संग्रह
स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख
नगरपालिकाले तीन वर्षमा ९० लाख र नमुना समाजले तीन वर्षमा दुई करोड १० लाख रुपैयाँ गरेर तीन करोडबाट नमुना गाउँ निर्माण गर्ने उल्लेख भएपनि संस्थासँग कुनै आर्थिक स्रोत छैन।
नमुना समाजको बेइमानीः पेस्की फर्छ्यौटका लागि नक्कली बिल र हस्ताक्षर
चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चारवटा टोललाई नमुना गाउँ निर्माणका लागि ६ करोड २९ लाखको सम्झौता गर्यो। सम्झौतामा गाउँपालिकाले १ करोड २९ लाख र नमुना समाजले ५ करोड रुपैयाँ खर्चिने उल्लेख छ। सम्झौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेस्की लग्यो। आव २०७६/७७ को अन्त्यतिर नमुना समाजले १ करोड रुपैयाँ बराबरको बिल भपाई गाउँपालिकामा पेस गर्यो।
नमुना समाजको बेइमानीः होटलको नाम र पान नम्बर चोरी
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले पाँच वटा टोललाई नमुना गाउँ निर्माण गर्नका लागि आर्थिक वर्ष २०७६/०७७ मा वीरेन्द्रनगरको नमुना समाजसँग ३ वर्षे कार्यक्रम सम्झौता गर्यो। ३ वर्षको अवधिमा नगरपालिकाले १ करोड ५० लाख र नमुना समाजले ५ करोड रूपैयाँ नमुना गाउँ निर्माणमा खर्चिने सम्झौतापत्रमा उल्लेख छ। सम्झौतासँगै पहिलो वर्षका लागि नगरपालिकाले २० लाख रूपैयाँ पेस्की उपलब्ध गरायो।