संग्रह
भारतमा एकैदिन आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित
भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।
अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक
कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।
कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण
कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाईआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
अत्यावश्यक काम बाहेक विदेश नजान सरकारको आग्रह
नेपालमा ओमिक्रोन भेरियन्ट देखिनसकेको जनाउँदै सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान आग्रह गरेको हो।
ताप्लेजुङमा करिव ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
ताप्लेजुङमा करिव ५० हजार जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार प्रकाशित गरेको विवरण अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।
बाँकेमा तेस्रो लहरको जोखिम बढ्दो
पछिल्ला दुई दिनको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिनेहरुबाट कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ। भारतमा पनि दैनिकरुपमा कोरोना भाइरस बढ्दै गएपछि पछिल्लो समय नेपालीहरु घर फर्किनेको संख्या बढ्दै गएको छ।
कोरोनाविरुद्धको पूर्व तयारीमा जुट्यो कर्णाली सरकार
सरकारले कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरु सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा परीक्षण र होल्डिङ सेन्टर स्थापनासँगै आइसोलेसन र अक्सिजनको पूर्व तयारीमा जुटेको जनाएको छ।
नदोहोरियोस् ती डरलाग्दा दिनहरू!
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वव्यपी रुपमा संक्रामक रुप लिइरहँदा यसले नेपालमा पनि प्रभाव पार्न थालिसकेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्नु नेपालको लागि खतराको संकेत हो।
कोरोना भाइरसले फेरि छक्याउन सक्छ
कोरोना भाइरसको अर्काे भेरियन्टले हामीलाई आश्चर्यमा पार्न सक्छ। संयोगवश यो झन् अत्यधिक घातक र संक्रामक पनि हुन सक्छ। यसले हामीले विकास गरेको प्रतिरोधी क्षमतालाई सजिलै छल्न सक्ने हुन सक्छ।
पशुपतिनाथ मन्दिर खुलेसँगै भक्तजनकाे भीड
कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ।