संग्रह
झण्डै तीन महिनामा ६ अर्ब बराबरको बिजुली भारत निर्यात
नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ। हाल दैनिकरुपमा करिब ३ सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ। थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ।
छिट्टै जलविद्युत् आयोजनाको पीपीए खुल्छ: घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले केहीदिनभित्र १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरूको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन्।
आन्तरिक खपत र निर्यात प्रबर्द्धनका लागि पूर्वाधार बिस्तार गर्दै प्राधिकरण
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती बिस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार बिस्तार गर्न लागिएको बताए।
म्याग्दी-राहुघाट: सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु
सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। आयोजनाको ठेक्का अवधि ३० महिनाको छ।
तीन महिनामा प्राधिकरणले कमायो साढे ८ अर्ब
सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलाप समेटिएको विवरणअनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँ बराबरको विद्युत् खरिद गरेको छ।
उपत्यकाको मुख्य सडकमै भूमिगत लाइन विस्तार चुनौतीपूर्ण
नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच आवश्यक समन्वय नहुँदा भूमिगत विद्युतीय लाइन विस्तारमा जटिलता थपिएको हो।
लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत् प्राधिकरणले वार्तामा बोलायो
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।
'आरओआर' आयोजनाको १५ सय मेगावाटसम्म पिपिए गर्ने प्राधिकरणको निर्णय
नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ।
चार वर्षदेखि रोकिएको जलविद्युत् आयोजनाको पिपिए खुल्यो
चार वर्षदेखि रोकिएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको निश्चित सीमा राखेर विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खुल्ला गरिएको छ।
२६५० मध्ये निजी क्षेत्रबाट मात्रै १५११ मेगावाट विद्युत् उत्पादन
जलविद्युत् क्षेत्रमा निजीक्षेत्रको उपस्थिति उपलब्धिमूलक देखिएको छ। हाल राष्ट्रिय प्रसारणलाइनमा जडित २६५० मेगावाट बिजुलीमध्ये निजी क्षेत्रको हिस्सा आधाभन्दा धेरै छ।