लोमान्थाङको ‘तिजी’ मा विदेशीको भीड
१४ जेष्ठ २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
लोमान्थाङको ‘तिजी’ मा विदेशीको भीड
हिमाली जिल्ला मुस्ताङको लोमान्थाङमा तिजीमा रमाउँदै विदेशी पर्यटक। तस्बिर सौजन्यः विजय केसी

हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङमा पछिल्लो दुई वर्ष यताकै यतिबेला सबैभन्दा बढी भीड छ। त्यो भीडभाड गाउँलेको नभई त्यहाँ पुगेका पाहुनाको हो। पाहुना पनि आन्तरिक मात्र नभई विदेशी पनि उत्तिकै छन्। शुक्रबारदेखि त्यहाँ तिजी पर्व सुरु भएको छ। तीन दिन चल्ने पर्वमा यो पटक विदेशी पाहुनाको उल्लेखनीय सहभागिता रहेको स्थानीयले बताएका छन्।

अघिल्ला दुई वर्षसम्म कोरोना संक्रमणले रोकिएको तिजी योपटक भने झनै भव्य भएको त्यहाँका स्थानीयले बताएका छन्। लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा वर्षेनि यो मेला हुने गरेको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो मेलाले त्यहाँको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेलेको उनीहरुको भनाइ छ।  

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार तिजीले योपटक ठूलो संख्यामा विदेशीलाई उपल्लो मुस्ताङसम्म उकालेको छ। त्यस्तै आन्तरिक पाहुना पनि पर्याप्त पुगेको उनले बताए। उनका अनुसार लोमान्थाङ क्षेमा करिब ५० वटा होटल छन्। ती सबै होटल अहिले स्वदेशी र विदेशी पाहुनाले भरिएका छन्। आन्तरिक पाहुना पनि पुग्दा भीडभाड बढेको उनले बताए।

‘होमस्टे र होटल सबै भरिएका छन्। कोरोनापछि सबैभन्दा बढी विदेशी पाहुना अहिले भित्रिएका छन्,’ उनले भने, ‘यहाँ मनाई तिजी पर्वले पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका निभाएको छ।’ कोरोनाले थलिएको पर्यटन क्षेत्रमा यो पटक राहत दिने गरी विदेशी पर्यटक पनि भित्रिएको उनले बताए। कोरोना सुरु भएपछिको सबैभन्दा बढी भीडभाड अहिले भएको उनले बताए।

उनका अनुसार लोमान्थाङ दरबारमा धर्मगुरु पद्यसम्वा रिम्पोछेको तस्बिर अंकित ठूलो आकारको थाङका प्रदर्शनी गर्दै धार्मिक विधि अनुसार पूजाआजा गरेर यो पर्व मनाईन्छ। स्थानीयले १४ औ शताब्दीदेखि यो पर्व मनाउन थालेको उनले बताए। त्यही बेलाको थाङका सुरक्षित राखेर यो पर्वमा देखाउने गरिन्छ। १४ औं शताब्दीका राजाले त्यहाँ यो पर्व मनाउन थालेको उनले जानकारी दिए।

उनका अनुसार दुईतले घर बराबरको उचाईको थाङका यो बेला दरवारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि राख्ने गरिएको छ। हरेक वर्ष जेष्ठ कृष्ण द्वादशीदेखि तीन दिनसम्म यो पर्व मनाईन्छ। अध्यक्ष गुरुङका अनुसार तिब्बती पात्रो अनुसार यो मेला एकै अवधिका लागि आयोजना हुन्छ।  

लोमान्थाङ दरवार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीको हितका लागि तीन दिनसम्म पूजा गर्छन्। विभिन्न पौराणिक तथा मौलिक नृत्य पनि यो बेला प्रदर्शन गरिने उनले बताए। प्राकृतिक प्रकोप, रोगव्याधी, अनिकाल, महामारीजस्ता अनिष्ट नहुन भन्ने कामना गरेर यो पर्व मनाइने उनले जानकारी दिए। अध्यक्ष गुरुङका अनुसार पहिलो दिन जमिनका देवीदेवता, दोश्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र तेश्रो दिन राक्षसलाई धपाएको अभिनय लामाहरुले यो मेलाको अवसरमा देखाउने गर्छन्।  

लोमान्थाङका बासिन्दा समेत रहेका गण्डकी प्रदेशका सदस्य इन्द्रधारा विष्टले पनि लोमान्थाङ क्षेत्र अहिले खचाखच भरिएको बताए। उनका अनुसार त्यहाँका होटल, टि–हाउस, होमस्टे समेत अहिले विदेशी र स्वदेशी पाहुनाले भरिएका छन्। ‘कोरोनाका कारणले पोहोर र परार राम्रोसँग तिजी मनाउन पाइएन, यो पर्व यहाँको ठूलो र मुख्य पर्व हो,’ विष्टले भने, ‘उपल्लो मुस्ताङको परम्परा र मौलिकतासँग जोडिएको सबैभन्दा पुरानो पर्व हो। यो अहिलेको अवस्थामा पनि जोगिएको छ। अहिले पर्व मनाउन र हेर्न आउनेको भीडभाड छ।’ 

