उपकुलपति नै निरीह, असुरक्षित
२१ चैत्र २०८०
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
उपकुलपति नै निरीह, असुरक्षित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा.डा. केशरजंग बरालले चार महिनादेखि रिक्त रजिस्ट्रार र दुई साताअघि रिक्त रेक्टर पद पूर्ति गर्न छनोट गरिएका नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए।

त्रिवि ऐनमै रहेको प्रावधानअनुरूप उपकुलपति बरालले आफ्नो टिम बनाउन योग्य र रुचाइएका व्यक्तिको नाम सिफारिस गरेका थिए। उनले रजिस्ट्रारका लागि केदार रिजाल र रेक्टरका लागि खड्ग केसीको नाम अघि सारेका छन्। नाम सिफरिस गरेको एक साता बित्न लाग्दा पनि कुलपति दाहालले स्वीकृति दिएका छैनन्।

यता उपकुलपतिले विश्वविद्यालयमा काम अघि बढाउन टिमका लागि नाम सिफारिस गरेलगत्तै विभिन्न दलनिकट प्राध्यापक र विद्यार्थी संघसंगठनहरूले दिनहुँ कार्यालयमा आएर भागबन्डामै आआफ्ना दलनिकट रेक्टर र रजिस्ट्रार नियुक्तिका लागि दबाब दिन थालेका छन्। 

उपकुलपति बराल दबाब थेग्न नसकी सोमबारदेखि एक साताका लागि बिदा बसेका छन्। असुरक्षा महसुस गरेर उनले गृह मन्त्रालयबाट व्यक्तिगत सुरुक्षा गार्ड (पिएसओ) माग गरेर आफूसँग राखेका छन्। उपकुलपति बरालले आफूले विश्वविद्यालयको हितमा शैक्षिक र प्राज्ञिक मर्यादा कायम गरी काम गर्न खोजे पनि राजनीतिक दलनिकट विद्यार्थी र प्राध्यापकका संगठनहरूले दिनहुँ कार्यालयमा भिडभाड गरी विभिन्न माग राखेर ज्ञापनपत्र बुझाउने गरेको गुनासो गरे।

‘ज्ञापनपत्र बुझाउने र छलफल गर्ने भन्दै समय लिएर आउने विद्यार्थी र प्राध्यापकहरूको एउटै उद्देश्य रेक्टर र रजिस्ट्रार राजनीतिक भागबन्डामा राख्न लगाउने देखियो,’ उपकुलपति बरालले नागरिकसँग भने, ‘उपकुलपतिले टिम बनाएर आफूअनुकूलका पदाधिकारी नियुक्ति गर्ने अधिकार त्रिवि ऐनले दिएको छ। यसकारण मलाई कसैले अनैतिक दबाब नदिए हुन्छ।’

विशेष गरी एमाले र कांग्रेसनिकट विद्यार्थी र प्राध्यापकका संघसंगठनहरूले भागबन्डामा नियुक्तिको दबाब दिएको उनको भनाइ छ। दलहरूले प्रधानमन्त्रीलाई समेत भागबन्डामा नियुक्ति गर्न दिनहुँ दबाब दिएकाले उपकुलपति बरालले नाम सिफारिस गरेको एक साता हुँदा पनि कुलपतिले नियुक्ति प्रक्रिया अन्योलमा परेको उनको भनाइ छ। उनले स्वास्थ्यमा समस्या देखिएकाले एक साताको बिदामा बसेको जानकारी दिए। घरमा आराम गरिरहेका उनले आफू कार्यालयमा नभए भिडभाड पनि नहुने, दबाब र धम्की पनि खेप्नुनपर्ने बताए।

उपकुलपतिले कुलपतिसँग काम गर्ने नभई विश्वविद्यालयका विज्ञहरूसँग काम गर्नुपर्ने बरालले बताए। ‘यसकारण कुलपतिले पनि मलाई टिम बनाउन दिनुपर्छ। अनि मात्र मैले विश्वविद्यालयको हितमा स्वतन्त्र भएर काम गर्न सक्छु।’ कार्यालयमा पनि विभिन्न बहानामा विद्यार्थी संगठन र प्राध्यापकका संगठनले ज्ञापनपत्र बुझाउने निहुँमा भेटेर दलनिकट भागबन्डामा नियुक्ति नगरे अनुचित दबाब दिने र असहज वातावरण उत्पन्न गर्ने धमकीसमेत दिँदै आएको उनले बताए।

