हिमाली जिल्लाको सकसः छरिएका मतदाता जुटाउने कसरी?
२८ माघ २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
हिमाली जिल्लाको सकसः छरिएका मतदाता जुटाउने कसरी?
मुस्ताङमा सेताम्य जमेको हिउँको बाटो हिडेर गस्ती गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्यः सुशीलबाबु थकाली

हिमाली जिल्ला मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५, साङताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ३९ जना मतदाता छन्। मुस्ताङ जिल्लाका ११ हजार ३ सय २८ जना मतदाता मध्ये ३९ जना मतदाताले हिमाली आधारभूत विद्यालय केन्द्रबाट मत खसाल्नेछन।  

यसै त कम संख्यामा मतदाता, त्यसैमा पनि चिसो छल्न अस्थायी रुपमा गाउँलेहरु बसाई सरेपछि अहिले साङतामा निकै नै कम संख्यामा मतदाता बसेका छन। निर्वाचन कार्यालयका अधिकारीहरुका अनुसार जम्मा ४ जना मतदाता गाउँमै छन। उनीहरु गोठालाको रुपमा मात्र घर कुरेर बसेका छन। २० जनाजति मतदाता त्यही वडाभित्रको फल्याकमा बसेका छन। बाँकी मतदाता चिसो छल्न पोखरा तथा काठमाडौं झरेका छन। गाउँमा जम्मा १३ घरधुरी छन।  

निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम सुरु गर्ने तयारी गर्दै गर्दा साङता जस्ता दुर्गम गाउँका बासिन्दालाई कसरी समेट्ने चिन्ता त्यहाँका कर्मचारीलाई छ। किनकी अहिले हिमपातका कारण साङता गाउँ सदरमुकामबाट बिच्छेद छ। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीका अनुसार हिउँ पग्लेर सुख्खा भएको समयमा सदरमुकाम जोमसोमबाट उक्त गाउँमा पुग्न गाडीमा कम्तिमा ४ घण्टा लाग्छ। अहिले त हिउँले आउजाउ नै सम्भव छैन। पैदल हिडेर उक्त गाउँसम्म जान सकिने अवस्था छैन। 

‘अहिले त पैदल जान पनि सकिन्न। फेरि गाउँमा जम्मा चारजना मात्र मतदाता छन भन्ने सुनेका छौ। नजिकको अर्काे गाउँ फल्याक र केही सहरतिर झरेका छन। गाउँ पुगेर निर्वाचन गराउन सकस छ,’ उनले भने, ‘गाडीको बाटो खुल्ने सम्भावना पनि तत्काल छैन। किनकी अहिले हिउँ पर्ने समय पनि हो, केहीदिन अधि परेको हिउँ अझै पग्लेको छैन। हेलिकप्टरबाट निर्वाचन सामाग्रीको ढुवानीको विकल्प छैन। मतदाता नै गाउँमा छैनन।’

मतदाता नै गाउँमा नरहेकोले वैकल्पिक मतदान केन्द्र बनाउनेबारे पनि सल्लाह भईरहेको उनले सुनाए। ‘मतदानमा पनि मतादाता खोजेरै लैजानुपर्ने अवस्था आएको छ। मतदाताले माग गरेको खण्डमा वैकल्पिक केन्द्र खडा गर्न पनि सकिने प्रावधान त छ। तर, सबै मतदाता वैकिल्पिक केन्द्रमा आउन सक्ने सम्भावना पनि छैन,’ उनले भने, ‘हिउँ पग्लेको खण्डमा मात्र जान सकिने जिल्लाकै सबैभन्दा दुर्गम भेग हो।’ मतादाता नै छरिएर रहेकोले कसरी मतदाता शिक्षा संचालन गर्ने भन्नेबारेमा समस्या भएको पनि उनले बताए। जिल्लाका अरु मतदान केन्द्रसम्म भने मोटरबाटोको पहुँच भएकोले उत्ति समस्या नरहेको उनले सुनाए।

