वीरेन्द्रनगरमा आँखा पोल्ने तुँवालो
२३ चैत्र २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
वीरेन्द्रनगरमा आँखा पोल्ने तुँवालो

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा आँखा पोल्ने तुँवालो बढ्दै गएको छ । आइतबारको तुलनामा सोमबार तुँवालो बाक्लो र प्रदूषित देखिएको छ ।

सोमबार बिहानैदेखि लागेको तुँवालोले वीरेन्द्रनगर उपत्यका ढाकिएको थियो । तराई हुँदै पहाड उक्लिएको तुँवालो उपत्यकाबाट बाहिर नसक्दा झनझन बाक्लो हुँदै गएको छ । बाक्लो तुँवालोले आँखा पोल्ने गरेको स्थानीयको भनाइ छ । आइतबारको तुलनामा सोमबार बढी तुँवालो देखिएको स्थानीय चन्द्रबहादुर बुढाले बताए । ‘आइतबारको तुँवालो त्यति बाक्लो थिएन,’ उनले भने, ‘सोमबारको तुँवालो प्रदूषित हुँदा आँखा पोल्यो ।’ तुँवालो बढ्दै जाँदा जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिवलिटी कम हुँदा सुर्खेतबाट सबै उडान रद्द भए । 

सुर्खेत बिमानस्थलबाट दैनिक आठदेखि १० वटासम्म उडान हुन्छन् । आइतबार दुई हजारदेखि तीन हजारसम्म भएको भिजिवलिटी सोमबार दुई हजारभन्दा कम भएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए । भिजिविलिटी घट्दै जाँदा सोमबारका उडान सबै रद्द भएका उनको भनाइ छ । ‘सोमबारको तुँवालोले आँखा पोलेको महसुस भयो,’ उनले भने, ‘यस्तो अवस्थामा उडान गर्न सकिएन ।’ सुर्खेतबाट दैनिक आठदेखि दशवटासम्म उडान हुन्छन् ।

लामो समयदेखि पानी नपर्दा पनि तुँवालो बढ्दै गएको मौसमविद् उड्डयन कार्यालय सुर्खेतका प्रमुख पन्थीले जनाए । ‘यो तुँवालो कि ठूलो हावा लाग्नु पर्छ,’ उनले भने, ‘कि भने पानी पर्नुपर्छ ।’ तराईसँगै अन्य ठूला जंगलमा जथाभावी डढेलो लाग्दा प्रदूषित तुँवालो बढ्दै गएको उनले बताए । ठूला उद्योग वातावरणमैत्री नहुँदा पनि प्रदूषित तुँवालो बढेको उनको भनाइ छ । यस्ता अवस्थामा अत्यावश्यक काम बाहिक अन्य काममा घरभन्दा बाहिर ननिस्कन मौसमविद्हरुको भनाइ छ ।

वायु प्रदूषण बढ्दा यसले स्वास्थ्यमा असर गर्ने उनीहरुको भनाइ छ । श्वासप्रश्वासमा समस्या पर्ने हुँदा माक्स अनिवार्य लगाउनु पर्ने चिकित्सक केएन पौडेलले जानकारी दिए । रुख बिरुवाको संरक्षण गर्ने र नयाँ बिरुवा लगाउने कार्यमा पनि ध्यान दिनुपर्ने उनले बताए । पुराना गाडी सञ्चालनमा पनि रोक लगाउनु पर्ने उनको भनाइ छ ।

लोकप्रिय
अर्को समाचार
बाक्लो तुँवालोले निसासियो पोखरा
२५ चैत्र २०८१
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाक्लो तुँवालोले निसासियो पोखरा

पोखराको सेदीमा दोर्जेज रिसोर्ट एण्ड स्पा संचालन गरिरहेका दोर्जे लामा यतिबेला निकै नै चिन्तित छन्। उनको चिन्ता रिसोर्टको व्यावसायमा भन्दा पनि पोखराको बिग्रँदो मौसमप्रति सबै क्षेत्र मौन बसेकोमा छ। पोखराको आकाश धुमिलिएको दुइसाता पुग्न लाग्दै गर्दा पछिल्लो आइतबारदेखि अझै बढी बिग्रिएको र त्यसले स्वास्थ्यदेखि नागरिकको दैनिकीमा असर परेको उनको गुनासो छ।  

स्वच्छ र सफा सहरको पहिचान बनाएको पोखराले पछिल्ला चारवर्षदेखि यो सिजनमा वर्षेनी यस्तै मार खेप्दै आएको छ। यसका कारण पोखरेलीले सास्ती खेपेको र त्यसको असर मानव स्वास्थ्यमा पर्दा पनि यो समस्या न्यूनिकरण गर्नमा सरोकारवालाले चाँसो नदेखाएको लामाको गुनासो छ।  

‘मुख्य पर्यटकीय सिजन चलिरहेको छ। यो बेला पर्यटक आउने समय हो। तर, पर्यटक आउने त परैको कुरा पोखराबासी नै असुरक्षित हुने अवस्था आयो,’ लामाले भने, ‘अहिले घरबाहिर निस्कन नसक्ने अवस्था छ। आँखा पिरो हुने, नाक पोल्ने, खोकी लाग्ने लगायतका स्वास्थ्य समस्या देखिन थालेका छन।’

लामाका अनुसार पर्यटन क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन। आएका पाहुना पनि घुमफिर र दृष्यावलोकन गर्न नपाउँदा छट्पटिमा छन। आउने र फर्किने तयारीमा रहेका पाहुना हवाई उडान रोकिँदा प्रभावित भएको उनले बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टादेखि बन्द छ। बाक्लो तुँवालोका कारण हवाई उडान प्रभावित भएकाले पर्यटकको आउजाउ नै बन्द भएको छ,’ उनले भने, ‘हामीले त सास्ती खेपेका छौ नै पर्यटकको यात्रा पनि प्रभावित भएको छ।’

पोखराको तुँवालो र मानवस्वास्थ्यमा पारेको असरलाई कम गर्नका लागि स्थानीय तह, प्रदेश र संघीय सरकार तथा व्यावसायी र नागरिक समाज मौन बसेको लामाको गुनासो छ।

‘प्रशासनले केही कडाई गर्ने हो भने जथाभावि डढेलो लाग्न पाउँदैनथ्यो। त्यसो हुँदा यो बेला तुँवालो कम हुन सक्थ्यो। तर, यो बारेमा कसैले चाँसो देखाएनन। पोखरा अस्तव्यस्त बनेको छ। सास फेर्न नसकिने अवस्था आउँदा पनि सबैक्षेत्र चुपचाप बसेका छन,’ उनले भने, ‘पोखरा निसासिएको छ। तर, यसबारेमा कसैलाई चाँसो छैन।’

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टादेखि बन्द छ। बाक्लो तुँवालो हट्न नसकेपछि आइतबार बेलुकी ५ बजेदेखि बन्द रहेको विमानस्थल खुल्न नसकेको हो। विमानस्थल बन्द हुँदा हवाई उडान रद्ध भएका छन्। विमानस्थल प्रवक्ता जशोदा सुवेदीले २४ घण्टादेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको बताईन। ‘विमानस्थल खुल्ने अवस्था नै छैन । भिजिविलिटी नै पर्याप्त छैन। उडान धमाधम रद्ध भएका छन,’ उनले भनिन, ‘मौसम सुधार हुने अवस्था नै देखिएको छैन । बरु, अझ बिग्रँदो छ।’

उनका अनुसार सामान्य अवस्थामा विमानस्थल बिहान ६ बजे नै संचालनमा आउने गर्छ। तर, पछिल्लो केहीदिनदेखि विमानस्थलको खुल्ने समय ढिला हुँदै गएको थियो। ‘आइबार बेलुकीदेखि त पुरै ठप्प भयो। भिजिविलिटीमा सुधार भएको खण्डमा मात्र उडान सुचारु हुने हो। तर, यात्रुले उडान कुर्न छाडिसकेका छन,’ उनले भनिन।  

विमानस्थल बन्द भएपछि अधिकांश हवाई उडान पनि रद्ध भएका छन्। बुद्ध एयरले पोखराबाट विभिन्न गन्तव्यका लागि तय गरेका १७ वटा उडान सोमबार बेलुकीसम्म रद्ध गरिसकेको छ। आइतबार पनि बुद्धका २ वटा उडान रद्ध भएका थिए। ‘हवाई उडान हुनै सक्ने अवस्था छैन। आइतबारदेखि बन्द रहेको विमानस्थल खुल्नै सकेको छैन,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल भन्छन, ‘भिजिविलिटी नै अपुग छ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित हुनका लागि कम्तिमा ३७ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर, भिजिविलिटी २ हजार मिटर हाराहारीमा रहेको छ।’

पोखरा खुल्दा देखिने हिमाली श्रृंखला लामो समयदेखि देखिएका छैनन। आसपासका डाँडाकाँडा समेत यो बेला देख्न सकिन्न। खरानीको धुलो र धुँवा बजारमा फैलिएपछि अत्यासलाग्दो अवस्था आएको पोखरेलीको गुनासो छ।

 ‘पोखराको तुँवालोबाट बच्नका लागि अब सहरै छाड्नुपर्ने अवस्था आउन थाल्यो। स्वच्छ सास फेर्न पनि नपाउने अवस्था सिर्जना भएको छ,’ मासबारका इन्द्रप्रसाद पौडेलले भने, ‘निसासिएजस्तै भएको छ । आँखा र नाक पोल्ने गर्दा अत्यासलाग्दो बनेको छ।’

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक जीवन रेग्मी नागरिकमा सचेतना अभावमा यो समस्या वर्षेनी थपिएको बताउँछन्। जलवायु परिवर्तनका विविध क्षेत्रमा अनुसन्धान गर्दै आएका रेग्मीका अनुसार नागरिकमा सचेतना अभावमा हरेक वर्ष नेपालले यस्तै समस्या खेप्दै आउन थालेको छ। ‘सबैभन्दा महत्वपूर्ण कुरा सचेतना जगाउनु हो। तर, अहिलेको बिग्रँदो मौसम गफ गर्ने विषय मात्र बनेको छ, यसका विरुद्ध सचेतना जगाउने कुरामा चाँसो कतै छैन,’ उनले भने, ‘घर वरिपरि केही परिवर्तन गर्न सकेको खण्डमा पनि थोरधेर फरक पार्छ। किनकी घरछेउमा कसैले डढेलो लगाउँदै गर्दा वा फोहर जलाउँदै गर्दा रोक्न सक्यो भने पनि प्रभाव कम हुन्छ।’

गाउँदेखि सहरसम्मको समस्याले गर्दा यस्तो अप्ठेरो निम्तेको उनले बताए। ‘सहरभित्रै बारी सफा गर्नका लागि फोहोर थुपारोर आगो बाल्ने चलन छ। त्यसैले अहिलेको समस्या तत्कालको असरले नभई लामो समयको बेवास्ताले हो,’ उनले भने। उनका अनुसार अहिले मानव स्वास्थ्यमा यो प्रदूषणले असर पार्न थालेको छ। स्वासप्रश्वासदेखि स्वास्थ्यमा गम्भिर समस्या पनि देखिने उनले बताए। ‘खुला ठाउँमा एक्लै हिड्दा पनि मास्क लगाउनुपर्ने अवस्था छ। यो सबै हेलचेक्रयाँइले निम्त्याएको परिणाम हो,’ रेग्मीले भने।  

उनका अनुसार डढेलोका कारण अहिलेको अवस्था आएको हो। ‘मुख्य रुपमा डढेलोको असर छ। देशभर डढेलो लागेको छ। सानोतिनो हावाले यो तुँवालो फाल्न सकेको छैन। पानी पर्न पनि सकेको छैन,’ रेग्मीले भने, ‘यसले भिजिविलिटी पुरै घटाउँछ। सबैभन्दा गम्भिर रुपमा त मानव स्वास्थ्यमा असर पर्छ।’ स्थानीय तहका टोलसम्म पुगेर बेलैमा सचेतनाका कार्यक्रम संचालन गरेको खण्डमा मात्र यो समस्या कम हुनसक्ने उनले बताए।  

‘टोलटोललाई बेलैमा परिचालन गर्नुपर्छ। आगो लाग्नुभन्दा अगाडि नै परिचालन गरेर जथाभावि लाग्ने डढोले रोक्न सक्यो भने कम हुन्छ,’ उनले भने। उनका अनुसार वर्षा नभएसम्म पोखराको यो तुँवालो तत्काल हट्ने अवस्था रहन्न। ‘समुदायले नै जथाभावि आगो लगाउँँदा यो अवस्था आएको हो। अहिले आफैलाई परेको समस्या स्थानीय प्रशासन, स्थानीय तह, प्रदेश र संघीय सरकार कसैले बुझन् चाहँदैन,’ उनले भने, ‘यो विषयमा चर्चा पनि कतै हुँदैन। बेलैमा वास्ता पनि कसैले गर्दैनन। खालि समस्या निम्त्यिो भनेर कुरा गर्ने मात्र हो।’  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस