वीरेन्द्रनगरमा निषेधाज्ञा तोकियो
१७ फागुन २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
वीरेन्द्रनगरमा निषेधाज्ञा तोकियो
वीरेन्द्रगरमा निषेधाज्ञा तोकिएको मंगलगढी चोक। तस्बिरः गोविन्द केसी/नागरिक

वीरेन्द्रनगरमा सोमबार साँझबाट लागु गरिएको कर्फ्यू मंगलबार साँझबाट हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा तोकेको छ। आन्दोलनकारीले बढी क्षति पुर्‍याएको स्थानहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा तोकेको हो।

निषेधाज्ञा तोकिएको स्थानमा ५ जनाभन्दा बढी भेला वा हिड्न नपाउने जनाईएको छ। बन्दकर्ताहरुले सोमबार साँझ मंगलगढी चोकमा रहेको प्रहरी विटमा आगजनीसंगै नेकपा एमाले, नेपाली कांग्रेस र एकृकित माओवादीको पार्टी कार्यालयमा ढुंगा प्रहार र आगजनी गरेका थिए। थप क्षति र अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले सोमबार साँझ ८ः१५ देखी मंगलबार साँझ ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो। मंगलबाट साँझ ७ बजेदेखि लागु हुने गरि अर्को आदेश नहुनेसम्म निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए। एमसीसीविरुद्ध गरिएको नेपाल बन्दपछि तनावग्रस्त भएपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कफ्र्यू लगाएको थियो।

नागरिकहरुलाई हिड्डुलमा सहजता होस् भनेर निषेधाज्ञा तोकिएको जनाईएको छ। निषेधाज्ञा तोकिएको स्थानहरुमा मंगलगढी चौक, एरीचौक, हटिया लाईन मुख्य रहेको छ। मंगलबार ७ बजेदेखि ति स्थानमा अर्को आदेश नभएसम्म निषेधाज्ञा तोकिएको स्थानीय प्रशासनले जनाएको छ।

लोकप्रिय
अर्को समाचार
वीरेन्द्रनगरमा लागु भयो ‘नयाँ भू–उपयोग नीति’
०८ पौष २०७९
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
वीरेन्द्रनगरमा लागु भयो ‘नयाँ भू–उपयोग नीति’
नयाँ भू–उपयोग निति बनाईएको कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर। तस्बिरः गोविन्द केसी/नागरिक

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नयाँ भू–उपयोग क्षेत्र वर्गीकरण सम्वन्धी मापदण्ड र आधारहरु ल्याईएको छ।  वीरेन्द्रनगर नगरपालिकाले ‘भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी तयार गरिएको मापदण्ड तथा आधारहरु, २०७९’ कार्यान्वयनमा ल्याइएको हो।    

नगर कार्यपालिकाको मंसिर २५ गतेको बैठकले तयार पारिएको भू–उपयोग क्षेत्र वर्गीकरण सम्वन्धी मापदण्ड कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।  हरेक दृष्टीले वीरेन्द्रनगरलाई सुन्दर शहर बनाउन यो मापदण्ड कार्यान्वयनमा ल्याईएको नगरपालिकाले जनाएको छ। मापदण्डमा वीरेन्द्रनगर क्षेत्रमा जे जुन अवस्थामा छन सोही प्रकृतिको वर्गीकरण गरि आगामी दिनमा अझ व्यवस्थित बनाउन लागिएको जनाइएको छ।

नगरपालिकाको आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र र खानी तथा खनिज क्षेत्रका रुपमा नगरलाई वर्गीकरण गरिएको छ। मापदण्डमा भू–उपयोग क्षेत्र, भू–उपयोग क्षेत्र नक्सा र भू–उपयोग योजना समेत तयार गरिएको छ। वर्गीकरणको मापदण्ड पूर्ण कार्यान्वयनमा आए वीरेन्द्रनगरलाई व्यवस्थित शहर हुने जनाईएको छ। विद्यमान भू–उपयोगको अवस्था, नापी विभागले पठाएको क्षेत्र वर्गीकरणको डाटा, सडक बाटोको पँहुच र सोको वर्गीकरण, कृषि उत्पादन र उत्पादकत्वको अवस्था, वातावरण तथा विपद संवेदनशीलता, भू–उपयोगसँग सम्बन्धित ऐन, नियमावली, सामाजिक तथा आर्थिक पूर्वाधारको वितरण, शहरी विकास योजना, वडाबाट आएका राय सुझाव र विभिन्न क्षेत्रका विज्ञ, सर्वदलिय र सर्वपक्षीय भेलाबाट प्राप्त राय सुझावका आधारमा मापदण्ड निर्धारण गरिएको हो।

मापदण्डहरु कस्ता छन्?

साविक बमोजिमका सरकारी, सार्वजनिक तथा सामुदायिक प्रयोजनका लागि प्रयोग हुने जग्गा, खुल्ला क्षेत्र, पार्कहरु समेतलाई सार्वजनिक क्षेत्रमा वर्गीकरण गर्ने र सोको समुचित संरक्षणका लागि नीति लिने मापदण्डमा उल्लेख गरिएको छ। यसअघि नापी विभागबाट आवासीय, व्यवसायिक र औद्योगिक क्षेत्रमा विभाजन भएको जग्गालाई सोही अनुसार वर्गीकरण गरिने छ। हाल उपयोगमा रहेको नदिनाला, ताल, तलैया, पोखरी लगायतका पानीजन्य उपयोगमा रहेको क्षेत्रलाई नदि खोला तथा सिमसार क्षेत्रमा वर्गीकरण गरिएको छ।

त्यस्तै हाल उपयोगमा रहेका मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक क्षेत्रले चर्चेको जग्गा, परापूर्वकालमा देखिएका ऐतिहासिक धरोहर, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुलाई सांस्कृतिक तथा पुरातात्विक क्षेत्रहरु वर्गीकरण गर्ने समेत मापदण्डमा उल्लेख छ। हाल कायम सबै किसिमका वन पैदावार क्षेत्रलाई वन क्षेत्र र नेपाल सरकार उद्योग मन्त्रालय, नगरपालिकाको स्वीकृति लिएर औद्योगिक क्रियाकलापमा प्रयोग भएको जग्गालाई औद्योगिक क्षेत्रमा निर्धारण गरिएको छ। वीरेन्द्रनगरको गेरुनीनारा, टुनीखोला, आँपडाली खोला, भुरेली खोला, दुवाली खोला, भातेकुना खोला, फलाँटे खोला हुँदै निकास खोला, खोर्के खोला, ईत्राम खोला र नेवारे खोलोको बहाव क्षेत्र पहिचान गरी जोखिम क्षेत्र छुट्याउने र भविष्यमा त्यसलाई खोला कोरिडोर मार्गको स्थापना गर्नुका साथै कोरिडोरको बाहिर ३० मिटर क्षेत्र आवासीय क्षेत्रको रुपमा विकसित गर्ने भनिएको छ। मापदण्डमा धेरै कुराहरु समावेश गरिएको छ। शैक्षिक, स्वास्थ्य, ब्यवसायिक क्षेत्र, फोहोर ब्यवस्थापन, कृषि, पर्यटन, पशु पालन, सुकुम्मबासी समस्या, लगायतका थुप्रै कुराहरु समेटिएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस