संग्रह
विपदमा पनि काम लागेन हुम्दे विमानस्थल
सडक सम्पर्कबाट अलग्गिएका मनाङवासीलाई अत्यावश्यक आउजाउमा हवाई यातायात विकल्प थियो। तर जिल्लाको विमानस्थल उपयोग गर्नेतर्फ कसैको ध्यान गएको छैन। हेलिकप्टर चार्टर गरेर दिनहुँ महँगोमा दैनिक उपभोग्य वस्तु ओसारपसार भइरहेको छ।
आजदेखि दश हिमाली जिल्लामा खोप अभियान सञ्चालन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ।
हिमाली जिल्लामा हिमपात
हिमाली जिल्लाका तल्लो क्षेत्रमा सामान्य हिमपात भए पनि माथिल्लो क्षेत्र (हिमाली भेग) मा भारी वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ।
बाक्लो हिमपातले रोकियो पदयात्रा
उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाका उच्च भेगको जनजीवन पनि प्रभावित भएको छ। कतिपय जिल्लामा हिडडुल नै सकसपूर्ण बनेको छ। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई सचेतना अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन।
स्कीले पर्यटनमा देखाएको आशा
यो बेला चिसो हुने हुँदा हिमाली जिल्लाका अधिकांश बस्ती सुनसान हुन्छन। मानवीय गतिविधि नै सुस्ताउने यो बेला हिउँ पर्ने हुँदा हिडडुल समेत रोकिन्छ। तर, हिमपातले चिसिएको मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भने यतिखेर आन्तरिक र केही विदेशी पर्यटकको चहलपहल छ। पर्यटकीय चहलपहल बढाउन त्यहाँ स्की खेल समेत संचालन गरिएको छ।
हिमालमा चुनाव, सहरमा प्रचार
चिसो छल्न सहर झरेपछि हिमाली जिल्लामा चुनावी माहोल तात्न सकेको छैन। मतदाता पनि गाउँमा छैनन। सहर झरेका मतदातालाई अहिले सहरमै उम्मेद्वारले भेटघाट गरिरहेका छन।
हिमाली जिल्लाको सकसः छरिएका मतदाता जुटाउने कसरी?
निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम सुरु गर्ने तयारी गर्दै गर्दा मुस्ताङको साङता जस्ता दुर्गम गाउँका बासिन्दालाई कसरी समेट्ने चिन्ता त्यहाँका कर्मचारीलाई छ।
हिमाली जिल्लालाई प्रधानमन्त्रीको आश्वासनः ‘मौसमी चूनौती आइपरे तत्काल खबर गरिहाल्नु’
मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५, साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रसम्मको पहुँच अहिलेका लागि सबैभन्दा चूनौतीपूर्ण रहेकोबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको थियो ।
हिमाली जिल्लाको चुनावी सकस (फोटोसहित)
हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङता गाउँको परिचय हो यो। गाउँको एकमात्र हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा भोट खसाल्ने मतदाता जम्मा ३१ जना छन्।