जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुले कोरोना भाईरसको संक्रमण जोखिम हुन नदिन अनुगमन कार्य तिब्र पारेको छ । एकपछि अर्को संक्रमित जिल्लामा बढ्दै गएपछि दुईसातायता निशेधाज्ञा जारी गरेको प्रशासनले संक्रमण बढ्न नदिन अनुगमन कार्यलाई तिब्रता दिएको हो ।
लकडाउन र निशेधाज्ञाका बेलासमेत खाद्यान्न पसल र उद्योग कलकाराखानमा जमघट र भिडभाड हुने गरेको पाइएपछि संक्रमण बढ्ने खतराबाट बँच्न र बँचाउन गठित जिल्लास्तरीय अनुगमन समितिलाई परिचालनमा जोड दिइएको हो । खाद्यान्न किनमेल तथा अत्यावश्यक कामको बहानामा आउजाउ र सवारीसाधन तथा कृषि र विकास निर्माणका काममा मजदुरको आउजाउ तथा बाक्लो सवारी साधन सञ्चानलमा लापरवाही देखिएकाले अनुगमनलाई तिव्रता दिनु परेको डिसिसिएमसीले जनाएको छ ।
अनुगमन संयोजक सहायक प्रमुख जिल्ला अधिकारी शसीकुमार लम्सालका अनुसार दैनिक उपभोग्य सामग्रीको खरिद विक्री तथा कृषि र मजदुरीको नाममा कतिपयले निषेधाज्ञासमेत उल्लंघन गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जारी गरेको मापदण्ड अनुसार गरेको नपाइएपछि त्यसको नियमन गर्न गतसाता बसेको डिसिसिएमसीको बैठकले जिल्लाभित्र स्वास्थ्य सुरक्षा अपनाउन मापदण्ड बनाएर कडाईसाथ लागू गर्न अनुगमन समिति गठन गरेको थियो । सो समितिले अनुगमन कार्यलाई तिव्रता दिएको संयोजक लम्सालले बताए ।
प्रशासनले निषेधाज्ञा अवधिमा पनि विहान ९ः०० देखि १२ः०० वजेसम्म खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद विक्रीका लागि ३ घण्टा बजार खुल्ला गर्ने गरेका छ । त्यसबाहेक समयमा पनि सर्वसाधारण र व्यापारीले निशेधाज्ञा अवज्ञा गरेको पाइएपछि अनुगमन गरी त्यस्तालाई सचेत गराउदै अटेर गर्नेमाथि कारवाही थालिएको उनले बताए । निशेधाज्ञा अवज्ञा गर्नेलाई एकपटकका लागि सचेत गराएर छाड्ने र गल्ती दोहो¥याए ‘संक्रामक रोग ऐन २०२०’ अनुसार कारबाही गर्ने उनले बताए ।
अनुमगन टोलीले सदरमुकाम गाईघाटलगायत चौदण्डीगढी र बेलका नगरपालिकामा मात्र नभएर निशेधाज्ञा जारी नभएका रौतामाई ७ को मुर्कुची बजार र उदयपुरगढी ६ को नेपालटारको समेत अनुगमन गरेको छ । निशेधाज्ञा जारी भएकामा भन्दा नभएकोमा बढी लापरबाही हुने हुँदा संक्रमणको खतरा बढी हुने भएकाले टोली त्यसतर्फ पनि सचेत भएको लम्सालले बताए । अनुगमनको क्रममा मास्क, सेनिटाईजर प्रयोग गर्न र पसलवाहिर हातधुने सावुन र पानी अनिवार्य राख्न व्यापारीलाई निर्देशन दिइएको छ । त्यस्तै पसलमा व्यापारी र ग्राहकले अनिवार्य तोकिएको सामाजिक दुरी कायम गर्न पनि टोलीले आग्रह गरेको छ ।
खाद्यान्न, उपभोग्य सामान तथा औद्योगिक बस्तुहरू र विकास निर्माणमा प्रयोग हुने सामानको ढुवानी गर्दा त्यस्ता सवारी साधनका चालक र सहचालकहरूलाई सवारी साधनबाट वाहिर ननिस्कन, सामान लोड अनलोड गर्दा छुट्टै मजदुर प्रयोग गर्र्न, सामान अनलोड गरेपछि अनिवार्य गाडी र मजदुरलाई सेनिटाईज गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गरिएको छ । कोभिड–१९ बाट बँच्न सरकारी तथा सम्बन्धित निकायमार्फत निरन्तर सन्देस प्रवाह भईरहे पनि कतिपयले अटेर गर्ने गरेको पाइएपछि अनुगमन कडा गर्नुपरेको हो ।
गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा एकै गाउँका ६२ जनालाई कोरोना संक्रमण भएको छ। शुक्रबार ३३ जना र गतबुधबार २९ जनालाई संक्रमण भएको हो। यी सबै एकै गाउँका तीन वर्षदेखि ६७ वर्ष उमेरका रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए।
गाउँपालिकाको स्वास्थ्य शाखाले बुधबार स्वाब संकलन गरेको एक सय ७५ मध्ये ३२ जना, गोरखा नगरपालिकाबाट स्वाब दिएका सोही ठाउँका एक गरी ३३ जनाको शुक्रबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। यस्तै, २९ जनालाई गत मंगलबार संक्रमण पुष्टि भएको छ।
मंगलबार र शुक्रबार गरी संक्रमित हुनेको संख्या एकै गाउँमा ६२ पुगेको हो। यस्तै गोरखा नगरपालिका वडा नम्बर ८ का नौ र आरुघाट गाउँपालिका ७ का एक जना गरी शुक्रबार गोरखामा ४३ जना संक्रमित थपिएका छन्। यो सँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय चार पुगेको छ। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन्।
संक्रमण बढेसँगै भिमसेन थापा गाउँपालिका ७ मा आउजाउ प्रतिबन्ध गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए। स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन, चेतनामुलक कार्यक्रम, मास्क वितरण गरिएको उनले बताए।
संक्रमितको संख्या बढेसँगै गोरखा भित्रने मुख्य नाका गोरखा नगरपालिकाको मझुवा देउराली, आरुघाट, पालुङटारको हवाई ग्राउण्डमा हेल्थडेस्क स्थापना गरिएको छ। जिल्ला भित्रनेहरुको चेकजाँच र यात्रा बिवरणबारे जानकारी लिन हेल्थडेस्क राखिएको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।