काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रवक्ता दीपक शर्माले बताए। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसका आधारमा थापालाई नियुक्ति गरिएको शर्माले बताए।
उपकुलपतिको दौडमा ४४ जना उम्मेदवार थिए। तीमध्ये प्राडा रामकण्ठ मकाजु, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुँइटेलको नाम समितिबाट सिफारिस भएको थियो। १० वटा विभिन्न मापदण्डका आधारमा समितिले नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ।
मेडिकल स्कुलतर्फका प्राध्यापक मकाजु विभिन्न समयमा विभिन्न विवादमा मुछिँदै आएकोमा उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ०७५ सालमा प्राडा थापाले रजिष्ट्रार पदबाट राजीनामा दिएका थिए। विश्वविद्यालयको स्थापना कालदेखि नै सो विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका उनले ९ वर्ष डिन र ५ वर्ष रजिष्ट्रार पदमा काम गरिसकेका छन्। नवनियुक्त उपकुलपति थापा पेशाले मेकानिकल इन्जिनियर हुन्। उनले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन्।
हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गरेको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन्।
पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्राडाविजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्राडा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्राडा हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति दाहाललाई भेट गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री दाहालले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए। 'विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,' प्रधानमन्त्री दाहालले भने, 'यहाँहरूको नियुक्ति पनि सोहीअनुसार भएको हो, आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला।'
प्रधानमन्त्री दाहालले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन उपकुलपतिहरूलाई निर्देशन दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।