पुरानै अवस्थामा फर्किँदै बाँके
०२ असोज २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
पुरानै अवस्थामा फर्किँदै बाँके
कोरोना भाइरसको जोखिम कम हुँदै गर्दा पुरानै अवस्थामा फर्किँदै गरेको नेपालगन्जस्थित सेतु विक चोक । तस्बिरः गणेश/नागरिक

कोभिड–१९ (कोरोना भाइरस) बाट थिलथिलो भएको बाँके पछिल्लो समय पुरानै अवस्थामा फर्किँदै गएको छ। कोरोना भाइरसको जोखिम कम हुँदा बेलाबेला लगाएको बन्दाबन्दी (लकडाउन) जिल्ला प्रशासन कार्यालय खुकुलो बनाएपछि बाँके पुरानो अवस्थामा फर्किन थालेको हो।

अहिले यहाँ कलकारखाना, उद्योग, व्यापार व्यवसाय, यातायातका साधनसँगै विद्यालयहरु पनि सञ्चालनमा छन्। लामो समयसम्म घरभित्रै रहेका सर्वसाधारण बाहिर निस्कन थालेका छन्। होटल तथा पसलहरु र चोकचोकमा सर्वसाधारणको भीडभाड देखिन्छ। कोरोना भाइरसको दोस्रो लहरमा बाँकेमा सतप्रतिशतसम्म कोरोना संक्रमण भेटिएको थियो। कोरोना भाइरसको उच्च जोखिममा परेको बाँकेमा एकै दिन पाँच हजार जनासम्म संक्रमित भेटिएका थिए। 

पहिलो र दोस्रो चरणका बेला सरकारले लगाएको लकडाउन र स्थानीय प्रशासनले निषेधाज्ञा लगाउँदा बन्द भएका सडक, पार्क सुनसान थिए। होटल व्यवसायसँगै अन्य क्षेत्र बन्द अवस्थामा थियो। अहिले जोखिम कम भएपछि अवस्था सामान्य बन्दै गएको छ। रोजगार गुमाएका पुनः रोजगारीमा फर्किएका छन्। यातायातमा चाप उस्तै बढेको छ भने बजारमा सर्वसाधारणको चहलपहल पनि पुरानै अवस्था झल्काउने खालको छ।

जिल्लामा कोरोना भाइरसको संक्रमण दर क्रमशः घट्दै गए पनि जोखिमको सम्भावना कायमै रहेकाले स्मार्ट लकडाउन गराएर लकडाउन खुकुलो पारिएको जनाएको छ। रोकथाम तथा नियन्त्रणलाई प्रधावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) एवम् जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा लकडाउन खुकुलो बनाएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।

लकडाउन खुकुलो बनेपछि शैक्षिक संस्था खुलेका छन्। धार्मिक चाडपर्व मनाउँदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरुपमा मनाउने विज्ञप्तिमा भनिएको छ। ‘कोरोना भाइरसको जोखिम कम हुँदा यहाँको अवस्था पुरानै स्थितिमा फर्किनै लाग्यो,’ नेपालगन्जका गीता सवैयाले भनिन्, ‘पुरानै अवस्थामा फर्किँदा खुसी लागेको छ। तर अझै पनि स्वास्थ्य मापदण्ड अपनाउन अपरिहार्य छ।’ 

करिब दुई वर्षसम्म थिलथिलो भएको बाँके पुरानै अवस्थामा फर्किँदा यहाँको आर्थिक स्थिति चलायमान भएसँगै विकासका गतिविधिले तीव्रता पाउने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले बताए। ‘कोरोना भाइरस जोखिमको बेला स्वास्थ्य सचेतनामूलक कार्यक्रम गरेका थियौं। जोखिम अझ बढ्ने भएकाले विकास निर्माणले गति लिन सकेको थिएन,’ उनी भन्छन्, ‘अवस्था सामान्य बन्दै गएपछि वडाको विकासले पनि तीव्रता लिएको छ।’

कोरोना भाइरसको जोखिम कम भएपछि अहिले व्यापार व्यवसाय पनि बढ्दै गएको यहाँका व्यापारीहरुको भनाइ छ। यातयातका साधनमा पनि यात्रुहरुको संख्या बढ्दो भएको यातायात व्यवसायीहरुले बताएका छन्।

बाँकेमा अहिले कोरोना भाइरसको जोखिम घट्दो भएको जिल्ला कोभिड–१९ फोकल पर्सन तेज ओलीले जानकारी दिए। ‘बाँकेमा सतप्रतिशतसम्ममा कोरोना भाइरस पुष्टि भएको थियो,’ उनले भने, ‘अहिले त ८/१० प्रतिशतसम्ममा कोरोना भाइरस संक्रमण देखिएको छ।’ यो भनेको बाँकेका लागि खुसी भए पनि शून्यमा झार्न अझै पनि स्वास्थ्य सतर्कता भने अपनाउनु पर्ने उनको भनाइ छ।  

पहिलो चरणमा चार हजार नौ सय ५८ जनामा कोरोना भाइरस संक्रमण हुँदा ५८ जना बाँके र ९२ जना जिल्ला बाहिरका संक्रमितको मृत्यु भएको थियो। त्यस्तै दोस्रो चरणमा १३ हजार एक सय ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। बाँकेका मात्र दुई सय ७३ जनाको मृत्यु भएको थियो। जिल्लामा ७९ जना सक्रिय संक्रमित भएको कोभिड–१९ फोकल पर्सन ओलीले जानकारी दिए। उनका अनुसार अस्पताल र आइसोलेसनमा १८ जनाले उपचार गराइरहेका छन् भने अन्य होमआइसोलेसनमा बसेका छन्।  

बदलिँदो बानी

कोरोना भाइरसको जोखिमका बेला मानिसले एकअर्कामा सामाजिक दूरी कायम गरे। मास्कको प्रयोग पनि गरे र अत्यावश्यक परेमा मात्र घरबाट बाहिर निस्किए। साथीसंगी हात मिलाउनुको साटो टाँढैबाट नमस्कार गर्ने बानी लगभग बसिसकेको थियो। तर अहिले कोरोना भाइरेको जोखिम कम भएपछि सर्वसाधारणहरु पुनः पहिलाकै बानी व्यहोरामा फर्किएका छन्। 

पहिला जस्तै साथीसंगी हुँदा दूरी कायम नगर्ने, मास्क प्रयोग नगर्ने, अंकमाल गर्ने, हात मिलाउने, पाटीलगायतका बढी भीडभाड हुने स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ जम्मा हुने पुरानै बानीमा फर्किन थालेका छन्। जोखिम कायमै रहेको यस्तो गर्दा जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ।

लोकप्रिय
अर्को समाचार
कोरोना भाइरसबाट आज एक जनाको निधन
२३ पौष २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना भाइरसबाट आज एक जनाको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो।  

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस