नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा बिहीबार भारतबाट नेपाल आउने २७ जनामा कोरोना भाइरसकाे संक्रमण देखियो। पाँच सय २६ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा कोरोना देखिँदा शुक्रबार पनि सोही बराबरमा कोरोना भाइरस संक्रमण देखियो।
शुक्रबार थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हेल्थ डेस्क जमुनाहका ल्याव इन्चार्ज चिरञ्जीवी ज्ञवालीले बताए। उनका अनुसार शुक्रबार थप ६ सय जनामा कोरोना परीक्षण गरिएको थियो। पछिल्ला दुई दिनको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिनेहरुबाट कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ। भारतमा पनि दैनिकरुपमा कोरोना भाइरस बढ्दै गएपछि पछिल्लो समय नेपालीहरु घर फर्किनेको संख्या बढ्दै गएको छ। भारतमा कोरोना भाइरस र ओमिक्रोनको संक्रमण बढ्न थालेपछि नेपाल–भारत सीमा क्षेत्रमा नेपाल फर्किनेको घुइँचो छ।
नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा दैनिकजसो कोरोना भाइरस संक्रमित देखिने गरेका छन्। सीमा क्षेत्र जमुनाहमा भारतबाट नेपाल फर्किनेमा कोरोना भाइरस परीक्षण हुने गरेको छ। तर, सीमा क्षेत्रमा जनशक्ति अभाव हुँदा सबैको कोरोना भाइरस परीक्षण गर्न समस्या भएको छ। कतिपय त कोरोना परीक्षण नगराएरै घर फर्किने गरेका छन्। उनीहरुबाट जोखिम धेरै रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।
कोरोना भाइरस संक्रमितलाई बाल मन्दिर आइसोलेसनमा राखिएको छ। बिहीबारका संक्रमितलाई भने भेरी अस्पतालको आइसोलेसनमा राखिएको थियो। दोस्रो लहरमा नराम्ररी प्रभावित बनेको बाँके तेस्रो लहरको उच्च जोखिममा छ।
भारतीय सीमा क्षेत्रमा कडाइ गर्दा जोखिम कम गर्न सकिने कतिपयको भनाइ छ। ‘अहिले भारतबाट आउनेमाथि धेरै कडाइ भएको छैन,’ स्थानीय नैना खड्काले भनिन्, ‘सहजै नेपाल भित्रिन्छन्। केहीको कोरोना परीक्षण हुन्छ भने केही सीधै घर जान्छन्।’ सीमा क्षेत्रमा सबैको कोरोना परीक्षण गर्न नसक्दा कोरोना भाइरसको उच्च जोखिम रहेको नेपालगन्जका वीरेन्द्र सुनारले बताए। ‘भारतबाट आउने सबैमा कोरोना परीक्षण गर्नुपर्छ,’ उनी भन्छन्, ‘भारतीय बजार रुपैडिहा किनमेलका लागि जानेहरुमा पनि थप कडा गर्नुपर्छ।’
कोरोना भाइरसको दोस्रो लहरको जोखिम कम हुँदै गए पनि भारतबाट नेपाल आउनेहरुले तेस्रो लहरको जोखिम बढाएको भन्दै अहिलेदेखि नै सबै सचेत र सजग हुनुपर्ने स्थानीयहरुको भनाइ छ।
जनशक्ति कम हुँदा नेपाल भित्रिने सबै नेपालीको स्वास्थ्य परीक्षण गर्न नसकिएको हेल्थ डेस्क जमुनाहका ल्याब इन्चार्ज ज्ञवालीले बताए। उनका अनुसार चारजना स्थायी दरबन्दी र नगरपालिकामार्फत आएका १० जना गरी १४ जनामात्रै जनशक्ति छ।
यी मध्ये केहीले ज्वरो नाप्ने, कसैले सोधपुछ गर्ने, विवरण संकलन गर्ने र स्वाब संकलन तथा परीक्षण गर्ने गरेका छन्। अहिले कोरोना भाइरसको त्रास कम भएको र ओमिक्रोनको संक्रमण नफैलिएको अवस्थामा सीमित स्रोतसाधनका बीच पनि काम भएको हेल्थ डेस्क जमुनाहका ल्याब इन्चार्ज ज्ञवालीले बताए। सुरुकै अवस्थामा लापरबाही नगरि सीमामै सबैको स्वास्थ्य परीक्षण गर्न व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
रौतहटको परोहा ९ मा मनी ट्रान्सफर सञ्चालकमाथि भएको गोली प्रहार घटनाबाट प्रहरीले हतियार बरामद गरेको छ। गोली लोड गरिएको अवस्थामा प्रहरीले सेभन एमएमको पेस्तोल बरामद गरेको हो।
नेपाल–भारत सीमा क्षेत्रसँगै जोडिएको बाँसको झ्याङबाट प्रहरीले पाँच राउन्ड गोली लोड अवस्थामा रहेको पेस्तोल बरामद गरेको हो। घटनापछि स्थानीयले लखेट्न थालेपछि अपराधी भारततिर भाग्ने क्रममा बाँसको झ्याङमा हतियार फालेर गएको बुझिएको छ।
प्रहरीले घटनास्थलवरपर सर्च अभियान चलाएको छ। सोही क्रममा हतियार फेला परेको हो। प्रहरीले बरामद गरेको पेस्तोलमा मेड इन इटाली लेखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।