जिल्लाका अन्य स्थानीय तहहरुले आइसाेलेसन निर्माण गरेपनि घोराही उपमहानगरपालिकाले भने आइसाेलेसन निर्माण गरेन । कोरोना महामारीका बेला समेत स्थानीय सरकार सुतेको भन्दै उपमहानगरको तीव्र आलोचना भयो । घोराहीमा आइसाेलेसन अति आवश्यक महशुस स्थानीयले गरे । फलतः एक ब्यवसायीले आइसाेलेसन निर्माणका लाग आफ्नो घर निःशुल्क रुपमा प्रयोग गर्न दिएका छन् । घोराहीका भोजराज अधिकारीले तीनवटा हल कोठासहित २३ कोठाका दुईवटा भवन आइसाेलेसका रुपमा निःशुल्क प्रयोग गर्न दिएका हुन् ।
‘मान्छे उपचार नपाएर मर्नु पर्ने अवस्था आउन थाल्यो, यो बेला हामी सबैमा मानवता जाग्नु पर्छ,’ अधिकारीले भने ‘यो बेलामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउनका लागि घर उपलब्ध गराएको हुँ ।’ उनका अनुसार १३ कोठा रहेको एउटा भवन र १० कोठा रहेको अर्को भवन प्रयोग गर्न दिईएको हो ।
यि दुई भवनमा दुईवटा कार्यक्रम हलहरु समेत छन् । ६ कठ्ठा जग्गा समेत रहेको यि घरको कम्पाउण्डमा थप कोठा आवश्यक परे स्थायी संरचना समेत गर्न सकिने छ । ‘तीनवटा हलसहित २३ कोठा भएका दुईवटा भवनमा बिरामीहरु राख्न पुग्छ,’ अधिकारीले भने ‘तैपनि ठाउँ अभाव भयो भने अस्थायी संरचना निर्माण गर्न सकिने ठाउँ पनि प्रशस्तै छ ।’ अधिकारीले कोरोना संक्रमण नरोकिँदा सम्म ति दुई भवन आइसाेलेसनका रुपमा निःशुल्क प्रयोग गर्न दिने बताएका छन् ।
अधिकारीले निःशुल्क उपलब्ध गराएको घरमा आइसाेलेसन सञ्चालनका लागि काम भैरहेको छ । आइसाेलेसन सञ्चालनको नेतृत्व घोराही उपमहानगरपालिकाले गर्ने भएको छ । उपमहानगरले यो आइसाेलेसनमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्ने भएको छ ।
यसैगरि आइसाेलेसन सञ्चालनका लागि अन्य सामाजिक संघसंस्थाहरुले समेत सहयोग गर्ने भएका छन् । ‘घोराही उपमहानगरपालिकाले आइसाेलेसनको जिम्मा लिएको छ भने यसमा अन्य विभिन्न संघसंस्थाहरुको पनि सहयोग रहने छ,’घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले भने, ‘अधिकारी ज्यूले निःशुलक उपलब्ध गराएका दुईवटा भवनमा आइसाेलेसन सञ्चालनका लागि काम सुरु भैसकेको छ ।’ उनका अनुसार काठमााडौँबाट अक्सिजन ल्याउनका लागि पहल भैरहेको र अक्सिजन आपूर्ति हुनासाथ आइसाेलेसन सञ्चालन हुने वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।
घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यहीँ व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ।
यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन्। ‘उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्छिन्’,उनले भनिन्, ‘अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।’ बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उनले बताइन्।
‘पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ’, उनले भनिन्,‘अहिले घरको सबै काम सकेर श्रीमानले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ।’ उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै आएका छन्।
दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहेका छन्। चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उनको भनाइ छ। मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाइन्। उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सयमा बिक्री गरिएको छ।
यसैगरी,टपरी पाँचका दरले बिक्री हुने गर्दछ। दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ। उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउछन्। घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ।
मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन्। उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनले बताए। कतिपय घरमै पनि लिने आउने गर्दछन्। जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ।
प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ। विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ।
उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले जानकारी दिइन्। समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उनी बताउछिन्।
सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ। खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्छिन्।-रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।