बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। स्वास्थ्यकर्मी आन्दोलित हुँदा अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारको काम प्रभावित भएको छ।
दाङबाट आएका कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा बिहीबार राती मृत्यु भएपछि आक्रोशित भएका आफन्तले स्टाफ नर्स, चिकित्सक लगायतलाई आक्रमण गरेका थिए।
स्वास्थ्यकर्मीमाथि आक्रम्ण गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन्।
राजनीतिक पावरमा आफूहरुको हत्या गर्ने उद्देश्यले नै आक्रमण गरेको भन्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीले ढुंक्कसँग काम गर्न नसकेको जनाएका छन्। जसले गर्दा कोभिड वार्डमा भर्ना भएका संक्रमित बिरामीको उपचार कार्य नै प्रभावित बन्न पुगेको छ। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको रेकर्ड अनुसार भेरी अस्पतालमा १ सय १९ पुरुष र ५८ महिला गरी कुल १ सय ७७ जना कोरोना संक्रमित उपचाररत छन्।
भूकम्पबाट घाइते भएका एकको उपचारको क्रकका मृत्यु भएको छ।
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो। उनी जाजरकोट निवासी रहेको बताइएको छ।
अहिलेसम्म २६ जनाको अस्पतालमा उपचार भइरहेको उनले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।