धादिङमा एकैदिन १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुष्टि भएको छ । भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुमा संक्रमण भेटिएको हो ।
क्वारेन्टिनमा बस्दै आएकाहरुको आरडिटीमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि जेठ २४ गते किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो । सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।
धादिङमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । जिल्लामा यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का पुरुष, गल्छी गाउँपालिका वडा नं ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् । धुनीबेसी नगरपालिका वडा नं ३ की २३ वर्षीय महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।
लकडाउन सुरु भएदेखि भारतबाट धादिङ जिल्ला भित्रिनेहरुको संख्या एक हजार ६ सय ८८ जना रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । नीलकण्ठ माविको क्वारेन्टिनमा अहिले ४६ जना रहेका छन् ।
कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।
बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेकाले बेलायतको उच्च अदालतमा कोभिड–१९ खोपका कारण थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम जस्ता साइड इफेक्ट्स देखिन सक्ने स्वीकार गरेको हो।
थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न (फाल्सा÷ब्लड क्लट) जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स तीव्र गतिमा कम हुन थाल्छ। शरीरमा ब्लड क्लटका कारण मस्तिष्कघात या कार्डिएक अरेस्ट हुन सक्ने जोखिम बढेर जान्छ।
एस्ट्राजेनेकाले यसै वर्षको फेब्रुअरीमा बेलायतको उच्च अदालत समक्ष खोपको साइड इफेक्ट्स सम्बन्धी आरोपलाई स्वीकार गरेको थियो। युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्धको खोप तयार गरेको थियो।
एस्ट्राजेनेकाले आरोप स्वीकार्दै विभिन्न अध्ययनमा यो खोप कोरोनाभाइरसविरुद्ध उपयोगी भएको र थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम निकै दुर्लभ रुपमा देखा परेको पनि बताएको छ।
एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड र भ्याक्सजेवरिया नामले बिक्री गर्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।