अर्काे हिमाली जिल्ला मनाङमा पनि मुस्ताङकै जस्तै समस्या छ। मनाङको सबैभन्दा दुर्गममा नार्पाभूमि गाउँपालिका पर्छ। नार्पाभूमिका पाँचवटा वडामा पाँचवटा मतदान केन्द्र छन। ती सबै मतदान केन्द्रलाई दुर्गमता र प्राकृतिक प्रकोपको सम्भावनाको आधारमा अति संवेदनशील केन्द्रको रुपमा राखिएको छ।  

नार्पाभूमिको फू स्थित वडानम्बर ५ कार्यालयमा जिल्लाकै सबैभन्दा कम मतदाता छन। नार्पाभूमि–५ फू स्थित यो केन्द्रमा जम्मा ७८ जना मतदाता रहेका छन। त्यस्तै नार्पाभूमि–४ फू स्थित फू आधारभूत विद्यालयमा ८८ जना मतदाता रहेका छन। नार्पाभूमि–१ नारस्थित वडा कार्यालयमा ९९ जना मतदाता रहेका छन। जिल्लामा सबैगरि ७ हजार मतदाता रहेका छन।  

‘सदरमुकाम चामेबाट अहिले पनि हिडेर जाँदा कम्तिमा २ दिन लाग्छ। मोटरबाटोले त छोएकै छैन। मोटरको त कल्पना नै गर्नुपरेन, हेलिकप्ट भए सहज हुने हो,’ जिल्ला निर्वाचन अधिकारी जीवन कुँवर भन्छन, ‘अहिले त गाउँमा मतदाता पनि छैनन। भएका मतदाता जति चिसो छल्न पोखरा, काठमाडौं झरेका छन।’ चिसो छल्न झरेका बाहेक गाउँमा घर कुरेर बसेका सीमित संख्यामा मतदाता रहेको उनले बताए।  

‘अहिलेसम्म त्यो गाउँमा जान सकिने अवस्था छैन। किनकी हिउँले बाटो नै पुरिएको छ। हिउँ पग्लिने अवस्था पनि तत्काल छैन, त्यसैले मतदानस्थलको अवस्था कस्तो छ भनेर हेर्न जान पनि सकेका छैनौ,’ कुँवरले भने, ‘हिडेर जान सकिन्न, गाडीको बाटो नै छैन । हेलिकप्टको विकल्प छैन।’ 

उनका अनुसार अधिकांश मतदाता गाउँमा छैनन्। त्यसैले मतदाता शिक्षा कार्यक्रम संचालन गर्न पनि अप्ठेरो रहेको उनले सुनाए।स्थानीयका अनुसार चिसो बढेसँगै मंिसर लागेपछि मतदाता गाउँ छाडेर सदरमुकाम चामे, लम्जुङ तथा काठमाडौंमा बसाई सर्छन। फागुनको अन्तिममा गाउँ फर्किने उनीहरुको पुरानो अभ्यास हो। तर, अहिले निर्वाचनका कारण केही छिटोगरि घर फर्किनुको बाध्यतामा मतदाता छन। मतदाता फर्किएपछि मात्र मतदाता शिक्षा अभियान संचालन गर्ने योजना पनि निर्वाचन कार्यालयको छ।  

‘मतदाता फर्किए भने मात्र गाउँमा मतदाता शिक्षा सम्भव होला। मतदाता कुरेर बसेका छौ। मतदाता बिना नै मतदाता शिक्षा अभियान प्रभावकारी हुन सक्दैन,’ उनले भने, ‘अहिले त हामी सम्पर्क विच्छेद जस्तै भएका छौ। गाउँमा आउजाउ नै सम्भव छैन।’ प्राकृतिक प्रकोप र भौगोलिक हिसाबले नार्पा भूमि सबैभन्दा दुर्गम भएकोले त्यहाँका मतदातालाई मतदान गर्न केन्द्रसम्म आउजाउ गर्न समेत समस्या रहेको स्थानीयको भनाई छ।  

दलहरुले पनि गाउँमा मतदाता नभएपछि मतदाताले अस्थायी बसाई सरेकै ठाउँमा पुगेर मत माग्ने काम गरिरहेका छन। हिमाली भेगमा मतदाता नरहेपछि अहिले ती क्षेत्रमा चुनावी मााहोल समेत तात्न नसकेको दलहरुको भनाई छ।  

लोकप्रिय
अर्को समाचार
हिमाली जिल्लाको चुनावी सकस (फोटोसहित)
२० फागुन २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
हिमाली जिल्लाको चुनावी सकस (फोटोसहित)
मुस्ताङको सबैभन्दा दुर्गम साङता गाउँ। यो गाउँमा ३१ जना मतदाताले मत खसाल्नेछन। १४ जना कर्मचारी त्यहाँ पुगेका छन। तस्बिरः नागरिक

समुन्द्री सतहदेखि ३८ सय मिटरको उचाईको एक्लो बस्ती। जम्मा १३ घर। ३९ जना मतदाता। अनुमानित तापक्रम माइनस ५ डिग्री। नजिकमा पर्ने अर्काे बस्ती २५ किलोमिटर टाढा।

हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङता गाउँको परिचय हो यो। गाउँको एकमात्र हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा भोट खसाल्ने मतदाता जम्मा ३१ जना छन्। हुन त मतदाता नामावलीमा गाउँका ३९ जना मतदाताको नाम छ, तर ३ जनाको यसअघि नै मृत्यु भईसकेको छ।  

चिसो छल्न तल झरेका केही वृद्ध मतदाता गाउँ फर्किन सकेनन्। जसले गर्दा गाउँमा ३१ जनाले मात्र भोट खसाल्नेछन। मतदान गराउन सुरक्षाकर्मी र निर्वाचन कर्मचारी गरेर १४ जना खटिएका छन्। ३१ जना मतदाता मध्ये पनि ४ जना गोठमा छन्। पहिलो खेपमा भोट खसालेपछि केही स्थानीय गोठालालाई पालो दिन गोठ जानेछन र गोठालो बसेका मतदाताहरु भोट खसाल्न झर्नेछन्।  

सदरमुकाम जोमसोमबाट ३९ किलोमिटर टाढाको यो गाउँ पुग्न जोमसोमबाट मोटरमा कम्तिमा ३ घण्टा लाग्छ। त्यही समय गुजार्दै निर्वाचनको टोली हिमाली आधारभूत विद्यालयमा निर्वाचन गराउन खटिएको छ।

‘बाक्लो जमेको हिउँलाई डोजर लगाएर हटाइएको रहेछ। झन्डै १० किलोमिटर त साहै्र सकसपूर्ण यात्रा बन्यो,’ निर्वाचन गराउन खटिएका मतदान अधिकृत राजेश गुप्ता भन्छन्, ‘तरपनि गाउँ आएर तयारी पुरा गरेका छौ। चिसो छल्न तल झरेका मतदाता पनि गाउँ फर्केका छन्।’

उनका अनुसार केहीदिन अघि मात्र डोजर चलाएर बाटोको बरफ फ्याकेर मोटरबाटो खुला गरेकोले गाडीको यात्रा सहज थिएन। बाटोमा करिब १० फिटसम्म हिउँ जमेर कडा चट्टान झैं भएर बरफ जमेको थियो। ‘डोजरले खोतलेर बरफ हटाएपछि चिप्लोबाटोको जोखिम थियो। तर गाउँले पनि मत खसाल्न गाउँ फर्किए, हामी पनि आयौं,’ उनले भने, ‘जसोतसो गाडी चल्यो। मतदान केन्द्रसम्मै गाडी आएकोले पैदल हिड्नु त परेन, तर, सहज थिएन।’

उनका अनुसार गाउँपालिकाको त्यही वडाभित्र पर्ने फल्याकको जनमुक्ति आधारभूत विद्यालय छ। साङता र फल्याकबीचको दूरी नै कम्तिमा २५ किलोमिटर रहेको छ। ‘फल्याक पछि २५ किलोमिटर पार परेपछि बल्ल साङता पुगियो,’ उनले भने, ‘गाउँमा मान्छे देख्नै गाह्रो रहेछ। बालबालिका र वृद्धवृद्धाजति सहरतिर छन। भोट खसाल्नकै लागि मतदाता मात्र गाउँ फर्केका हुन।’

उनका अनुसार निर्वाचन गराउने टोली गाउँ पुग्दैगर्दा गाउँमा एकजना बाहेक कोही थिएनन्। समाजघरको ताला खोलेर कर्मचारीको टोली बास बसेको थियो। त्यसपछि बल्ल मतदाता गाउँ उक्लेका थिए। ‘अघिअघि हामी आयौ, पछि पछि मतदाता आए,’ उनले भने।

‘अहिले भोट खसाल्न मात्र गाउँलेहरु गाउँ उक्लेका रहेछन। मत खसालेपछि उनीहरु फेरि तल झर्नेछन,’ गुप्ताले भने, ‘खासमा यो बेला उनीहरु गाउँ फर्किने समय होइन। चैतको तेश्रो साता बल्ल गाउँलेहरु घर फर्किने अघिल्ला वर्षको तालिका हो। तर, अहिले चुनावकै कारण गाउँलेहरु निर्धारित तालिका भन्दा फरक समयमा घर आएका हुन।’ गाउँलेहरु घर पुग्दा सबै घरमा ताला ठोकेको थियो। साङताबाट करिब १८ किलोमिटर दूरी पार गरेपछि डोल्पा पुगिन्छ। डोल्पा र मुस्ताङ जोड्ने यो हिमाली जिल्लाको पदमार्ग हो।  

‘बिहान ७ बजेदेखि नै मतदानका लागि हामी तयार अवस्थामा रहनेछौं। चिसोका कारण मतदाताहरु ८ बजेपछि आउने गाउँलेको भनाई छ,’ सर्वदलीय बैठक सकेपछिको जानकारी दिँदै उनले भने, ‘थोरै मतदाता भएकोले छिटो सकिन्थ्यो। तर, गोठाला गएका मतदाताले पालो पाएपछि बल्ल उनीहरु भोट खसाल्न झर्नेछन। त्यही भएर केही ढिला हुनेछ।’

स्थानीय अगुवा थुक्तेन गुरुङ भोट खसाल्नकै लागि गाउँलेहरु घर फर्केको बताउँछन। ‘योपटक अलि छिटो गरेर घर फर्कियौ। भोट खसाल्न आएका हौ। केही त भोट खसालेपछि पनि तल झर्नेछन, म भने यतै बस्छु,’ उनले भने, ‘बालबालिका र बुढाबुढी घर फर्किन सकेनन।’ गाउँ फर्केको भएपनि अहिलेका लागि काम नभएको उनले बताए।

‘अझै तीनसातापछि बल्ल आलु रोप्न थाल्ने हो। अहिलेका लागि काम केही छैन। यत्तिकै बस्ने हो,’ उनले भने, ‘गाउँको चारैतिर हिउँ छ। चिसो पनि उत्पात छ। काम केही छैन।’

वारागुङ गाउँपालिका–५ का अध्यक्ष सुरेन्द्र गुरुङ पनि सबैजना मतदाता घर फर्किन नसक्नुमा पहुँचमा समस्या हो। उनका अनुसार ३९ जना मतदाता भएपनि ३१ जना मात्र गाउँमा छन। ‘चिसो छल्न गाउँलेहरु तल झरेका थिए। जसोतसो बाटो खुल्यो र ३१ जनाले भोट खसाल्ने पक्का भयो, अरु त सहरमै छन। सबै मतदाता घर फर्किन सकेनन,’ उनले भने, ‘मतदातालाई घर फर्काउनकै लागि डोजर चलाएर बाटो खुलाइएको हो। नत्र सम्भव थिएन।’

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीले पनि अप्ठेरोका बाबजुत पनि सबै मतदान केन्द्रसम्म कर्मचारी पुगेको बताए। ‘कतै मतदाता घर फर्किन सक्दैनन की भन्ने चिन्ता थियो। तर, अप्ठेरो भनिएको ठाउँसम्म बाटो खुलाएर भएपनि मतदाता फर्कायौं। गाउँलेहरु मतदान गर्न गाउँ उक्लेका छन,’ ज्ञवालीले भने, ‘अरुतिर समस्या थिएन। साङताका लागि चूनौती थियो। तरपनि सम्भव भयो।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस