भारतमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिइरहेका छन्। नेपाल भित्रिरहेकामध्ये कतिपयमा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ। दोस्रो लहरमा तीव्र रूपमा कोरोना संक्रमण फैलिइरहेका सहरशाट नेपाल भित्रिइरहेकाबाट सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको छ।
गत वर्ष भारतमा कोराना संक्रमण देखा पर्न थालेपछि त्रासले नेपालीहरू घर फर्कने लहर चलेको थियो। नेपालमा पनि कोरोनाको संक्रमण देखा परेपछि गत वर्ष चैत ११ गतेदेखि सरकारले लकडाउन गर्दै अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको थियो। भारतका विभिन्न सहरबाट घर फर्कन आएका नेपाली सीमानजिकका भारतीय बजारका क्वारेन्टिनमा करिब २ महिना बढीसम्म बसेका थिए। त्यसबेला भारतमा रहेका नेपालीलाई प्रवेश गर्न दिइएपछि नेपाल भित्रिनेको घुइँचो लाग्यो। मरे पनि आफ्नै भूमिमा मर्ने भनेर घर फर्केकाहरू स्वदेशमा रोजगार नपाउँदा र परिवारमा बालबच्चाको पेट पाल्नै समस्या भएपछि भदौदेखि पुनः भारततिरै लागेका थिए। अहिले भारतमा नयाँ प्रकारको कोरानाको भाइरसको संक्रमण देखा परेको र तीव्र रूपमा संक्रमण फैलिएपछि पुनः नेपाल फर्कन थालेका छन्।
सोमबार सुदूरपश्चिममा गौरिफन्टा र गड्डाचौकी नाकावाट १३ सय ३४ जना भारताबाट भित्रिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताएका छन्। पछिल्लो एक सातामा ७ हजार ५६ जना भारतवाट यि नाका हुदै सुदूरपश्चिम भित्रिएको उनले बताए। ‘भारतवाट सुदूरपश्चिम भित्रिनेको संख्या केही दिनयता बढ्दै गएको छ,’ उनले भने। सुदूरपश्चिममा नयाँ वर्षको अवसरमा मनाइने बिसु पर्वका लागि र भारतमा कोरानाको संक्रमण तीव्र रूपमा फैलिएको कारण समेत घर फर्कने बढेको उनी बताउँछन्।
तर स्वास्थ्य कार्यालय कैलालीले मंगलबारबाट आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ। भारतबाट आएका लक्षण देखिएका संक्रमितलाई उक्त आइसोलेसनमा राखिएको समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। धनगढी उप–महानगरपालिका–१५ कनरीमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरमा करिव ५० जना संक्रमित उक्त आइसोलेसनमा राखिएको उनले बताए। भारतबाट आएका ३ जना नेपालीमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पनि देखा परेको उनले बताए।
सुरतबाट आएका २ जना र पंजावबाट आएको १ जना नयाँ कोरोना भाइरसको संक्रमण देखा परेको उनले बताए। २० जनाको नमुना जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा जाँच गर्न पठाएकोमा ३ जनामा देखिएको उनले बताए। नयाँ प्रकारको कोरोना भाइरस जाँच गर्ने प्रयोगशाला सुदूरपश्चिममा नभएकाले काठमाडौं पठाइएको उनले बताए।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट आउनेहरूलाई भने महाकाली अस्पतालको आइसोलेशनमा राख्ने निर्णय गरिएका स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए। संक्रमण पुष्टि भएका तर सुरक्षित तरिकाले आफ्नो घर जान नसक्ने व्यक्तिलाई १० दिनसम्म आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ। भने होम आइसोलेसनमा बस्न चाहनेलाई सीमाबाट छुट्टै गाडीमा घर पठाइने गरिएको उनले बताए।
भारतबाट फर्कनेमा संक्रमण देखिँदै
भारतबाट घर फर्किरहेका नेपालीहरूमा ऐन्टिजेन परीक्षण गर्दा संक्रमित देखा पर्न थालेका छन्। आइतबार एकै दिन भारतका विभिन्न सहरबाट गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना संक्रमित देखा परेको छ। ८ सय ४५ जनाको ‘ऐन्टिजेन’ विधिबाट कोरोना परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो। ‘ऐन्टिजेन’ बिधीवाट जाँच गर्दा पछिल्लो डेढ सातामा भारतबाट घर फर्कने मध्य १ सय ३५ जनामा कोरानाको संक्रमण देखा परेको कार्कीले बताएका छन। भारतमा सवैभन्दा बढी कोरोनाको संक्रमण देखा परेको महाराष्ट्रवाट नै सुदूरपश्चिमका नाका हुदै भित्रिने बढिरहेका छन्।
‘हामी ५ जना मुम्बईवाट आएका हौं, कोराना तीव्र रूपमा फैलिएकाले घर फर्केका हौं,’ डोटीको राम बहादुर लुहारले भने। भारतमा कोरोनाको संक्रमण सुरु भएसँगै त्रासले फागुनको अन्तिम सातादेखि नेपालीहरू घर फर्कन थाले। फागनुको अन्तिम साता देखि सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेर प्रवेश निषेध गरेको चैत ११ गते सम्म भारतका विभिन्न ठाउँवाट मजदुरी गरि घर फर्कने लाम देखिन्थ्यो। पछि नाका प्रवेश खुला गरेपछि जेठ र असार महिनामा पनि घर फर्कनेको लर्को नै थियो।
आयस्रोत नभएको र आफुुसँग भएको जमिनको कमाइले ३,४ महिना पनि खान नपुग्ने भएकाले सुदूरपश्चिमका करिब ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। गत वर्षको फागुन महिनायता ३ लाख बढी नेपालीहरू घर फर्केका थिए। भदौ यता करिव डेढ लाख बढी भारत पुनः मजदुरी गर्न गएका थिए।
भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकामा सयौं नेपाल भित्रिने गरेका छन्।
भारतमा कोरोनाको संक्रमण फैलिएसँगै फागुनको अन्तिम सातादेखि भारतबाट फर्कनेको सिमामा भिड लाग्न थालेको हो । सरकारले लकडाउन सँगै चैत ११ गतेदखि सिमा बन्द गर्यो । सिमा बन्द हुदाँ पनि त्यस अवधीमा महाकाली नदी तरेर, जंगलको बाटो भएर सयौ जना नेपाली सुदूरपश्चिम प्रवेश गरे । लकडाउनले काम बन्द भएपछि वस्ने ठाउँ समेत नपाएर अलपत्र परेका पैदल हिडेरै सिमासम्म आईपुगेकाले भारततिर नै क्वारेन्टिन मा राखियो ।
कैलालीको सिमापारी भारतको पलिया, कंचनपुरको बनवासा, खटिमा र दार्चुलाको पारी धार्चुला र बैतडीको सिमा पारी देहरादुन लगायतका ठाउँमा ३ हजार बढी नेपाली करिव एक महिना सम्म क्वारेन्टिन मा वसे । उनीहरूलाई बैशाख माहिनाको अन्तिम तिर र जेठको पहिलो साता प्रवेश गराइयो । औपचारिक रुपमा निर्णय गरेर सिमा नाका खुला नगरेपनि जेठ ७ गते देखि सुदूरपश्चिमका दुई ठूला नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकि नाकाबाट प्रवेश खुला गरियो । प्रवेश नाका खुला सँगै यि दुई नाकामा दिनहुँ भारतबाट फर्कनेहरूको भिड लाग्यो । जेठ महिनामा मात्र १ लाख भन्दा बढी प्रवेश गरेका छन । त्यस यता पनि भारतबाट आउने क्रम रोकिएन ।
भारतबाट घर फर्कनेको संख्या पातलिदै गएकोमा पछिल्लो साता अझ सिमामा घर फर्कनेको भिड बढेको छ । एक सातामा मात्र कैलालीको त्रिनगर नाकाबाट मात्र ६ हजार बढी प्रवेश गरेको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताए । होटल,उद्योग,व्यवसाय, कम्पनी लगायतका काम गर्ने बन्द भएपछि त्याहाँ काम गर्नेहरू यस अघि नै घर फर्केका हुन ।
लिम्पियाधुरा सहितको भुभाग समेटेको नक्सा पास गरेपछिका दिनमा नेपाल र भारत बिचको सम्वन्धमा चिसो बढ्दै अहिले त्याहाँ रहेका अन्य नेपाली पनि फर्कने क्रम बढेको हो । ‘सिमानाको विवाद बढ्दै गएकोले हामी प्रति व्यवहार पनि फरक गर्न थाले, त्यसैले हामीहरू घर आयौ’भारतबाट फर्केका डोटीका आदर्श गाउँपालिका वडा नम्वर ६ का तेजराज ओझाले भने । पहिले काम गरेको सेलरी नियमित दिन्थे, अहिले सेलरी पनि नियािमत दिन छोडेको र व्यवहार पनि नराम्रो गर्न थालेको उनले बताए ।
पछिल्लो दिनमा अपमानित किसिमको व्यवहार गर्न थालेको भारतबाट घर फर्केका बताउँछन्। अस्पतालमा समेत नेपालीहरूलाई उपचारमा अलग व्यवहार गर्ने गरेकोले पनि उनीहरू घर आएको बताउँछन्। रुघाखोकी अथवा कुनै समस्या भएर अस्पतालमा जाँदा पनि अस्पतालले गर्ने व्यवहारले पनि समस्या हुने गरेको उनीहरू बताउछन ।
याहाँ नेपालीलाई गर्ने व्यवहार पनि अपमानजनक हुने गरेको उनीहरू बताउँछन्। ‘कोरोनाको त्रास त छदै थियो, भारतमा नेपालीहरूलाई हेप्ने, अलग व्यवहार गर्न शुरु गरेकाले हामीलाई उता वस्ने मन लागेन’उनले भने,‘अझै धेरैजना घर आउने तयारीमा छन ।’
डोटी आदर्श गाउँपालिका वडा नं ६ मा मात्र दुई दिनमा दुई सय भन्दा बढी जना आफ्नो वडाको भारतबाट फर्केको वडा अध्यक्ष लालबहादुर खडायतले बताएका छन्। ‘सिमानाको विवाद बढ्दै गएपछि त्याहाँ समस्या हुने देखेर भारतमा बाँकी रहेका नेपालीहरू पनि घर फर्कन थालेका छन्,’उनले भने । कोरोनाको संक्रमण फैलिएपछि भारतबाट करिब ३ लाख जना सुदूरपश्चिममा फर्किसकेका छन्। भारतबाट अझै कती नेपाली घर फर्कने हुन भन्ने एकिन छैन्।
सुदूरपश्चिमका भारतमा रोजगारीका शिलशिलामा कती जना गएका छन भन्ने एकिन तथ्यांक छैन । सुदरपश्चिमाबाट देशभरीमै सवैभन्दा बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। भारतको मुम्मई, दिल्ली, उत्तरप्रदेश, उत्तराखण्ड, पंजाव लगायतका सबै ठाउँमा नेपालीहरू मजदुरी गर्न जाने गरेका छन्। बुबा बाजेकै पालादेखि रोजगारीका लागी सुदूरपश्चिमका युवाहरूको गन्तव्य भारतिय ठाउँ(कालापाहाड, मुग्लान)हरू नै हुन्।
एक अध्ययनका अनुसार सुदूरपश्चिमका ८० प्रतिशत घरधुरीको परिवारको एक जना भारत गएका छन । यसरी हेर्दा करिब ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेको पाईन्छ । सुदूरपश्चिममा उब्जनीले वर्षभरी खान नपुग्ने र अन्य आयश्रोतको उपाय नभएकाले परिवार पाल्नकै लागी भारतका बिभिन्न शहरमा सस्तोमा श्रम बेच्ने गरेका छन्।
कतिपय खेतीपाती लगाई सकेपछि ५, ६ महिनाका लागी मात्र भारत जाने भएकाले र फागुन देखि यता ३ लाख घर फर्किसकेकाले अव करिब २ देखि अढाई लाख भारतमा हुन सक्ने नागरिक समाजका अगुवा धर्मराज पाठक बताउँछन्। भारतबाट फर्केकाहरूलाई स्थानीय तहले सिमाबाट गाडिको व्यवस्था गरेर गाउँमा लगेर क्वारेन्टिन मा राखेको छ ।
गाउँ नजिकै क्वारेन्टिन मा राखेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुृसार सुदूरपश्चिममा ६ हजार ८ सय ३ जना क्वारेन्टिन मा रहेका छन । भारतबाट फर्कने क्रम नरोकिएकाले सुदूरपश्चिममा कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेको छ । सुदूरपश्चिममा संक्रमण फेला परेको मध्य अधिकाशं भारतबाट फर्केकोहरू नै छन ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।