‘विगतमा पनि विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकका संगठनले उपकुलपतिलगायत पदाधिकारीलाई डर, त्रास, धम्की दिँदै आएको र असहजता उत्पन्न गराउँदै आएको मलाई राम्ररी थाहा छ,’ उपकुलपति बरालले भने, ‘मलाई मेरा कार्यालयका साथीहरूले असुरक्षाको महसुस भएको बताए। आफ्नो र कार्यालयका कर्मचारीको सुरक्षाका लागि मैले गृहबाट अंगरक्षक माग गरेको हुँ।’ बरालका अनुसार उपकुलपतिको छनोट गर्न सर्च कमिटी बन्छ तर उपकुलपतिले आफ्नो टिम बनाउन आफूलाई सहयोग गर्ने विज्ञ टोली बनाउन पाउनुपर्ने व्यवस्था कानुनले दिएको छ।

उनले दलगत भागबन्डामा नियुक्ति गर्दा आफूअनुकूल व्यक्ति नआउने र विज्ञको टिम बनाउन चुनौती थपिने बताउँदै कुलपतिले आफूले सिफारिस गरेको नाममा छिटोभन्दा छिटो नियुक्ति गरी विश्वविद्यालयमा काम गर्ने वातावरण बनाउनुपर्ने माग राखे। ‘दलगत भागबन्डा नगर्ने प्राज्ञिक टिम बनाउने सर्तमै म उपकुलपतिमा नियुक्त भएको हुँ,’ उनले नागरिकसँग भने, ‘कुलपतिज्यूले मलाई स्वतन्त्र भएर विश्वविद्यालयको हितमा काम गर्ने वातावरण बनाउन मैले सिफारिस गरेका नामलाई स्वीकृति दिनुपर्छ। नभए काम गर्न असहज हुन्छ। मैले इच्छुक आवेदकहरूमध्येबाटै प्रक्रिया पु¥याएरै विज्ञहरू छनोट गरी नाम सिफारिस गरेको हुँ।’

उपकुलपति बरालको सिफारिसमा परेका रिजाल खुला विश्वविद्यालयका डिन एवं त्रिवि वातावरण विभागका प्राध्यापक हुन्। केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन्। उपकुलपति कार्यालयमा कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघ, एमालेनिकट प्रगतिशील प्राध्यापक संघ र माओवादी केन्द्रनिकट राष्ट्रिय प्राध्यापक संगठनका प्राध्यापक नेताहरूले आफ्नो दलका व्यक्ति रेक्टर र रजिस्ट्रारमा नियुक्तिका लागि अनैतिक दबाब दिँदै आएका छन्। उपकुलपति बरालले आफूलाई अनुकूल हुने गरी रजिस्ट्रारका लागि रोजेका रिजाल र रेक्टरका लागि रोजेका केसी पनि दलनिकट नै मानिन्छन्। रिजाल कांग्रेसनिकट र केसी एमालेनिकट हुन्।

कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट क्रान्तिकारी विद्यार्थी संगठनलगायत विद्यार्थी संगठनका नेताहरूले ज्ञापनपत्र बुझाउने बहानामा उपकुलपति कार्यालयभित्र प्रवेश गरी आ–आफ्ना संगठनका व्यक्ति रेक्टर र रजिस्ट्रार नियुक्तिका लागि दबाब दिएर उपकुलपतिलाई काम गर्न असहयोग गर्दै आएको त्रिविका शिक्षक कर्मचारीहरू नै बताउँछन्।

‘त्रिविका प्राध्यापकले पढाउनुको साटो पदाधिकारी नियुक्तिको काम गर्न थाल्नुभएको छ भने विद्यार्थीले विद्यार्थीको हकहितमा बोल्नुको साटो आ–आफ्ना दलका व्यक्ति नियुक्तिका लागि धम्की दिने कुसंस्कार त्रिविमा मौलाइरहेको छ,’ त्रिविकै एक प्राध्यापकले भने, ‘यस्तो अवस्थामा त्रिविलाई शैक्षिक, प्राज्ञिक र अनुसन्धानमूलक बनाउने सोच बोकेर प्रवेश गर्ने पदाधिकारीलाई काम गर्न असहज हुँदो रहेछ।’

अनैतिक दबाब थेग्न नसकेरै उपकुलपति बिदामा बस्न बाध्य बनेको ती प्राध्यापकको भनाइ छ। यसअघिका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाका पालामा पनि इतिहासमै सबैभन्दा बढी अर्थात् चार सय सात दिन तालाबन्दी गरियो भने त्यसअघिका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनलाई प्राध्यापककै संगठनहरूले पाँच घन्टा थुनेर सर्त पूरा गर्न बाध्य बनाइएको थियो।

लोकप्रिय
अर्को समाचार
विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२० वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन्।

हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गरेको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन्।

पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्राडाविजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्राडा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्राडा हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति दाहाललाई भेट गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री दाहालले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए। 'विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,' प्रधानमन्त्री दाहालले भने, 'यहाँहरूको नियुक्ति पनि सोहीअनुसार भएको हो, आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला।'

प्रधानमन्त्री दाहालले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई निर्देशन दिए। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस