रोटरी क्लब अफ नारायणघाटले माडीको अम्रौलीमा सिंचाई आयोजना सुरु गरेको छ। एक करोड ३६ लाख १० हजार ४२५ रुपैयाँको लागतमा आयोजना निमार्ण गर्न लागिएको हो।
आकाशे पानीको भरमा खेती गर्दै आएका माडी नगरपालिका वडा नम्बर चार को अम्रौली र विराचीका कृषकको लागी सोलारमा अधारित बोरिङ स्थापना गर्न लागिएको हो। माडी नगरपालिका प्रमुख ताराकाजी कुमारी महतो र क्लबका अध्यक्ष भोला लामिछानेले शिलन्यास गरेका थिए। लामिछानेले एक वर्षभित्र आयोजना सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिने बताए।
करिब ६६ विगाहा जग्गामा सिंचाई गराउन लागिएको हो। आयोजनाको लागी रोटरी डिष्ट्रिक ११६० अन्र्तगतको आयरल्याण्डका सात वटा क्लबले सहयोग गरेका छन्। यसका लागी बेलायतमा बस्दै आएका विनोद कर्माचार्यले सहजीकरण गरेका थिए। मेयर महतोले विपन्न गाँउमा रोटरीले परोपकारी काम गरेको भन्दै रोटरीको अभियानको प्रसंसा गरिन्। उनले नगरपालिकाको तर्फबाट धन्यवाद ब्यक्त गरिन्। रोटरी क्लब डिष्ट्रिक २५९२ नेपाल भुटानका एसिस्टेण्ट गर्भनर दिनुप बरालले विश्वभरका रोटरीले उठाएको पैसाबाट बनेको ग्लोबल बजेटबाट रोटरीले सामाजिक काम गर्दै आएको बताए। यो संस्था अन्य गैर सरकारी निकाय भन्दा फरक रहेको बताए।
कार्यक्रममा रोटरी क्लब अफ नारायणघाटका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले स्वार्थभन्दा माथी सेवा भन्ने रोटरीको उद्देश्यलाई आत्मसाथ गर्दै नारायणगढ रोटरीले सामाजिक विकासको लागी नेतृत्वदायी भूमिका खेलेको बताए। कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष गुणेश्वर महतो , सचिव सेवन पन्तले सिंचाई आयोजना वारे जानकारी गराँउदै खेतीयोग्य जमिन धेरै भएको तर सिंचाई नभएको कारण अम्रौलीमा बोरिङ राख्न लागेको बताए।
एकातिर पानीको समस्या, अर्कोति खेतीयोग्य जमिन सिँचाइ नहुँदा बाँझै राख्नुपर्ने । कुलो माथि छ । गुम्बा र बस्ती तल छ । कुलोबाट पानी चुहिँदा बस्तीभित्र पस्छ । गाईबस्तु पाल्न उस्तै सकस । समस्या वर्षौदेखि झेल्दै आएका छन् । वर्षौदेखि झेल्दै आएको समस्यालाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेको छ । त्यही पनि कष्टकर जीवनमा बाँचिरहेका उपल्लो मुस्ताङस्थित छोंसेरबासीको सिँचाइको सपना पूरा हुँदैछ ।
‘धेरैपटक निवेदन दियौं । सुनुवाई कतैबाट भएको थिएन । स्थानीय तहमा जनप्रतिनिधि थिएनन् । अहिले आएर हाम्रो समस्या सम्बोधन भएको छ,’ छोंसेरका स्थानीयवासी कर्मा ढुण्डुप गुरुङले भने, ‘बजेट मार्फत सम्बोधन भएकोमा खुशी छौं । अब पानीको समस्या सुल्झाउँछौं ।’ उनी ढ्क्या–सिँचाइ आयोजनाका सदस्य समेत हुन् । उनले वर्षौदेखि निवदेन दिएपनि सुनुवाई नभएको गुनासो गर्दै बजेट पनि थोरै दिँदा काम गर्नै नसकिएको जिकिर गरे । ‘पहिलो कुरा बजेट थोरै दिन्थे । सामान ढुवानी गर्न गाह्रो थियो,’ उनले भने, ‘काम गर्नै सकिएन । पानीको समस्या उस्ताको उस्तै रह्यो ।’
ढ्क्या–छोंसेर सिँचाइ आयोजनाको लागि नेचुङ खोलाबाट पानी झारिने छ । कुलो व्यवस्थित र पानी नहुचिने बनाउनुपर्ने अत्यावश्यक रहेको उनको भनाइ थियो । ‘कुलोबाट पानी चुहिँदा घरभित्र पस्छ । त्यसैले पानी नहुचिने गरी काम गर्नुपर्ने छ,’ उनको भनाइ थियो । सिँचाइको लागि झण्डै डेढ किलोमिटर कुलो निर्माण गर्नुपर्ने उनले जानकारी दिए । सिँचाइ सुविधाबाट २ सय ८० रोपनी क्षेत्रफल सिञ्चित हुने छ । खानेपानीको रुपमा समेत उपयोग गरिने छ । त्यहाँ झण्डै ६५ घरपरिवार छ ।
सिँचाइको लागि गण्डकी प्रदेश सरकारले ९८ लाख रुपैयाँको टेण्डर आह्वान गरिसकेको छ । त्योसँगै प्रदेश सरकारले मराङ सिँचाइ आयोजना टेण्डर प्रक्रिया पनि अगाडि बढाईसकिएको छ । मराङ सिँचाइ आयोजना २ करोड १३ लाख ३५ हजार रुपैयाँको हो । गण्डकी प्रदेश सरकारले उपल्लो मुस्ताङको महत्वपूर्ण योजनाको रुपमा रहेको सिँचाइ योजनालाई प्राथमिकतामा राख्दै योजना स्वीकृति गरी अघि बढाएको हो । घिलिङ सिँचाइ आयोजनालाई भने प्रदेश सरकारले बहुवर्षिय योजनामा राख्दै स्वीकृति गरेको छ ।दुवै आयोजनालाई प्रदेश सरकारले टेण्डर प्रक्रिया गरिसकेको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले बताए । ‘मराङ र ढ्क्या सिँचाइ आयोजनाको टेण्डर भईसकेको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्रमा काम शुरु हुन्छ ।’ उनका अनुसार घिलिङ सिँचाइ आयोजनालाई प्रदेश सरकारले ५ करोड ४३ लाखको बजेट स्वीकृत गरेको छ । घिलिङ सिँचाइलाई बहुवर्षिय योजनाको रुपमा पूरा गर्ने योजना प्रदेश सरकारले बनाएको उनको भनाइ थियो ।
सिँचाइ सुविधा नहुँदा घिलिङको झण्डै २ सय हेक्टर क्षेत्रफल बाझैं छ । मुस्ताङको बीउविजन उत्पादन केन्द्रको रुपमा रहेको घिलिङ फाँट सिँचाइ सुविधा नहुदाँ कृषिजन्य उत्पादनमा प्रयोगमा ल्याउन सकिएको छैन् । गण्डकी प्रदेश सरकारले स्वीकृति गरेसँगै यो वर्षदेखि काम अघि बढ्ने अपेक्षा र विश्वास स्थानीयले लिएका छन् ।
तीन हजार पाँच सय मिटरको उचाईको घिलिङमा पानी ल्याएर सिँचाइ गरिने छ । ‘१७५ हेक्टर क्षेत्रफल सिँचाइ गर्ने उद्देश्यसहित सिर्तिङ सिँचाइ आयोजना अघि सारेका हौं’ गण्डकी प्रदेश सदस्य विष्टले भने, ‘सिँचाइसँगै लघु जलविद्युत परियोजना र खानेपानीको आपूर्ति हुने छ ।’ घिलिङमा ५७ घरपरिवार छन् । ती परिवारलाई सहज खानेपानी आपूर्ति समेत सिँचाइ परियोजनाबाट पूरा हुने विश्वास सदस्य विष्टको छ । ‘अहिले ७५ हेक्टरमा खेती गरिन्छ । सिँचाइ सुविधा नहुँदा अरु जग्गा बाँझै छ’ उनले भने, ‘सिँचाइ सुविधा भएपछि १०० हेक्टरमा खेतीपाती लगाईन्छ ।’
घिलिङ फाँट मुस्ताङको बीउविजन उत्पादन केन्द्र हो । स्थानीय पशुपालन र खेतीपातीमै आश्रित छन् । सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने अपेक्षा छ । विशेष गरी गहुँ उवा र फापर उत्पादन हुन्छ । त्यसो त आलुको लागि पनि प्रख्यात छ । ‘खेतीपातीसँगै बीउको लागि ध्यान दिएका छौं ,’ विष्टको भनाइ थियो ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।