संग्रह
कांग्रेस रोल्पाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेस रोल्पाले सरकारलाई कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि प्रभाकारी भुमिका खेल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
कांग्रेसद्वारा संसद् अवरुद्ध
सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल अगाडि नबढाएको भन्दै नेपाली कांग्रेसले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । बिहीबार दर्ता गराएको कोभिड–१९, अर्थात् कोरोना भाइरस सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा माथि छलफल अगाडि बढाउनुपर्ने नेपाली कांग्रेसको माग छ ।
गोरखामा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
गाउँगाउँबाट आएका कार्यकर्ता, जिल्ला एवं केन्द्रियस्तरका नेताले विरोध कार्यक्रममा सरकारको चर्को आलोचना गरे ।
तदर्थ समिति बनाउन प्रस्ताव गर्छु ः केसी
यस्तोबेला आन्तरिक झमेलामा फस्नु भन्दा कांग्रेसले आन्दोलन केन्द्रीत गर्नुपर्छ । किनकि पद्दती र प्रणालीको सुरक्षाका निम्ति कांग्रेस आन्दोलनमा होमिनुपर्ने बाध्यात्मक परिस्थितिमा छ ।
प्रतिधिसभा विघटनविरूद्धको देशव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाउन देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिधिसभा विघटनविरूद्धको देशव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। आज एक विज्ञप्तिमार्फत सभापति देउवाले पुस १३ गतेका लागि तय गरिएको कांग्रेसको देशव्यापी प्रदर्शनलाई साथ दिन आग्रह गरेका हुन्।
कांग्रेसभित्रै छैन सद्भाव
‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं ।’
कांग्रेसभित्र मौलाएको ‘अनुशासन हिनता’ : आफ्नालाई आफ्नैले हराउँछन्
घोराही उद्योग बाणिज्य संघमा जस्तै कांग्रेस भित्रको ‘अनुशासन हिनता’ शनिबार भएको तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा पनि छरपष्टै भयो । कांग्रेसले तोकेको चुनावी कमाण्डर तथा कांग्रेसका पुराना नेता केशव आचार्य भन्छन् ‘कांग्रेस भित्र अनुशासन भन्ने ठाउँ त अब कतै देखिएन ।’
कांग्रेसमा मौलाएको ‘अनुशासनहीनता’ आफैं आफ्नालाई हराउन उद्यत
उद्योग वाणिज्य संघमा देखिएको अनुशासनहीनताले पार्टीका हरेक निर्वाचनमा असर पार्ने खतरा कांग्रेसीहरू देखिरहेका छन्। घोराहीमै भएको उद्योग वाणिज्य संघको निर्वाचनले पनि पार्टीभित्रै प्रतिशोधको भाव पैदा गराइदिएको छ।
पुनर्स्थापना कि निर्वाचन, कांग्रेस विभाजित
नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचन भन्नेमा विभाजित देखिएका छन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार सबै जिल्लामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने क्रममा संस्थापन पक्षका नेताहरूले निर्वाचनमा जोड दिएका छन्। संस्थापन इतरका नेताहरूले भने संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने तर्क गरेका हुन्।
नेकपाको दुबै पक्षले कांग्रेसको साथ खोजिरहेको छ, कांग्रेसले संसदबाटै उचित निर्णय लिन्छः निधि
“अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ”, उनले भने। उनले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिए।