लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ। लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ। कोर्ष मर्मत गर्न पोखरास्थित व्यवसायिक गल्फर भूबहादुर गुरुङ एकसाता अघि नै लोमान्थाङ पुग्ने तयारीमा छन्।
समुद्रीसहतदेखि ४६ सय ४५ मिटर उचाईमा गतवर्ष गल्फ कोर्ष बनाईएको छ। त्यही कोर्षलाई वर्षदिनपछि मर्मत सम्भार गरेर दोस्रो संस्करणको प्रतियोगिता गरिदैं छ। ९ होलको कोर्षमा नेपालका उत्कृष्ट गल्फरले प्रतियोगिता दोस्रो पटक खेल्न उक्लिने तयारीमा छन्। गल्फकै लागि नेपालका गल्फरहरु अर्को साता लोमान्थाङ पुग्ने छन । भदौ अन्तिम शनिबार ९ होलको स्टेफल फोर्डको फरम्याटमा प्रतियोगिता खेल्ने गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेका विष्टले सुनाए।
‘होल ईन वान हान्नेलाई पुरस्कार स्वरुप घोडा प्रदान गरिने छ,’ विष्टले गतवर्ष झैं आफनो योजना सुनाए, ‘७० वर्षमाथिको उमेरका गल्फरलाई सम्मान गरिने छ।’ गल्फमा हुने होल ईन वानसँगै बेष्ट ग्रस, लङगेष्ट ड्राईभ, होल नजिक प्रहार गर्ने गल्फरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने छ। ‘लाोमान्थाङको परिचय बदल्ने योजनामा छौ। त्यही अनुसार गल्फको हब बनाउने लक्ष्यलाई साकार रुप दिन यो वर्षपनि प्रतियोगिता गर्दै छौं,’ विष्टले भने, ‘गल्फले लोमान्थाङको परिचय बदल्ने छ।’
‘वर्षदिन अघि बनाएको कोर्षमा दोस्रो पटक प्रतियोगिता आयोजनाको तयारी भएकोले एकसाता अघि नै मर्मत गर्नुपर्ने छ। त्यसैले एकसाता अघि नै लोमान्थाङ पुगेर मर्मत सम्भार गरी कोर्ष तयार गर्ने छौं’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङले भने, ‘गतवर्ष मिलाउन नसकिएको होल र ड्राइभ रेन्ज अहिले मिलाईने छ,’ प्रतियोगिता स्टेफल फोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाईने छ। लोमान्थाङमा हुने प्रतियोगिताले विश्वकै एडभेन्चर गल्फ खेल्ने गल्फरलाई आकर्षण गर्ने उनले दावी गरे।
गल्फ कोर्ष लोमान्थाङदेखि झण्डै २५ मिनेटको दुरी टाढा पर्छ। प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी स्थानीयबासी लिएका छन। लोमान्थाङ गाँउपालिकाको आयोजनामा हुने प्रतियोगितालाई विभिन्न संघसंस्थाले सहयोग भूमिका खेलेको छ। प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटी एक्सप्रेस, जर्मन बेकरी, सोल्टी पानी, मुस्ताङस्थित छिम्ले अर्चार्ड प्रालि लगायतले सहयोग गरेका छन्। गतवर्षको प्रतियोगिताको लागि नेपालका ४० जना भन्दा बढी गल्फरहरुले प्रतिस्पर्धा गरेका थिए।
चार दिने सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन स्थानीय गल्फर निरज तामाङ ५ अण्डर ६५ स्कोरका साथ शीर्ष स्थानमा रहन सफल भएका छन्।
पार ७० को धरान गल्फ कोर्षमा उनले फ्रन्ट नाइटमा ६ अण्डर ३० को उत्कृष्ट कार्ड बनाए भने ब्याक नाइनमा १ ओभर ३५ को कार्ड बनाए। फ्रन्ट नाइनमा पहिलो होल पार खेलेर शुरुवात गरेका निरजले दोस्रो, तेस्रो, पाँचौं, छैटौं, सातौं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाएका थिए। उनले पार ४ को नवौं होलमा इगल खेल्दै २ स्ट्रोक जोगाए पनि आठौं होलमा बुगी खेलेपछि फ्रन्ट नाइनमा ६ अण्डर ३० को कार्ड बनाए।
ब्याक नाइनमा पनि १० औं होलमा बर्डी खेल्दै शुरुवात गरे पनि निजरले फ्रन्ट नाइनमा जस्तो लय समात्न सकेनन्। उनले १० औं, ११ औं र १२ औं होलमा बर्डी खेले पनि १३ औं, १४ औं, १७ औं र १८ औं होलमा बुगी खेप्दै स्ट्रोक खेर फालेपछि ब्याक नाइन १ ओभर ३५ को कार्ड बनाएका थिए। ‘पहिलो दिन यति धेरै अण्डर हुन्छ जस्तो लागेको थिएन, आज सबैभन्दा राम्रो पटिङ भयो। अरु ठिकै थियो, पटिङले साथ दियो,’निरजले भने,‘भोली दोस्रो दिन पनि अझ धेरै बर्डी गर्ने नभए पनि ५ अण्डरलाई कायमै राख्ने लक्ष्य लिएर खेल्छुँ।’ निरज १३ आंंै दक्षिण एसियाली खेलकुदमा गल्फतर्फको स्वर्ण पदक विजेता खेलाडी पनि हुन्।
यसैगरि, समान ४ अण्डर ६६ स्कोरका साथ धराने गल्फर शुक्रबहादुर राई र सञ्जय लामा संयुक्त दोस्रो स्थानमा छन्। शुक्रले फ्रन्ट नाइनमा १ अण्डर ३५ को कार्ड बनाउदा ब्याक नाइनमा ३ अण्डर ३१ को कार्ड बनाए। सञ्जले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाएका थिए भने ब्याक नाइनमा १ अण्डर ३३ को कार्ड बनाए।
यस्तै, ३ अण्डर ६७ स्कोरका साथ भुवन नगरकोटी चौथो स्थानमा छन्। उनले फ्रन्ट नाइनमा लेभल ३६ को कार्ड बनाउदा ब्याक नाइनमा ४ अण्डर ३१ को कार्ड बनाए। पाँचौ स्थानमा रहेका जयराम श्रेष्ठले लेभर पार ७० को कार्ड बनाएका छन्। उनले फ्रन्ट नाइनमा २ ओभर ३८ को कार्ड बनाउदा ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए।
समान २ ओभर ७२ स्कोरका साथ रवि खड्का, रमेश अधिकारी, रामे मगर, टंकबहादुर कार्की, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति र वलभद्र राई (मणी) संयुक्त छैटांै स्थानमा छन्। यसैगरि, एमेच्योरतर्फ भने धराने खेलाडी राजकुमार राई १ ओभर ७१ स्कोरका साथ पहिलो स्थानमा छन्। उनले फ्रन्ट नाइनमा १ ओभर ३७ को कार्ड बनाउदा ब्याक नाइनमा इभन पार खेलेका थिए। एमेच्योरतर्फ धरानकै खेलाडी रुपेन गुरुङ ३ ओभर ७३ स्कोरका साथ दोस्रो स्थानमा छन्।
नेपाल प्रोफेस्नल गल्फर एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा ११ जना एमेच्योरसहित कुल ४० जना खेलाडीहरु सहभागी छन्। प्रतियोगिताको दोस्रो दिन कट जोगाउन सफल २१ औं स्थानसम्म रहेका खेलाडीहरु मात्र तेस्रो दिन फाइनलको लागि छनौट हुनेछन् । चौथो दिन भने प्रो एम स्पर्धा हुनेछ। प्रोफेस्नलतर्फका विजेता खेलाडीले नगद पुरस्कार १ लाख ४० हजार पाउनेछन्। कट जोगाउन सफल खेलाडीहरुलाई पनि नगद पुरस्कार दिइनेछ भने एमेच्योरतर्फ पहिलो र दोस्रो खेलाडीलाई ट्रफी दिइनेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।