प्रदेश नं. ५ मा कोरोनाको तथ्यांक अपडेट गर्ने बरिष्ठ स्वास्थ्य प्रशासकलाई नै कोरोना संक्रमण भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर प्रसाद चौधरीलाई कारोना पोजेटिभ देखिएको हो ।
डा चौधरी प्रदेश नं. ५ को कोरोना फोकल पर्सन हुन । मन्त्रालयको तर्फबाट डा चौधरीले नै हरेक दिन साँझ ५ बजे प्रदेशमा कोरोना संक्रमितको संख्या, अवस्था र प्रदेश सरकारको तयारीका सम्बन्धमा मिडिया ब्रिफिङ गर्दै आएका थिए । डा चौधरीले आफनो स्वाब परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको नागरिकलाई बताए । आफनो स्वास्थ्य अवस्था सामान्य रहेको र २ हप्ता होम आइसोलेसनमा बस्ने उनले बताए ।
स्वास्थ्य महाशाखा प्रमुखलाई नै कोरानो संक्रमण देखिएपछि सामाजिक विकास मन्त्रालयका ४९ जना कर्मचारीको शुक्रबार स्वब टेष्टकालागि पठाइएको मन्त्रालयले जनाएको छ । सामजिक विकास मन्त्री सुदर्शन बरालको भने स्वाब परीक्षण गरीएकोमा रिपोर्ट नेगेटिभ आइसकेको छ । अन्यको रिपोर्ट भोली आउने मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयमा सर्बसाधरणलाई आवत जावतमा रोक लगाइएको छ ।
आज ५६ जना संक्रमित थपिए
प्रदेश नं. ५ मा शुक्रबार ५६ जना संक्रमित थपिएका छन । कपिलबस्तुमा ७जना सुरक्षाकर्मी सहित २६ जना संक्रमित थपिएका छन । बैंक तथा बित्तिय संस्थाका कर्मचारी,विद्यार्थी,स्वास्थ्यकर्मी,बस व्यवसायी,गैर सरकारी संस्थामा कार्यरत र गृहणीलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ । रुपन्देहीमा आज १५ जना संक्रमित थपिएका छन । संक्रमण देखिनेमा बुटवल र भैरहवाका धेरै छन । बैंकका कर्मचारी, बुटवल उपमहानगरपालिकाका कर्मचारी,एसबि आई बैकका कर्मचारी सहित ट्राभल हिष्ट्रि नभएका सर्बसाधारणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कर्मचारीलाई कोरोना पुष्टि भएपछि एसबिआइ बैंक भैरहवा शाखाको सेवा बन्द गरीएको छ । शुक्रबार बाँकेमा ११ जना बर्दियामा १३ जना संक्रमित थपिएका छन । दाङ र गुल्मीमा एक÷एक जना थपिएका छन ।
यो प्रदेशमा शुक्रबार सम्म कुल संक्रमितको संख्या ४ हजार ९ सय ३१ छ । ती मध्ये ६ सय ७७ जना अहिले पनि बिभिन्न कोरोना अस्तपाल तथा आइसोलेसन सेन्टरहरूमा उपचारत छन । ४ हजार २७९ जना उपचार पछि निको भएर घर फर्कीएका छन । अहिले यो प्रदेशका बिभिन्न जिल्लामा २ हजार ११५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य निर्देशनालाईले जनाएको छ ।
पश्चिम नवलपरासीमा निषेधाज्ञा, सिद्धार्थनगरमा लकडाउन
समुदायमा संक्रमण बढ्दै गएपछि प्रदेशका बिभिन्न जिल्ला र स्थानीय तहरूमा धमाधम लकडाउन गरीएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले शनिबार राती १२ बजेदेखि भदौ ५ गते सम्म नगरक्षेत्रमा पुर्णलकडाउन गर्ने भएको छ । आज (शुक्रबार) बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको मेयर हरिप्रसाद अधिकारीले बताए ।
खाद्यान्न, तरकारी,फलफुल,दुधजन्य पदार्थको बिक्रिकालागि बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७बजे सम्मको समय तोकीएको छ । हाट बजारहरू बन्द हुने छन ।सिद्धार्थ राजमार्ग हँुदै चल्ने सवारीलाई नगरक्षेत्र भित्र रोक्न तथा यात्रु चढाउन र ओराल्न ओराल्न पाइने छैन । खाद्य पदार्थका गाडीलाई सामान लोड अनलोडकालागि बेलुका ७ देखि ११ बजे सम्मको समय तोकीएको छ । भैरहवा क्षेत्रबाट बुटवल लगायत तराइ तथा पहाडका थुप्रै जिल्लामा खाद्यान्न सप्लाई हुने भएकाले यस्तो व्यवस्था गरीएको नगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगर पालिकाले यसअघि नै बिहिबार रातीदेखि भदौ ५ सम्मलाई लकडाउन गरीसकेको छ । देवदह नगरपालिकामा पनि यस अघि नै लकडाउन गरीसकेको छ ।
पश्चिम नवलपरासीमा शनिबार राती देखि लागु हुनेगरी प्रशासनले निषेधाज्ञा जारी गरेको छ । समुदायमा संक्रमण फैलीने क्रम बढ्दा पनि बिभिन्न क्षेत्रमा भिडभाड र असावधानी बढेको भन्दै स्थानीय प्रशासनले ३१ गते राती १२ बजेदेखि भदौ ५ गते सम्मकालािग निषेधाज्ञा लगाउने निर्णय गरेको हो । नवलपरासी जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले सो अवधी भर भेला,गोष्ठि,सेमिनार,सामुहिक जमघट गर्न नपाइने भनेको छ । सरकारी कार्यालय,बैंक बित्तिय संस्था र विद्युत बाहेकका अन्य सेवा बन्द गर्ने जनाएको छ । विशेष गरी तिज वा चार्डपर्व घरमै मनाउन आग्रह गरीएको छ । कपिलबस्तु, बाँके र बर्दियामा यसअघि नै निषेधाज्ञा र लकडाउन गरीएको छ ।
बुटवलमा कारोनाको रिपोर्ट आधा घण्टामै आउने दृत सेवा सुरु
लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा कोभिड १९ को दृत परीक्षण सेवा सुरु भएको छ । आधा घण्टामै स्वाबको रिपोर्ट दिन सक्ने क्षमताको नयाँ मेसिन जडान गरी कोभिड १९ को दृत परीक्षण सेवा सुरु गरीएको अस्पालका मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनालले बताए । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी एक्सपर्ट एक्सप्रेस सार्स कोभ–टु परीक्षण सेवा सुरु गरीएको अस्पतालका मेसु डा. खानालले जानकारी दिए ।
दृत सेवाको शुक्रबार प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको स्वाब टेष्ट गरी उदघाटन गरीयो । मन्त्री बरालले पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा उपचारमा समस्या भइरहेका बेला यो मेसीनले रिपोर्ट छिटो दिने भएकाले कोरोना उपचार सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
यो मेसीनले कोभिड १९ को संकास्पद व्यक्तिको स्वाब परीक्षण गर्दा ३० देखि ४५ मिनेट भित्रै रिपोर्ट दिने अस्पतालका मेसु डा. खनालले बताए । यो सेवा विशेष गरी जटिल र आकस्मिक रुपमा जाँच गर्नु पर्ने बिरामीकालागि निशुल्क टेष्ट गरीने अस्पतालले जनाएको छ ।
गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा एकै गाउँका ६२ जनालाई कोरोना संक्रमण भएको छ। शुक्रबार ३३ जना र गतबुधबार २९ जनालाई संक्रमण भएको हो। यी सबै एकै गाउँका तीन वर्षदेखि ६७ वर्ष उमेरका रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए।
गाउँपालिकाको स्वास्थ्य शाखाले बुधबार स्वाब संकलन गरेको एक सय ७५ मध्ये ३२ जना, गोरखा नगरपालिकाबाट स्वाब दिएका सोही ठाउँका एक गरी ३३ जनाको शुक्रबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। यस्तै, २९ जनालाई गत मंगलबार संक्रमण पुष्टि भएको छ।
मंगलबार र शुक्रबार गरी संक्रमित हुनेको संख्या एकै गाउँमा ६२ पुगेको हो। यस्तै गोरखा नगरपालिका वडा नम्बर ८ का नौ र आरुघाट गाउँपालिका ७ का एक जना गरी शुक्रबार गोरखामा ४३ जना संक्रमित थपिएका छन्। यो सँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय चार पुगेको छ। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन्।
संक्रमण बढेसँगै भिमसेन थापा गाउँपालिका ७ मा आउजाउ प्रतिबन्ध गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए। स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन, चेतनामुलक कार्यक्रम, मास्क वितरण गरिएको उनले बताए।
संक्रमितको संख्या बढेसँगै गोरखा भित्रने मुख्य नाका गोरखा नगरपालिकाको मझुवा देउराली, आरुघाट, पालुङटारको हवाई ग्राउण्डमा हेल्थडेस्क स्थापना गरिएको छ। जिल्ला भित्रनेहरुको चेकजाँच र यात्रा बिवरणबारे जानकारी लिन हेल्थडेस्क राखिएको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।