चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चारवटा टोललाई नमुना गाउँ निर्माणका लागि ६ करोड २९ लाखको सम्झौता गर्यो। सम्झौतामा गाउँपालिकाले १ करोड २९ लाख र नमुना समाजले ५ करोड रुपैयाँ खर्चिने उल्लेख छ। सम्झौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेस्की लग्यो। आव २०७६/७७ को अन्त्यतिर नमुना समाजले १ करोड रुपैयाँ बराबरको बिल भपाई गाउँपालिकामा पेस गर्यो।
‘संस्थाले उपलब्ध गराएका कागजातमा शंका लागेपछि सम्बन्धित वडामा बुझेका थियौं,’ प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद देवकोटाले भने, ‘कामै नगरेर नक्कली बिल र कागजात पेस गरेको पाइयो।’ वडाले पेस्की फर्छ्यौटका लागि पटक–पटक पत्र पठाएको छ। नमुना समाजका पदाधिकारी अहिले सम्पर्कमा छैनन्।
गाउँपालिकासँग भएको सम्झौतामा तीन वर्षको अवधिमा वडा नम्बर–१ को सुब्बा टोल, वडा नम्बर–२ को काँडापोखरी, वडा नम्बर–३ को काँडाघुवानी र वडा नम्बर–६ को पुडे टोललाई नमुना गाउँ बनाउने उल्लेख छ। यस अन्तर्गत टोलहरूमा सरसफाइ, नमुना बस्ती निर्माण, होम–स्टेलगायत कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
सम्झौताअनुसार काम गर्नुको सट्टा नमुना समाजले पेस्की फर्छ्यौटका लागि स्थानीयको किर्ते हस्ताक्षर र बिल बनाएर गाउँपालिकामा बुझाएको छ। स्थानीयका अनुसार चारमध्ये दुईवटा वडाका दुई टोलमा एक रुपैयाँ पनि नमुना समाजले खर्च गरेको छैन। तर, तालिम सञ्चालन गरेको, गाडी भाडा उपलब्ध गराएको, खाना–खाजालगायत बिल र भपाई पेस गरिएका छन्।
नमुना समाजले कार्यक्रम सञ्चालन गर्ने भनेका टोलमा टोल संयोजक तोकेको छ। वडा नम्वर–३ को काँडाघुवानी टोलका संयोजक जंगबहादुर घर्तीले नमुना समाजका नामबाट टोलमा एक रुपैयाँ पनि खर्च नभएको बताए। संस्थाले गाउँपालिकामा पेस्की फर्छ्यौटका लागि बुझाएको भर्पाइमा भने घर्तीको नाममा ५० हजार ४६० रुपैयाँ बुझेको उल्लेख छ। ‘नमुना समाजका नाममा अहिलेसम्म टोलमा कुनै कार्यक्रम भएका छैनन्,’ घर्तीले भने, ‘मेरो नाममा किर्ते हस्ताक्षर गरेको भरपाई गाउँपालिकामा पेस भएको पत्ता लाग्यो।’
उनले नमुना समाजबाट एउटा डायरी र रजिस्टरबाहेक केही पनि प्राप्त नभएको बताए। ‘तर, मेरै नामको चार–पाँच ठाउँमा किर्ते हस्ताक्षर गरेर गाउँपालिकामा बिल, भरपाई पेस भएको छ,’ उनले भने, ‘यो विषयमा पटक–पटक संस्थाका अध्यक्ष र कार्यकारी निर्देशकसँग बुझ्न खोज्दा उनीहरू सम्पर्कमा आएनन्।’
प्रमुख प्रशासकीय अधिकृत देवकोटाले पेस्की फर्छ्यौटका लागि ताकेता गरे पनि अहिलेसम्म संस्थाका कुनै पनि पदाधिकारी सम्पर्कमा नआएको बताए। ‘धेरै पटक पत्र पठायौं, अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन्, पेस्की पनि फर्छ्यौट भएको छैन,’ उनले भने, ‘अब कारबाही प्रक्रियामा जान्छौं।’ उनले संस्थाले ठगी गरेको पाइएकाले चालु आवका लागि बजेट नछुट्याइएको बताए।
नमुना समाजका कार्यक्रम संयोजक लालबहादुर जिएमले आफूहरूले पेस्की फर्छ्यौटका लागि गाउँपालिकामा बिल, भरपाई पेस गरेको बताए। ‘अघिल्लो आवको अन्त्यमै बिल र भरपाई पेस गरेका हौं,’ उनले भने, ‘त्यसपछि के भयो थाहा छैन।’
सुर्खेतको चिंगाड गाउँपालिकाले व्यक्तिको जमिनमा १८ लाख रुपैयाँ खर्चेर सभाहल निर्माण गरिरहेको छ। सार्वजनिक जमिनमा सरकारी संरचना बनाइनुपर्नेमा गाउँपालिकाले स्थानीय टेकबहादुर रानाको जमिनमा सभाहल निर्माण गरिरहेको छ।
सभाहल निर्माण भइरहेको जमिनसँगै गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीको भैसी फार्म छ। पूर्वाधार निर्देशनालय सुर्खेतका इन्जिनियर हरिहर दशौदीका अनुसार गाउँपालिकाले सुरुमा सार्वजनिक जमिन भनेकाले भवन निर्माण सुरु गरिएको थियो।
‘व्यक्तिको जमिन हो भन्ने थाहा भइदिएको भए काम हुन्थेन्,’ उनले भने, ‘भवन निर्माण सुरु भएपछि मात्रै यो विषय बाहिर आयो।’ इन्जिनियर दशौदीका अनुसार वडा, पालिका र सम्बन्धीत जग्गा धनीले सार्वजनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको सिफारिस लिएपछि अहिले ढलानको काम भइरहेको छ।
‘सार्वजनिक भवन सार्वजनिक स्थानमै निर्माण गर्नुपर्ने हो,’ उनले भने, ‘सुरुमा थाहा भएन, अहिले व्यक्तिले जग्गा दिन्छु भनेका छन्।’ संसद विकास कोषको बजेटमार्फत उक्त सभाहल निर्माण हुन लागेको हो। व्यक्तिको जमिनमा सार्वजनिक भवन बनाएर दुरुपयोग गर्न खोजिएको भन्दै स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्।
चिंगाडमा यसअघि कृषि कार्यालयमार्फत व्यक्तिको जमिनमा बनाइएको तरकारी संकलन केन्द्रको भवन दुई वर्षमै अर्कोलाई विक्री गरेको उदाहरण छ। ‘अहिलेको यो भवन पनि त्यसैगरी दुरुपयोग हुने देखिन्छ,’ एक स्थानीयले भने, ‘यस विषयमा छानवीनको माग गर्दै अख्तियारमा पनि उजुरी दिएका छौं।’
उजुरीमा व्यक्तिको जग्गामा सार्वजनिक संरचना बनाउन नपाइने, जसको नाममा जग्गा छ उक्त व्यक्तिले जग्गा पालिकाको नाममा नामसारी गरेपछि मात्रै सार्वजनिक भवन निर्माण गर्न मिल्नेमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मिलेमत्तोमा व्यक्तिको जमिनमा सार्वजनिक भवन निर्माण गर्न लागिएकाले छानवीन हुनुपर्ने उल्लेख छ।
गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले नामसारी नभएपनि व्यक्तिले दिन्छु भनेको जमिनमा सार्वजनिक संरचना बनीरहेको बताए। ‘चिंगाडमा ठूला कार्यक्रमहरु गर्नका लागि सभाहल भएनन्, समस्या भयो भनेर व्यक्तिले जमिन दिन्छु भन्नु भएको छ, सोही अनुसार हामीले सिफारिस गरेर पूर्वाधार विकास कार्यालयले सम्झौता गरेर काम अघि बढेको हो,’ उनले भने, ‘सभाहल बनाउने विषयलाई विवादमा ल्याइन खोजीयो।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।