कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
कँडेललाई एमालेसहित माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेताहरूको समर्थन रहेको छ।
कर्णाली प्रदेश सरकारमा ५ जना मन्त्रीले शपथग्रहण गरेका छन्। मंगलवार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा ५ जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।
माओवादीबाट ३ जना र एमालेबाट २ जना सांसदले शपथग्रहण गरेका छन्। एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मुख्यमन्त्रीबाट नाम सिफारिस भएका सांसद विनोद कुमार शाहले शपथग्रहण बहिष्कार गरेका छन्। उनीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा इच्छा राखेको एमाले निकट श्रोतले जनाएको छ।
मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएसँगै मन्त्रीमा नियुक्त भएकाहरूमा माआवोदीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग रावतले शपथ खाएका छन्।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गोमता विकले शपथ खाएका छन्। यसअघि माओवादीबाट विनाविभागिय मन्त्री शपथ खाएका रनसिंह परिवार जलश्रोत तथा ऊर्जा विकास मन्त्री भएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।