संग्रह
कोरोना संक्रमित गर्भवती भरतपुर अस्पतालमा
भरतपुर अस्पतालको आइसोलेसन वार्डमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित २५ वर्षीया गर्भवतीलाई उपचारका लागि राखिएको छ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १, चौकीटोल स्थायी घर भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बुधबार हेटौँडाबाट भरतपुर ल्याइएको हो ।
बाँकेमा कोरोना संक्रमित हुनेको संख्या १ सय ८९ पुग्यो
बाँकेमा ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा नेपालगन्ज, नरैनापुर, खजुरा र बैजनाथका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो
कर्णालीमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ । मंगलबार कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।
बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्ज
बैतडीका पहिलो कोरोना संक्रमित युवक १३ औं दिनमा डिस्चार्ज भएका छन् । जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकले १३ दिनमा कोरोना जितेर डिस्चार्ज गरिएको हो ।
धादिङमा एकैदिन थपिए १६ कोरोना संक्रमित
धादिङमा एकैदिन १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुष्टि भएको छ । भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुमा संक्रमण भेटिएको हो ।
बारामा सात नयाँ कोरोना संक्रमित थपिए
जिल्लाको दुई स्थानीय तहहरुमा सोमबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पचरौता नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जना र सुर्वण गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जना गरि सात जना नयाँ संक्रमित थपिएको हो।
कपिलवस्तुमा संक्रमितलाई बिना परीक्षण घर पठाउदा त्रास
कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा संक्रमितहरुलाई बिना परीक्षण घर फर्कादा समाजमा भय र त्रासको वातावरण र्सजना भएको छ । बिना परिक्षण संक्रमितहरुलाई छाडिएको निर्णयको जिल्लामा चौतर्फी आवाज उठेको छ ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको छ । मंगलबार दिउँसो थप एक सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ६७ पुगेको प्रदेश २, सामाजिक विकास मन्त्रालयका सचीव रामप्रसाद घिमिरेले बताए ।
कोरोनाको हटस्पट बनेको कपिलवस्तुमा रोकियो कन्ट्याक्ट ट्रेसिङ
कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा कोरोना संक्रमित पुष्टी भएकाहरुसंग सम्पर्कमा रहेको ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ रोकिएको छ । एकातिर नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका संक्रमितलाई बिना पिसिआर जाँच घर पठाइने गरिएको छ ।
कोरोना नियन्त्रण जिल्ला समिति भन्छ : मन्त्रालयले ढाँट्यो, मन्त्रालय भन्छ : ७७ जिल्लै संक्रमित
कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले आईतवार बिहानै एक बिज्ञप्तीमार्फत ‘ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमित फेला नपरेको भन्दै कोरोना संक्रमण नभएको जिल्लाको रुपमा रहन पाएकोमा खुसी छौं’ भनेको छ ।