सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावललाई कामकाज गर्न रोक लगाएको छ। सरकारले उपकुलपति रावलसहित रजिस्ट्रार नृपेन्द्र महतलाई पनि तत्काल कामकाज नगर्न निर्देशन दिएको छ। कर्णाली प्रतिष्ठानका पदाधिकारीको योग्यतामाथि प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई दैनिक कामकाज नगर्न निर्देशन दिएको हो।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै उपकुलपति रावल र रजिस्ट्रार महतको योग्यतामाथि प्रश्न उठेको र मुद्दा टुंगो नलाग्दै नियुक्ति भएको भन्दै अर्को व्यवस्था नहुँदासम्म काम नगर्न निर्देशन दिएका हुन्।
उपकुलपति रावल र रजिस्ट्रार महतले यसबीचमा नियुक्तिलगायतका कैयौं निर्णय गरेका छन्। उनीहरूले गरेका सबै निर्णय स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उपकुलपति नियुक्त गर्दा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपति हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा सहप्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा दसौं तह वा सोसरहको पदमा काम गरेको हुनुपर्ने उल्लेख छ।
उपकुलपति पदमा नियुक्तिका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत फागुन २० मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको अध्यक्षतामा उपकुलपति नियुक्ति सिफारिस समिति गठन गरेका थिए। समितिले चैत १० गते डा. रावल, डा. पुजनकुमार रोकाया र प्रा.डा. रेशमबहादुर रानाको नाम सिफारिस गरेको थियो।
उपकुलपति नियुक्ति प्रक्रिया र उम्मेदवारको योग्यतामाथि प्रश्न उठाउँदै प्रतिष्ठानमा कार्यरत प्रा.डा. रामप्रसाद उप्रेतीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा सुनुवाइ गर्दै चैत २० गते सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्ने लगायत सहकुलपतिको २०७७ फागुन १७ को निर्णय, प्रतिष्ठानको २०७७ भदौ १४ र २०७७ मंसिर २२ को निर्णयसमेत कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२–ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले सबै प्रक्रिया रोक्नू भनी आदेश गरेको दुई दिनपछि २०७७ चैत २२ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले डा. रावललाई उपकुलपति नियुक्त गरेपछि निर्णयको वैधतामाथि प्रश्न चिह्न खडा भएको थियो।
अन्तरिम आदेश पालना भएन भने अदालतको मानहानि हुने अधिवक्ता अनीता तिमिल्सिनाले बताइन्। ‘२०७७ चैत २० मा सर्वाेच्चले अन्तरिम आदेश दिइसकेपछि कुनै पनि निर्णय गर्न मिल्दैन,’ उनले भनिन्, ‘२०७७ चैत २२ मा प्रधानमन्त्रीले गरेको उक्त नियुक्ति बदर गरी पाऊँ भनेर अदालत जान सकिन्छ।’ उनका अनुसार यसरी नियुक्त व्यक्तिले गरेका हरेक निर्णय अमान्य हुन्छन् भने अदालतको आदेशले बदर गरिदिन सक्छ। तर, उक्त निर्णय बदर गरी पाऊँ भनेर अदालत जानुको सट्टा प्रा. उप्रेती आफैंले हालेको रिट फिर्ता लिएर प्रतिष्ठानले झेल्नुपर्ने कानुनी झन्झटलाई सल्टाएका थिए।
प्रा. उप्रेतीले मुद्दा फिर्ता लिइसकेको भए पनि मन्त्रालयले सर्वोच्च अदालतबाट मिति २०७७ चैत २० मा भएको आदेशलाई आधार मानी उपकुलपति रावल र रजिस्ट्रार महतलाई कामकाज गर्न रोक लगाएको छ। नेकपा माओवादी केन्द्र जुम्लाका नेता जीवन बुढथावाले उक्त मुद्दा ब्युँताउन आफू सक्रिय रहेको बताएका छन्। सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले निस्क्रिय भएको उप्रेतीको रिटलाई फेरि ब्युँताएको छ। सिन्हाको २०७८ भदौ २४ गतेको आदेशले उप्रेतीको रिटसँग सम्बन्धित मिसिल झिकाएको देखिन्छ।
स्वास्थ्यमन्त्री खतिवडाले अदालतको पछिल्लो निर्णयलाई आधार मानी कदम चालेको देखिन्छ। उनले उपकुलपति डा. रावलको नियुक्ति प्रक्रियामा प्रश्न उठेकाले कामकाज रोक्न निर्देशन दिएको बताएका छन्। तत्कालीन उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले २०७४ मंसिर २२ मा डा. रावललाई प्राज्ञिक परिषद्को बैठकबाट निर्णय गराई उपप्राध्यापकबाट सहप्राध्यापकका रूपमा कामकाज गर्ने गरी थप जिम्मेवारी दिएका थिए।
थप जिम्मेवारी भनी दिइएको सहप्राध्यापक सधैंका लागि हो कि होइन भनी गरिएको प्रश्नमा निवर्तमान उपकुलपति वाग्लेले जवाफ दिन इन्कार गरे। देशका अन्य प्रतिष्ठानमा प्रचलनमा नभएको ‘थप जिम्मेवारीबाट कामकाज चलाउने’ अभ्यास गलत भएको प्रा.डा. उप्रेतीले बताए। ‘सर्वाेच्चमा रिट निवेदन दिनुको मुख्य कारण पनि यही थियो,’ उनले भने, ‘परिस्थितिले रिट फिर्ता लिने अवस्था आइलाग्यो।’
सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले कर्णाली प्रतिष्ठानको उपकुलपति नियुक्ति अदालतको अन्तरिम आदेश छलेर भएको भन्दै मुद्दामा अन्तिम फैसला नहुन्जेल कामकाज गर्न रोक लगाएको प्रतिक्रिया दिएका छन्। ‘अदालतको अन्तरिम आदेश छलेर नियुक्ति गरिएको रहेछ’, खतिवडाले भने, ‘त्यसैले अदालतको निर्णय नआउन्जेल कामकाज नगर्नू भनेर निर्देशन दिएको हो।’
रजिस्ट्रार र उपकुलपतिको नियुक्ति प्रक्रियामै त्रुटि भएकाले कामकाजमा रोक लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्री खतिवडाले उपकुलपति र रजिस्ट्रार नियुक्तिका विषयमा छानबिन गर्न समिति गठन गर्ने जनाएका छन्। डा. रावल गत चैत २२ गते उपकुलपति नियुक्त भएका थिए। यस्तै असार ११ गते महत रजिस्ट्रारमा नियुक्त भएका थिए।
मन्त्री खतिवडाको निर्देशनको प्रतिष्ठानका कर्मचारीले विरोध गरेका छन्। उनीहरूले उपकुलपति र रजिस्ट्रारलाई दैनिक कामकाज गर्न रोक लगाउनेगरी भएको निर्णय फिर्ता हुनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकरी विजयाकुमारी प्रसाईंलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले प्रतिष्ठानमाथिको हस्तक्षेप नरोके आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। प्रतिष्ठान पदाधिकारीविहीन भएको गुनासो आएपछि निमित्त उपकुलपतिका रूपमा कामकाज गर्नेगरी डा. निरेश थापालाई जिम्मेवारी दिइएको छ।
मन्त्री खतिवडाले बिहीबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा. थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्। अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी थापालाई जिम्मेवारी दिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।
यही कार्तिक २३ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा.मंगल रावललाई कामकाजमा रोक लगायो। उपकुलपतिसँगै रजिष्ट्रार नृपेन्द्र महतलाई कामकाज नगर्न निर्देशन दियो। जसले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अन्यौलता छायो। कर्मचारीमा निराशता देखियो। कर्णालीबासीमा प्रतिष्ठान अनिर्णयको बन्दी हुने होकी भन्ने त्रास फैलियो।
तर उपकुलपति र रजिष्ट्रारलाई कामकाजमा रोक लगाएको झण्डै दुई दिनपछि सरकारले आर्थिक तथा प्रशासनिक अधिकारसहित शिक्षाध्यक्ष डा. निरेश थापालाई निमित्त उपकुलपतिमा जिम्मेवारी दियो। निमित्त रजिष्ट्रारमा प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाही तोकिए।
स्वास्थ्य मन्त्रालयले उपकुलपति र रजिष्ट्रारलाई कामकाजमा रोक लगाएको भन्दै प्रतिष्ठानका केही कर्मचारीले असन्तुष्टि व्यक्त गरे। जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र समेत पेश गरे। पाटन उच्च अदालतमा स्वास्थ्यमन्त्रीको निर्देशनविरुद्ध उपकुलपति रावल र रजिष्ट्रार महतले रिट दायर गरे।
पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई दैनिक कामकाजमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दियो। यो निर्णयसँगै उपकुलपति रावल र रजिष्ट्रार महत पुनः कामकाजमा फर्किने भएका छन्।
पाटन उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीले स्वास्थ्यमन्त्रीको निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश दिए। योसँगै स्वास्थ्य मन्त्रालयले कामकाजका लागि निमित्तको जिम्मेवारी दिएर उपकुलपति र रजिष्ट्रारलाई कामकाज गर्न रोक लगाउने निर्णय कार्यान्वयन हुन नसक्ने भएको छ।
अदालतको आदेशमा भनिएको छ, ‘मिति २०७८/४/२५ मा मिति २०७७/१०/२० मा अन्तरिम आदेश गरी भएको निवेदन फिर्ता भई अन्तरिक आदेश समेत सोही मितिमा निस्क्रिय भएको देखिदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७८/७/२३ मा भएको निर्णय सुविधा र सन्तुलनको सिद्दान्तको आधारमा निवेदनको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नू नगराउनू यथास्थिति राखी कार्य सुचारु गर्न दिनु भनी विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिक आदेश जारी गरिएको छ।’
डा. रावल गत चैत २२ गते उपकुलपतिमा नियुक्त भएका थिए। असार ११ गते महत रजिष्ट्रारमा नियुक्त भएका थिए। सरकारले कामकाजमा रोक लगाउने निर्णय गरेको एक साता नबित्दै अदालतले कामकाज गर्न रोक लगाउने निर्णय कार्यन्वयन नगर्न दिइएको आदेशले प्रतिष्ठानमा राजनीति मौलाउदै जान थालेको आभाष गरिएको छ।
प्रतिष्ठानमा उपकुलपति डा. रावल र रजिष्ट्रार महतले सेवा दिने नाममा राजनीति गरेको जनगुनासो आएको थियो। उनीहरुको नियुक्ती प्रक्रियामाथि प्रश्न चिन्ह खडा भएको थियो। स्थानीय जयबहादुर बोहोराले भने, ‘स्वास्थ्यमन्त्रालयले कामकाजमा रोक लगायो। निमित्त उपकुलपति र रजिष्ट्रार तोकेर काम सञ्चालन गर्न भनिसकेको थियो। फेरि अदालतले निर्णय कार्यान्वयन हुन दिएन। यो चरम राजनीति हावी भएको संकेत हो। यस्तै राजनीति हुने हो भने प्रतिष्ठानको उन्नती हुँदैन। कर्णालीको स्वास्थ्य क्षेत्र मात्र धरासायी हुनेवाला छ।’
उनले प्रतिष्ठानमा राजनीति गरेर कर्णालीको स्वास्थ्य क्षेत्रको विकासमा बाधा नपु¥याउन आग्रह गरे। प्रतिष्ठानमा राजनीतिको प्रवेश गराउन नहुने भन्दै शुद्ध सेवा गर्ने थलोको रुपमा स्थापित गर्न माग गरे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीलाई काम गर्न रोक लगाएको र अदालतले कामकाज गर्न रोक नलगाउन गरेको आदेशमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
अधिकांसले प्रतिष्ठानमा राजनीति गरेर अहिले सम्मको उपलब्धि नगुमाउनको लागि आग्रह गरेका छन्। नेकपा एमाले र नेकपा एकीकृत समाजबादी बीचको समस्याले प्रतिष्ठानमा यो अवस्था आएको स्थानीय बताउँछन्। प्रतिष्ठान पवित्र मन्दिर जस्तै हुनुपर्छ। कैयन उपचार अभावमा छटपटिएको बिरामीको भगवान जस्तो हुनुपर्छ। राजनीति गरेर एक आपसमा रिस पोख्ने थलो हुनुहदैन। योग्य व्यक्ति आउनुपर्छ। प्रतिष्ठानको मर्म र भावना अनुसारको काम गर्नुपर्छ। यो नै कर्णाली प्रतिष्ठान र समग्र कर्णालीबासीको हितकारी मानिनेछ।
कर्णालीको समग्र विकासको लागि कर्णाली प्रतिष्ठान एक आधार स्तम्भ हो। यसलाइ बचाउँदै लैजानु सबैको दायित्व हुन आउँछ। जिल्लामा नेकपा एमाले र एकीकृत समाजबादीको जुहारी, केन्द्रमा सरकारको निर्णय र अदालतको आदेशका कारण प्रतिष्ठान अलमलमा रहेको देखिएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।