गाउँका सिंहदरबारका नाममा कहलिएका स्थानीय सरकारहरुले ‘आफन्तावाद’ मा लिप्त भएका गुनासा झेल्नु परिरहेको छ । बिकासे योजना होस् या त कर्मचारी नियुक्तीको विषयमा होस् आफ्ना आफन्त वा निकटस्थलाई प्राथमिकता दिने गरेका उदाहरण दाङका स्थानीय तहहरुमा पनि ब्याप्तै छन् । यति सम्मकी घोराही उपमहानगरपालिकाका एक हाकिम बाबुले आँफ्नै छोरीलाई कर्मचारी नियुक्ती गरेका छन् । घोराही उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख बासुदेव आचार्यले आफ्नै छोरी दिपा आचार्यको अन्तर्वार्ता लिएर पास गराएका छन् ।
उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीको लगत संकलन तथा लगत प्रविष्टकथर्ताका लागि करार कर्मचारीको आवेदन माग गर्यो । उपमहानगरको उक्त आवेदन माग अनुसार उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुखकी छोरी दिपा आचार्यले पनि आवेदन दिईन् । उक्त कर्मचारी छनौट प्रकृयामा दीपाका बाबु बासुदेव आँफै बसे । उनले छोरीको अन्तर्वार्ता लिए अनि करार कर्मचारीमा नियुक्त गरिदिए ।
‘मेरो छोरी सक्षम भएर उ आँफै पास भएको हो,’ उनले भने ‘छोरीले म भएको कार्यालयमा जागिर खानै नपाउने भन्ने पनि हुन्छ र ?’ उनका अनुसार करारमा कर्मचारी नियुक्तीका लागि उपमहानगरले बनाएको कार्यविधिको मापदण्ड अनुसारनै आफ्नी छोरी कर्मचारी नियुक्त भएको बताए । उपमहानगरले करार कर्मचारी नियुक्तीका लागि सर्टिफिकेट, बसोबास स्थल लगाएतलाई आधार बनाएर अंक प्रदान गर्ने गर्दछ । अनि प्रतिस्पर्धीहरुको अन्तर्वार्ता लिएर कर्मचारी नियुक्त गरिन्छ ।
उपमहानगरपालिकाको प्रशासन प्रमुख बासुदेव भने आँफै कर्मचारी छनौट गर्न अन्तर्वार्ता लिन बसेका थिए । कर्मचारी चयन प्रकृयामा प्रतिस्पर्धीका आफ्ना आफन्तहरु बस्नु गलत मानिन्छ । ‘आफ्नै छोरीको अन्तरवार्ता लिएर पास गराउनु त सरासर गलते हो,’ उपमहानगरका एक वडा अध्यक्षले भने ‘आफ्नो छोरीको अन्तर्वार्ता लिएर छोरीलाई कर्मचारी चयन गरेपछि बाबुको अन्तर्वार्ता प्रकृयालाई कति निश्पक्ष मान्ने ?’ आफ्नी छोरीको अन्तर्वार्ता लिएका बासुदेवले आफ्नी छोरी लगाएत ३ जनालाई भूमिहीन सुकुम्बासीहरुको लगत प्रविष्टकर्ता पदमा नियुक्त गरेका छन् ।
बासुदेवले आफ्नी छोरी कर्मचारी नियुक्त भएको स्वीकार गरेपनि उपमहानगरपालिकाका मेयरले भने कर्मचारी नियुक्त भएकी दिपा बासुदेवको छोरी नभएको दाबी गरे । ‘उहाँका छोरी नै छैनन्,उहाँको छोरी कसरी नियुक्त हुनुभयो ?’ उनले भने ‘कसैले आँफू कर्मचारी नियुक्त हुन नपाउनुको आक्रोश पोखेको होला ।’ आफ्ना प्रतिष्पर्धीलाई आफनैले अन्तर्वार्ता लिनु जायज नभएको भन्दै मेयर चौधरीले प्रशासन शाखा प्रमुखले त्यस्तो गल्ती नगर्ने भन्दै उनको बचाउ गरे । उनले कुनै पनि छोरीलाई कुनैपनि बाबुले पास नगराएको दाबी गर्दै कर्मचारी चयनमा निश्पक्षता भएको दाबी समेत गरे ।
घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यहीँ व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ।
यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन्। ‘उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्छिन्’,उनले भनिन्, ‘अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।’ बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उनले बताइन्।
‘पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ’, उनले भनिन्,‘अहिले घरको सबै काम सकेर श्रीमानले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ।’ उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै आएका छन्।
दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहेका छन्। चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उनको भनाइ छ। मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाइन्। उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सयमा बिक्री गरिएको छ।
यसैगरी,टपरी पाँचका दरले बिक्री हुने गर्दछ। दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ। उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउछन्। घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ।
मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन्। उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनले बताए। कतिपय घरमै पनि लिने आउने गर्दछन्। जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ।
प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ। विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ।
उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले जानकारी दिइन्। समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उनी बताउछिन्।
सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ। खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्छिन्।-रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।