संग्रह
काठमाडौं विश्वविद्यालयमा थापा
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रवक्ता दीपक शर्माले बताए।
बिपी प्रतिष्ठान सुधार गर्ने वाचा तर अनियमितताकै ढाकछोप
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पदभार ग्रहण गर्दै गर्दा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले संस्थामा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका थिए। उनको भनाइले धरासायी हुँदै गएको प्रतिष्ठानका चिकित्सक, कर्मचारी एवं विद्यार्थीहरू उपकुलपति डा. गिरीप्रति आशावादी बने।
उपकुलपतिलाई काम गर्न रोक
सरकारले उपकुलपति रावलसहित रजिस्ट्रार नृपेन्द्र महतलाई पनि तत्काल कामकाज नगर्न निर्देशन दिएको छ। कर्णाली प्रतिष्ठानका पदाधिकारीको योग्यतामाथि प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई दैनिक कामकाज नगर्न निर्देशन दिएको हो।
उपकुलपतिको दौडमा त्रिविका पूर्व पदाधिकारी
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदका लागि विश्वविद्यालयका पूर्व पदाधिकारीहरू नै दौडधुप गरिरहेका छन्।
मापदण्ड सच्चाएर उपकुलपतिका लागि दोस्रो पटक आवेदन माग
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरिएको समितिले फेरी दरखास्त आह्वान गरेको हो।
त्रिवि उपकुलपतिमा विवादित व्यक्ति छनोट नगर्न सरकारलाई निर्देशन
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्ति छनोट नगर्न सरकारलाई निर्देशन दिएको छ।
प्रधानमन्त्रीले भने,‘उपकुलपति सिफारिसहरूको प्राप्ताङ्क सार्वजनिक गरेर सङ्कटमा पार्नुभयो'
समितिले स्पष्ट रूपमा अङ्कसहित तीन जनाको नाम सिफारिस गर्दा पनि प्रधानमन्त्रीलाई के कुराले उपकुलपतिको नियुक्तिमा सकस भइरहेको छ त ?
त्रिविमा फेरि ‘राम्रो होइन हाम्रो’ कै नियुक्ति
त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले केशरजंग बराललाई बिहीबार उपकुलपति नियुक्त गरेका छन्।
उपकुलपति नै निरीह, असुरक्षित
रेक्टर र रजिस्ट्रार नियुक्ति दबाब थेग्न नसकेर उपकुलपति केशरजंग बराल यतिबेला बिदामा बसेका छन्। आक्रमणको धम्कीपछि सुरक्षा गार्ड माग गरेका छन्।
नसुध्रिने बाटोमा त्रिवि
विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति भएपछि आफ्नो टिम बनाउन पाए मात्र काम गर्न सजिलो हुन्छ। दुर्भाग्य मुलुकमा सबै दल पदाधिकारीमा भागबन्डा खोज्छन्। सबैको भाग पुर्याउँदा कस्ता मानिसले जिम्मेवारी पाउँछन् भन्ने प्रष्ट देखिएकै छ।