कोरोनाका कारण अघिल्ला दुई वर्ष औपचारिकतामा मात्र सीमित रहेर यो पर्व मनाइएको उनले बताए। उनका अनुसार यो पटक विदेशीको संख्या उल्लेख्य हुँदा त्यो क्षेत्रमा रौकन छाएको छ। विदेशीका कारण चहलपहल निकै न बढेको पनि उनले बताए। यतिबेला विदेशी पाहुना पुग्दा स्थानीयले आम्दानी पनि गर्न पाएका छन्।

उपल्लो मुस्ताङको लोमान्थाङ अर्ध निषेधित क्षेत्र पर्छ। त्यहाँ जान विदेशी पर्यटकले अतिरिक्त शुल्क तिर्नुपर्छ। लोमान्थाङमा रहेका पर्यटन व्यवसायी विजय केसीले पनि अहिले तिजीले ठूलो संख्यामा विदेशी पाहुनालाई लोमान्थाङ उकालेको बताए। ‘सबैजसो होटल भरिभराउ छन्। विदेशी र स्वदेशी पाहुनाको भीडभाड छ,’ उनले भने, ‘अर्ध निषेधित क्षेत्र पर्ने भएकोले अतिरिक्त शुल्क तिरेर यो मेला हेर्नका लागि पनि यहाँ विदेशी आएका छन्। यसले लोमान्थाङको चहलपहल बढाएको छ।’

कोरोना संक्रमणपछि सबैभन्दा बढी विदेशी पर्यटक यतिबेला नै लोमान्थाङ उक्लिएको उनले बताए। ‘यहाँका सबै होटलमा पाहुना नअटेपछि होमस्टे र घरघरमा समेत बसेका छन्। टिहाउसमा समेत पाहुना छन्,’ उनले भने, ‘पाहुनाको आगमनले लोमान्थाङ अहिले व्यस्त छ।’

अर्को समाचार
हिमाली जिल्लालाई प्रधानमन्त्रीको आश्वासनः ‘मौसमी चूनौती आइपरे तत्काल खबर गरिहाल्नु’
०८ फागुन २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
हिमाली जिल्लालाई प्रधानमन्त्रीको आश्वासनः ‘मौसमी चूनौती आइपरे तत्काल खबर गरिहाल्नु’
मुस्ताङ जिल्लास्थित सुरक्षा निकाय र निर्वाचन अधिकारीसँग तयारीबारे जानकारी लिँदै प्रधानमन्त्री कार्की। तस्बिरः रामबहादुर रावल (प्रधानमन्त्रीका प्रेस सल्लाहकार)

प्रधानमन्त्री सुशीला कार्की शुक्रबार हिमाली जिल्ला मुस्ताङ पुगिन। मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन, जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकारी सहितको टोलीसँग प्रधानमन्त्री कार्कीले त्यसक्रममा छलफल पनि गरिन। निर्वाचनका क्रममा जिल्लाले भोग्नुपर्ने सम्भावित चूनौतीबारे प्रधानमन्त्री कार्कीले जानकारी लिएकी छिन।  

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीका अनुसार मुस्ताङले भौगोलिक भन्दा पनि मौसमी चूनौती खेप्नुपर्ने सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५, साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रसम्मको पहुँच अहिलेका लागि सबैभन्दा चूनौतीपूर्ण रहेकोबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको उनले बताए।

त्यस्तै लो–घेकर दामोदरकुण्ड गाउँपालिका–५, ताङ्ग्यास्थित शालिग्राम आधारभूत विद्यालयसम्मको पहुँच पनि चूनौतीपूर्ण रहेकोबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो। 

साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ३९ जना मतदाता छन। त्यस्तै ताङ्ग्यास्थित शालिग्राम आधारभूत विद्यालय मतदात केन्द्रमा जम्मा ९८ जना मतदाता रहेका छन।

 शालिग्रामको तूलनामा हिमाली आधारभूत मतदान केन्द्रको चूनौती अझै बढि रहेको पनि सुरक्षा निकायले प्रधानमन्त्री कार्कीलाई जानकारी दिएको थियो। मुस्ताङ जिल्लाका ११ हजार ३ सय २८ जना मतदाता छन्।  

यसै त कम संख्यामा मतदाता, त्यसैमा पनि चिसो छल्न अस्थायी रुपमा गाउँलेहरु बसाई सरेपछि अहिले साङतामा निकै नै कम संख्यामा मतदाता बसेका छन। निर्वाचन अधिकारीहरुका अनुसार जम्मा ४ जना मतदाता गाउँमै छन। उनीहरु गोठालाको रुपमा मात्र घर कुरेर बसेका छन। २० जनाजति मतदाता त्यही वडाभित्रको फल्याकमा बसेका छन। बाँकी मतदाता चिसो छल्न पोखरा तथा काठमाडौं झरेका छन। गाउँमा जम्मा १३ घरधुरी छन। लो–घेकरको ताङ्ग्यामा भने अहिले पनि स्थानीय छन। चिसो छल्न केही तल झरेको भएपनि धेरैजसो मतदाता गाउँमै रहेका छन।  

ज्ञवालीका अनुसार मुस्ताङलाई अर्काे हिमाली जिल्ला डोल्पा जोड्ने बाटोमा पर्ने साङता सदरमुकाम जोमसोमबाट ३४ किलोमिटर टाढा पर्छ। त्यही वडाभित्रको फ्ल्याकबाट साङता २७ किलोमिटर टाढा पर्छ। ‘हामीले ढिलोमा १८ गते साङताका लागि निर्वाचनको टोली खटाइसक्नुपर्छ। त्यो बेलासम्म बाटो खुलाउने प्रयास हुनेछ, अहिले हिउँले बाटो ढाकेको छ। करिब १२ किलोमिटर बाटो बढि चूनौतीपूर्ण रहेको छ,’ उनले भने, ‘बाटोको अप्ठेरोबारे पनि प्रधानमन्त्रीलाई जानकारी गरायौं।’

केहीदिन अघि बाटोको अनुगमनमा गएको जिल्ला सुरक्षा समितिको टोली समेत साङता पुग्न सकेको थिएन। किनकी बाक्लो हिउँका कारण गाउँ पुग्न सकिने अवस्था छैन। ‘मोटरबाटोको हिउँ पन्छाएर मात्र निर्वाचनका लागि कर्मचारी परिचालन गर्ने तयारी छ, मोटरबाटोमा जमेको हिउँ हटाउनका लागि तत्कालै डोजर परिचालन गर्ने तयारी भएको छ,’ उनले भने।  

मुस्ताङमा स्थानीय प्रशासन, सुरक्षा निकाय, निर्वाचन अधिकारीसँग भेटघाटपछि तस्बिर खिचाउँदै। तस्बिरः नागरिक
निर्वाचनका क्रममा भौगोलिक भन्दा पनि मौसमी चूनौती बढि रहेकोबारे प्रधानमन्त्री कार्कीलाई जानकारी दिइएको ज्ञवालीले बताए। ‘अहिलेसम्मका लागि त खासै समस्या छैन। तर, तत्कालै हिउँ परेको खण्डमा मतपेटिका ओसार्न पनि समस्या हुनेछ,’ प्रधानमन्त्रीलाई दिइएको जानकारीबारे उनले भने, ‘भौगोलिक चूनौती खेप्न सकिन्छ, तर, मौसमी चूनौती भने सहज छैन। हिमपात भएको खण्डमा समस्या हुन्छ।’ मौसमी चूनौती आइपरेमा साङता र ताङग्याको मतपत्र ओसार्न हेलिकप्टर चाहिन सक्ने सम्भावनाबारे पनि प्रधामन्त्री कार्कीलाई जानकारी दिइएको उनले बताए।  

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले निर्वाचन अवधिमा प्रकृतिले साथै नदिएमा बस्तुस्थिति हेरेर तत्कालै निर्णय गर्नेबारे प्रधानमन्त्री कार्कीले आश्वासन दिएको बताईन।

‘कुनैपनि समस्या परेमा तत्कालै खबर गर्नु भन्नु भएको छ,’ प्रधानमन्त्री कार्कीको भनाई उद्घृत गर्दै उनले भनिन, ‘हेलिकप्टर चाहिनसक्ने सम्भावनाबारे गृहमन्त्रालय र निर्वाचन आयोगमा जानकारी दिईसकेका छौं। प्रकृतिले साथै नदिएमा मात्र चूनौती हो। अहिलेको अवस्थामा समस्या छैन। तर, बाटो खुलाउनका लागि प्रयास गर्छाै।’

प्रजिअ शर्माका अनुसार साङतामै मतदाता केन्द्र राख्ने निर्णय अनुसार त्यहाँसम्म पुग्ने बाटो खुलाउनका लागि केहीदिनपछि डोजर परिचालन गर्ने तयारी भएको छ। ‘सबैको सल्लाहमा डोजर परिचालन गरेर बाटो खुलाएर मात्र निर्वाचनका सामाग्री ढुवानी गर्ने र कर्मचारी परिचालन गर्ने तयारी भएको छ। अवस्था सहज नभएकोले पहिला हिउँ हटाउनका लागि डोजर परिचालन हुन्छ। त्यसपछि बल्ल मतदातालाई घर फर्किन पनि सहज हुन्छ,’ उनले भनिन।  

उनका अनुसार साङता गाउँसम्मै मोटरबाटोको पहुँच छ। तर, केही खण्डमा भने हिउँको सकस छ। हिउँ पग्लेर सुख्खा भएको समयमा सदरमुकाम जोमसोमबाट उक्त गाउँमा पुग्न गाडीमा कम्तिमा ४ घण्टा लाग्छ। अहिले त हिउँले आउजाउ नै सम्भव छैन। पैदल हिडेर उक्त गाउँसम्म जान सकिने अवस्था नरहेको उनले बताईन। बाटो नखुलेका कारण मतदातालाई घर फर्किन पनि सहज नभएको उनले जानकारी दिइन।  

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस