उपल्लो मुस्ताङमा दुईवटा सिँचाइ आयोजना
१३ चैत्र २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
उपल्लो मुस्ताङमा दुईवटा सिँचाइ आयोजना
मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ । तस्बिरः नागरिक

एकातिर पानीको समस्या, अर्कोति खेतीयोग्य जमिन सिँचाइ नहुँदा बाँझै राख्नुपर्ने । कुलो माथि छ । गुम्बा र बस्ती तल छ । कुलोबाट पानी चुहिँदा बस्तीभित्र पस्छ । गाईबस्तु पाल्न उस्तै सकस । समस्या वर्षौदेखि झेल्दै आएका छन् । वर्षौदेखि झेल्दै आएको समस्यालाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेको छ । त्यही पनि कष्टकर जीवनमा बाँचिरहेका उपल्लो मुस्ताङस्थित छोंसेरबासीको सिँचाइको सपना पूरा हुँदैछ ।  

‘धेरैपटक निवेदन दियौं । सुनुवाई कतैबाट भएको थिएन । स्थानीय तहमा जनप्रतिनिधि थिएनन् । अहिले आएर हाम्रो समस्या सम्बोधन भएको छ,’ छोंसेरका स्थानीयवासी कर्मा ढुण्डुप गुरुङले भने, ‘बजेट मार्फत सम्बोधन भएकोमा खुशी छौं । अब पानीको समस्या सुल्झाउँछौं ।’ उनी ढ्क्या–सिँचाइ आयोजनाका सदस्य समेत हुन् । उनले वर्षौदेखि निवदेन दिएपनि सुनुवाई नभएको गुनासो गर्दै बजेट पनि थोरै दिँदा काम गर्नै नसकिएको जिकिर गरे । ‘पहिलो कुरा बजेट थोरै दिन्थे । सामान ढुवानी गर्न गाह्रो थियो,’ उनले भने, ‘काम गर्नै सकिएन । पानीको समस्या उस्ताको उस्तै रह्यो ।’  

ढ्क्या–छोंसेर सिँचाइ आयोजनाको लागि नेचुङ खोलाबाट पानी झारिने छ । कुलो व्यवस्थित र पानी नहुचिने बनाउनुपर्ने अत्यावश्यक रहेको उनको भनाइ थियो । ‘कुलोबाट पानी चुहिँदा घरभित्र पस्छ । त्यसैले पानी नहुचिने गरी काम गर्नुपर्ने छ,’ उनको भनाइ थियो । सिँचाइको लागि झण्डै डेढ किलोमिटर कुलो निर्माण गर्नुपर्ने उनले जानकारी दिए । सिँचाइ सुविधाबाट २ सय ८० रोपनी क्षेत्रफल सिञ्चित हुने छ । खानेपानीको रुपमा समेत उपयोग गरिने छ । त्यहाँ झण्डै ६५ घरपरिवार छ ।  

सिँचाइको लागि गण्डकी प्रदेश सरकारले ९८ लाख रुपैयाँको टेण्डर आह्वान गरिसकेको छ । त्योसँगै प्रदेश सरकारले मराङ सिँचाइ आयोजना टेण्डर प्रक्रिया पनि अगाडि बढाईसकिएको छ । मराङ सिँचाइ आयोजना २ करोड १३ लाख ३५ हजार रुपैयाँको हो । गण्डकी प्रदेश सरकारले उपल्लो मुस्ताङको महत्वपूर्ण योजनाको रुपमा रहेको सिँचाइ योजनालाई प्राथमिकतामा राख्दै योजना स्वीकृति गरी अघि बढाएको हो । घिलिङ सिँचाइ आयोजनालाई भने प्रदेश सरकारले बहुवर्षिय योजनामा राख्दै स्वीकृति गरेको छ ।  

दुवै आयोजनालाई प्रदेश सरकारले टेण्डर प्रक्रिया गरिसकेको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले बताए । ‘मराङ र ढ्क्या सिँचाइ आयोजनाको टेण्डर भईसकेको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्रमा काम शुरु हुन्छ ।’ उनका अनुसार घिलिङ सिँचाइ आयोजनालाई प्रदेश सरकारले ५ करोड ४३ लाखको बजेट स्वीकृत गरेको छ । घिलिङ सिँचाइलाई बहुवर्षिय योजनाको रुपमा पूरा गर्ने योजना प्रदेश सरकारले बनाएको उनको भनाइ थियो ।  

सिँचाइ सुविधा नहुँदा घिलिङको झण्डै २ सय हेक्टर क्षेत्रफल बाझैं छ । मुस्ताङको बीउविजन उत्पादन केन्द्रको रुपमा रहेको घिलिङ फाँट सिँचाइ सुविधा नहुदाँ कृषिजन्य उत्पादनमा प्रयोगमा ल्याउन सकिएको छैन् । गण्डकी प्रदेश सरकारले स्वीकृति गरेसँगै यो वर्षदेखि काम अघि बढ्ने अपेक्षा र विश्वास स्थानीयले लिएका छन् ।  

तीन हजार पाँच सय मिटरको उचाईको घिलिङमा पानी ल्याएर सिँचाइ गरिने छ । ‘१७५ हेक्टर क्षेत्रफल सिँचाइ गर्ने उद्देश्यसहित सिर्तिङ सिँचाइ आयोजना अघि सारेका हौं’ गण्डकी प्रदेश सदस्य विष्टले भने, ‘सिँचाइसँगै लघु जलविद्युत परियोजना र खानेपानीको आपूर्ति हुने छ ।’ घिलिङमा ५७ घरपरिवार छन् । ती परिवारलाई सहज खानेपानी आपूर्ति समेत सिँचाइ परियोजनाबाट पूरा हुने विश्वास सदस्य विष्टको छ । ‘अहिले ७५ हेक्टरमा खेती गरिन्छ । सिँचाइ सुविधा नहुँदा अरु जग्गा बाँझै छ’ उनले भने, ‘सिँचाइ सुविधा भएपछि १०० हेक्टरमा खेतीपाती लगाईन्छ ।’ 

घिलिङ फाँट मुस्ताङको बीउविजन उत्पादन केन्द्र हो । स्थानीय पशुपालन र खेतीपातीमै आश्रित छन् । सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने अपेक्षा छ । विशेष गरी गहुँ उवा र फापर उत्पादन हुन्छ । त्यसो त आलुको लागि पनि प्रख्यात छ । ‘खेतीपातीसँगै बीउको लागि ध्यान दिएका छौं ,’ विष्टको भनाइ थियो ।

अर्को समाचार
भदौ अन्तिममा लोमान्थाङमा गल्फ प्रतियोगिता
२० भदौ २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
भदौ अन्तिममा लोमान्थाङमा गल्फ प्रतियोगिता
लोमान्थाङस्थित गल्फ कोर्ष। फाईल तस्बिर: धन बस्नेत/नागरिक

लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ। लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ। कोर्ष मर्मत गर्न पोखरास्थित व्यवसायिक गल्फर भूबहादुर गुरुङ एकसाता अघि नै लोमान्थाङ पुग्ने तयारीमा छन्।  

समुद्रीसहतदेखि ४६ सय ४५ मिटर उचाईमा गतवर्ष गल्फ कोर्ष बनाईएको छ। त्यही कोर्षलाई वर्षदिनपछि मर्मत सम्भार गरेर दोस्रो संस्करणको प्रतियोगिता गरिदैं छ। ९ होलको कोर्षमा नेपालका उत्कृष्ट गल्फरले प्रतियोगिता दोस्रो पटक खेल्न उक्लिने तयारीमा छन्। गल्फकै लागि नेपालका गल्फरहरु अर्को साता लोमान्थाङ पुग्ने छन । भदौ अन्तिम शनिबार ९ होलको स्टेफल फोर्डको फरम्याटमा प्रतियोगिता खेल्ने गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेका विष्टले सुनाए।  

‘होल ईन वान हान्नेलाई पुरस्कार स्वरुप घोडा प्रदान गरिने छ,’ विष्टले गतवर्ष झैं आफनो योजना सुनाए, ‘७० वर्षमाथिको उमेरका गल्फरलाई सम्मान गरिने छ।’ गल्फमा हुने होल ईन वानसँगै बेष्ट ग्रस, लङगेष्ट ड्राईभ, होल नजिक प्रहार गर्ने गल्फरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने छ। ‘लाोमान्थाङको परिचय बदल्ने योजनामा छौ। त्यही अनुसार गल्फको हब बनाउने लक्ष्यलाई साकार रुप दिन यो वर्षपनि प्रतियोगिता गर्दै छौं,’ विष्टले भने, ‘गल्फले लोमान्थाङको परिचय बदल्ने छ।’  

‘वर्षदिन अघि बनाएको कोर्षमा दोस्रो पटक प्रतियोगिता आयोजनाको तयारी भएकोले एकसाता अघि नै मर्मत गर्नुपर्ने छ। त्यसैले एकसाता अघि नै लोमान्थाङ पुगेर मर्मत सम्भार गरी कोर्ष तयार गर्ने छौं’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङले भने, ‘गतवर्ष मिलाउन नसकिएको होल र ड्राइभ रेन्ज अहिले मिलाईने छ,’ प्रतियोगिता स्टेफल फोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाईने छ। लोमान्थाङमा हुने प्रतियोगिताले विश्वकै एडभेन्चर गल्फ खेल्ने गल्फरलाई आकर्षण गर्ने उनले दावी गरे।  

गल्फ कोर्ष लोमान्थाङदेखि झण्डै २५ मिनेटको दुरी टाढा पर्छ। प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी स्थानीयबासी लिएका छन। लोमान्थाङ गाँउपालिकाको आयोजनामा हुने प्रतियोगितालाई विभिन्न संघसंस्थाले सहयोग भूमिका खेलेको छ। प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटी एक्सप्रेस, जर्मन बेकरी, सोल्टी पानी, मुस्ताङस्थित छिम्ले अर्चार्ड प्रालि लगायतले सहयोग गरेका छन्। गतवर्षको प्रतियोगिताको लागि नेपालका ४० जना भन्दा बढी गल्फरहरुले प्रतिस्पर्धा गरेका थिए।  

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस