स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख
०८ फागुन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

भेरीगंगा नगरपालिकाले चार वडामा चार वटा नमुना गाउँ निर्माणका लागि वीरेन्द्रनगरको नमुना समाजसँग भदौ २३ गते सम्झौता गर्‍यो। कार्यक्रम अन्तर्गत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमुना समाजले दुई करोड १० लाख रुपैयाँ ब्यहोर्ने उल्लेख छ। भदौ २३ गते सम्झौता गरेर मंसिर २४ गते कार्यादेश दिएको नगरपालिकाले पुस २ गते पहिलो वर्षको ३० लाख रुपैयाँ एकमुष्ट नमुना समाजलाई उपलब्ध गराएको छ।  

तीन वर्षमा तीन करोड रुपैयाँ नमुना गाउँ निर्माणका लागि खर्चिने उल्लेख गरिएपनि नमुना समाजसँग कुनै आर्थिक स्रोत छैन। समाजका कार्यकारी निर्देशक लालबहादुर जिएम द एरिया फाउण्डेशनको सहयोगमा दुई करोड १० लाख रुपैयाँ नमुना समाज निर्माणका लागि खर्चिने बताउँछन्। ‘एसिया फाउण्डेशनको आर्थिक सहयोगमा साझेदारी कार्यक्रम अन्तर्गतको दुई करोड १० लाख रुपैयाँ नमुना गाउँ निर्माणमा खर्चिन्छौं,’ उनले भने, ‘कोरोनाका कारण रकम आउन केही ढिलो भएको हो।’ रकम दिने भनिएको दातृ निकायसँग छलफल भइरहेको उनी बताउँछन्।

नगरपालिकाले तीन वर्षमा ९० लाख र नमुना समाजले तीन वर्षमा दुई करोड १० लाख रुपैयाँ गरेर तीन करोडबाट नमुना गाउँ निर्माण गर्ने उल्लेख भएपनि संस्थासँग कुनै आर्थिक स्रोत छैन।  

तर नमुना समाजले नगरपालिकामा पुस एक गते पठाएको पत्रमा खातामा नगरपालिकाले दिएको ३० लाखसहित एक करोड रुपैयाँ मौज्दात रहेको उल्लेख छ। साझेदारी कार्यक्रम भएकाले नगरपालिकाले सम्झौता गरेको संस्थाको आर्थिक स्रोतको हिसाव–किताव माग्नुपर्ने हो।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत भने अरु पालिकामा पनि काम गरेका आधारमा दातृ निकायको स्रोतको विषयमा कुनै चासो नदिएको बताउँछन्। ‘हामीसँग खातामा पैसा छ भनेर संस्थाका अध्यक्ष र कार्यकारी निर्देशकले पत्र पठाएका छन्,’ बस्नेतले भने, ‘विश्वासका आधारमा अहिलेसम्म स्रोतको खोजी गरेका छैनौं।’ चालू आर्थिक वर्षमा खर्च गर्ने भनिएको एक करोड रुपैयाँबाट के–के काम भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको उनले बताए।  

‘साझेदारी कार्यक्रम अन्र्तगतको पहिलो वर्षको ३० लाख रुपैयाँ एकमुष्ट दिएका छौं, तर अहिलेसम्म त्यसको खर्च विवरण आएको छैन्,’ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने, ‘छनोट भएका वडाध्यक्षलाई यो विषयमा जानकारी होला।’  

सम्झौतामा नगरपालिकाले ३० र नमुना समाजले ७० प्रतिशत खर्च ब्यहोर्ने उल्लेख छ। नमुना गाउँ निर्माण अन्र्तगत पालिकाको बजेटमार्फत सिस्नो, टिमुर, लोकल कुखुरा, बाख्रापालन, भेटेनरी, हेयर कटिङ, दुना टपरी, छाला जुत्ता र व्यवसायिक तरकारी खेती तालिम दिनुका साथै होमस्टे निर्माण तथा व्यवस्थापनसहित १० वटा शिर्षकमा कार्यक्रम गर्ने भनिएको छ।  

यसका लागि नगरपालिकाले तीन वर्षसम्म हरेक वर्ष ३०–३० लाख रुपैयाँ अग्रिम नमुना समाजलाई दिने सम्झौतामा लेखिएको छ। नमुना समाजले दातृ निकायबाट प्राप्त भएको रकमबाट समूह गठन, क्षमता विकास तालिम, स्वास्थ्य शिविर, ल्याप्चे हटाऔं अभियान, छाउपडी गोठ हटाउने, शौचालय निर्माण, पत्रकार परिचालनलगायतका २५ वटा कार्यक्रम सञ्चालनका लागि ७० लाख रुपैयाँ वार्षिक खर्च गर्ने उल्लेख छ।

संस्थाका कार्यकारी निर्देशक जिएम कोरोनाका कारण दातृ निकायहरुबाट आउने रकममा ढिलाई भइरहेको दोहोर्‍याउँछन्। सुरुमा एसिया फाउण्डेशनमार्फत सहयोग भइरहेको बताएका उनले पछि युके भोलेन्टियर्स ग्रुपलगायतले पनि सहयोग गरिरहेको बताए। ‘हामीलाई तीन वटा दातृ निकायले सहयोग गरिरहेका छन्,’ उनले भने, ‘गोपनीयताका कारण सबै विवरण भन्न मिल्दैन।’  

नगरपालिकालाई बुझाएको पत्रमा संस्थाको खातामा दातृ निकायबाट उपलब्ध ७० लाख रुपैयाँ मौज्दात रहेको उल्लेख भएपनि कार्यकारी अधिकृत जिएमले दातृ निकायबाट कुनै किसिमको सहयोग अहिलेसम्म आइनसकेको बताए। ‘अहिले नगरपालिकाबाट प्राप्त रकमले केही कामहरु गरिरहेका छौं,’ उनले भने, ‘बाह्य सहयोगको खोजीमा छौं, कुरा भइराखेको छ, खातामा रकम आइपुगेको छैन।’

नमुना समाजले पुस एक गते नगरपालिकालाई पठाएको पत्र ।

लोकप्रिय
अर्को समाचार
स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख
२० फागुन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

भेरीगंगा नगरपालिकाले चार वडामा चार नमुना गाउँ निर्माणका लागि वीरेन्द्रनगरको नमुना समाजसँग भदौ २३ गते सम्झौता गर्‍यो। कार्यक्रमअन्र्तगत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमुना समाजले २ करोड १० लाख रूपैयाँ बेहोर्ने उल्लेख छ।

भदौ २३ गते सम्झौता गरेर मंसिर २४ गते कार्यादेश दिएको नगरपालिकाले पुस २ गते पहिलो वर्षको ३० लाख रूपैयाँ एकमुष्ट नमुना समाजलाई उपलब्ध गराएको छ। तीन वर्षमा ३ करोड रूपैयाँ नमुना गाउँ निर्माणका लागि खर्चिने उल्लेख गरिए पनि नमुना समाजसँग कुनै आर्थिक स्रोत छैन। समाजका कार्यकारी निर्देशक लालबहादुर जिएम द एरिया फाउन्डेसनको सहयोगमा २ करोड १० लाख रूपैयाँ नमुना समाज निर्माणका लागि खर्चिने बताउँछन्।

‘एसिया फाउन्डेसनको आर्थिक सहयोगमा साझेदारी कार्यक्रमअन्र्तगतको २ करोड १० लाख रूपैयाँ नमुना गाउँ निर्माणमा खर्चिन्छौं,’ उनले भने, ‘कोरोनाका कारण रकम आउन केही ढिलो भएको हो।’ रकम दिने भनिएको दातृ निकायसँग छलफल भइरहेको उनी बताउँछन्।

तर नमुना समाजले नगरपालिकामा पुस १ गते पठाएको पत्रमा खातामा नगरपालिकाले दिएको ३० लाखसहित १ करोड रूपैयाँ मौज्दात रहेको उल्लेख छ। साझेदारी कार्यक्रम भएकाले नगरपालिकाले सम्झौता गरेको संस्थाको आर्थिक स्रोतको हिसाबकिताब माग्नुपर्ने हो।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत भने अरू पालिकामा पनि काम गरेका आधारमा दातृ निकायको स्रोतको विषयमा कुनै चासो नदिएको बताउँछन्।‘हामीसँग खातामा पैसा छ भनेर संस्थाका अध्यक्ष र कार्यकारी निर्देशकले पत्र पठाएका छन्,’ बस्नेतले भने, ‘विश्वासका आधारमा अहिलेसम्म स्रोतको खोजी गरेका छैनौं।’ चालू आर्थिक वर्षमा खर्च गर्ने भनिएको १ करोड रूपैयाँबाट के–के काम भयो भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए।  

‘साझेदारी कार्यक्रम अन्र्तगतको पहिलो वर्षको ३० लाख रूपैयाँ एकमुष्ट दिएका छौं, तर अहिलेसम्म त्यसको खर्च विवरण आएको छैन्, प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने, छनोट भएका वडाध्यक्षलाई यो विषयमा जानकारी होला।’ सम्झौतामा नगरपालिकाले ३० र नमुना समाजले ७० प्रतिशत खर्च बेहोर्ने उल्लेख छ। नमुना गाउँ निर्माणअन्तर्गत पालिकाको बजेटमार्फत सिस्नो, टिमुर, लोकल कुखुरा, बाख्रापालन, भेटेनरी, हेयर कटिङ, दुनाटपरी, छाला जुत्ता र व्यावसायिक तरकारी खेती तालिम दिनुका साथै होमस्टे निर्माण तथा व्यवस्थापनसहित १० वटा शीर्षकमा कार्यक्रम गर्ने भनिएको छ।

यसका लागि नगरपालिकाले तीन वर्षसम्म हरेक वर्ष ३०–३० लाख रूपैयाँ अग्रिम नमुना समाजलाई दिने सम्झौतामा लेखिएको छ। नमुना समाजले दातृ निकायबाट प्राप्त भएको रकमबाट समूह गठन, क्षमता विकास तालिम, स्वास्थ्य शिविर, ल्याप्चे हटाऔं अभियान, छाउपडी गोठ हटाउने, शौचालय निर्माण, पत्रकार परिचालनलगायतका २५ वटा कार्यक्रम सञ्चालनका लागि ७० लाख रूपैयाँ वार्षिक खर्च गर्ने उल्लेख छ।

संस्थाका कार्यकारी निर्देशक जिएम कोरोनाका कारण दातृ निकायहरूबाट आउने रकममा ढिलाइ भइरहेको दोहो¥याउँछन्। सुरुमा एसिया फाउन्डेसनमार्फत सहयोग भइरहेको बताएका उनले पछि युके भोलेन्टियर्स ग्रुपलगायतले पनि सहयोग गरिरहेको बताए। ‘हामीलाई तीनवटा दातृ निकायले सहयोग गरिरहेका छन्,’ उनले भने, ‘गोपनीयताका कारण सबै विवरण भन्न मिल्दैन्।’

नगरपालिकालाई बुझाएको पत्रमा संस्थाको खातामा दातृ निकायबाट उपलब्ध ७० लाख रूपैयाँ मौज्दात रहेको उल्लेख भए पनि कार्यकारी अधिकृत जिएमले दातृ निकायबाट कुनै किसिमको सहयोग अहिलेसम्म आइनसकेको बताए। ‘अहिले नगरपालिकाबाट प्राप्त रकमले केही काम गरिरहेका छौं,’ उनले भने, ‘बाह्य सहयोगको खोजीमा छौं, कुरा भइराखेको छ, खातामा रकम आइपुगेको छैन।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस