही हो, नेपालको फुटबललाई मैदानमा कमजोर बनाउने विपक्षी को हो< यसको उत्तर मैदानमा भेटिँदैन। समस्या नेपाली फुटबलको आफ्नै संरचनाभित्र गहिरिँदै गएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।