'हचुवाकै भरमा हटाइयो लकडाउन'
०७ साउन २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
'हचुवाकै भरमा हटाइयो लकडाउन'

सरकारले मंगलबार राति एक्कासी लकडाउन खोलेको कदमलाई विज्ञहरुले हचुवाको भरमा खोलेको प्रतिक्रिया दिएका छन् । स्वयं स्वास्थ्य मन्त्रालयले उच्च जोखिमकै बीचमा लडकडाउन खोलिएको बुधबारको नियमित बैठकमा संकेत गरेको छ ।  

नियमित प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने,‘ जोखिम अझै धेरै छ, विश्वका धेरै देशहरुले यस्तै अवस्थामा त्रुटि गर्नाले धेरै जनधनको क्षति बेहोर्नु परेको हामीले देखेका, पढेका र सुनेका छौं, हाम्रो व्यवहार समुचित हुन सकेन भने खुल्ला स्थितिले हामी कहाँ जोखिम निम्ताउन सक्छ ।’

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.बासुदेव पाण्डेले सरकारको उच्च तहले लकडाउन खोलेको यसमा महाशाखाको सुझाव नभएको बताए । मन्त्रालयकै एक अधिकारीले लकडाउन खोल्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल नभएको जानकारी दिए । ‘यो मन्त्रिस्तरीय निर्णय हो, तर भारतमा कोरोना संक्रमणमा बृद्धि भइरहेको बेला हामी उच्च जोखिममा र्छाैं’ महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बुधबार नागरिकसित भने ।

लामो समयको लकडाउनको कारण जनजीविकामा परेको असरलाई सामान्य गर्न लकडाउन खोलेको प्रमुख डा.पाण्डेले बताए । यो अवधिमा कोभिड १९ बाट बच्ने उपाय लकडाउनकै जस्तो पालना गरिदिएमा ठूलो विपत्तिबाट बचिने डा.पाण्डेको सुझाव छ । ‘लकडाउन खुलिसक्यो अबको जिम्मेवारी भनेको हरेक व्यक्ति आफैको हो, जनस्वास्थ्य नियम पालना गर्नु पर्‍यो’ उनले भने ।

लकडाउनको मोडेल मात्र परिवर्तन गरेको कोभिड १९ संकट व्यवस्थापन शाखाका प्रमुख महेन्द्र श्रेष्ठले औंल्याए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर तथा अनुगमन शाखाका प्रमुख डा. विकास देवकोटाले सरकारले खोलेको लकडाउनलाई पुरानै अवस्थामा फर्केको भनेर नबुझ्न आग्रह गरे । ‘मैले केही ठाउँमा नजिकै जमघट भएर मास्क खुल्ला गरेर गफ गरेको देखें,यस्ते हो भने महामारीको रुप लिन सक्छ’ उनले भने । अबका दिनहरुमा भौतिक दुरी कामय गर्न, मास्क लगाउन र भीडमा नबस्ने बानीकै अभ्यासमै रहन आग्रह गरे ।

साथै यो अवधिमा समुदायमा छिटो कोरोना पत्ता लगाउने र अन्यत्र फैलिन नदिने अस्पताल केन्द्रित काम हुनु पर्ने सुझाए । यो अवधिमा गृहमन्त्रालयका निकाय र स्थानीय निकायको भूमिका नियम पालना गर्नमा र कोभिड १९ मैत्री पहुँच विस्तारमा केन्द्रित हुुनु पर्ने बताए ।

राष्ट्रिय इपिडिमालोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले सरकारले व्यवसायीहरुको दवावमा हचुवाकै भरमा लकडाउन खोलेको बताए । यो अवधिमा व्यवसायीले राष्ट्र बैंकले समेत व्याज छुट दिएर आम्दानी गरे पनि थप कमाइको लागि सरकारलाई दवाव दिएको आरोप लगाए । सरकारमा भएको ध्रुवीकरणको असर पनि लकडाउन खोल्ने निर्णयमा पुगेको उनले बताए । ‘केपी सरकार अल्पमत परेको कारण व्यवसायीको दवावमै यो निर्णय भएको देखिन्छ, तर जुन निर्णय भयो, हचुवाको भरमा भयो’ उनले भने । 

लकडाउन खुल्नु अघि हुनु पर्ने तयारी अपुग रहेको उनले औल्याए । ह्याम्स अस्पतालका भाइरोलोजिष्ट डा. अनुप सुवेदीले विना गृहकार्य खुकुलो लकडाउनमै सबैजसो व्यवसाय खुलेको बेला संक्रमितको छिटो पहिचान गर्ने, छिटो कन्ट्रयाक्ट टे«सिङको तयारी पुरा नगरी लकडाउन खोलेको आलोचना गरे । ‘युरोपमा जर्मनीले छिटो पहिचान र कन्ट्रयाक्ट टे«सिङको तयारी पुरा गरेर मात्र लकडाउन खोलेर सफल भए’ उनले भने । ‘यो तयारी बिना लकडाउन खोल्दा पछुताउनु पर्ने हुन सक्छ’ डा.सुवेदीले भने ।

राष्ट्रिय इपिडिमोलोली तथा रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक डा. बाबुराम मरासिनीले भारतमा संक्रमण बढेर लकडाउन भएको बेला त्यसको असर नेपालका ठूला सहरमा पर्न सक्ने भएकोले जोखिम कायमै रहेको अवस्थामा सरकारी तहबाट ठूलो तयारी आवश्यक रहेको बताए । लकडाउन हटाउने क्रममै पालना गर्नुपर्ने अनिवार्य नियम बाध्यकारी बनाएर मात्र खुकुलो पार्नु पर्ने बताए । रेष्टुराँमा जाँदा भौतिक दुरीको व्यवस्था व्यवसायीले गर्नुपर्ने, स्थानीय निकाय, सेवा प्रदायक तथा व्यवसायीले अनिवार्य रुपमा सेनिटाइजर, सावुन पानीको व्यवस्था गर्नुपर्ने, काठमाडौकै जत्तिकै द्रुत गतिमा उपत्यका बाहिरका दुरदराजमा परीक्षणको पहुँच हुनु पर्ने मरासिनीको सुझाव छ ।

लोकप्रिय
अर्को समाचार
किन लगाउने कोरोनाविरुद्धको अतिरिक्त बुस्टर डोज?
०६ वैशाख २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
किन लगाउने कोरोनाविरुद्धको अतिरिक्त बुस्टर डोज?

पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गइरहेको छ। संक्रमणदर बढेसंगै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ। मंगलबार मात्र कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी बिरामी हुने जोखिम कम गर्न, कोभिड–१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्ने बताउँछन्।

कोरोनाविरुद्धको खोप लगाउने कुरा समुदायमा संक्रमण कतिको फैलिएको छ, समुदायमा प्रतिरोधात्मक क्षमता कमजोर भएर मानिसहरु अस्पताल भर्ना हुने दर बढ्दै जादा बूस्टर डोज लगाउनुपर्ने अधिकारीले बताए।  

सामान्य अवस्थामा कोरोनाविरुद्धको खोप ३ वटा डोज मात्र लगाए पुग्ने उनको भनाइ छ। कोरोनाको अलि बढी जोखिममा भएका फ्रन्टलाइनरहरु, स्वास्थ्यकर्मी, ५५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिएको उनले बताए।

तर नेपालमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन नजाने र संक्रमण बढेपछि खोप लगाउन जाने परिपाटीले खोपको व्यवस्थापन गर्न गाह्रो भएको अधिकारी बताउँछन्।

उनी भन्छन्,‘हाम्रोमा कोरोना संक्रमण कम हुँदा खोप लगाउन कोही जानु हुँदैन्। संक्रमण बढेपछि खोप लगाउन जाने संख्या पनि बढ्छ। त्यसैले खोप व्यवस्थापन गर्नै गाह्रो भइरहेको छ। खोपले हामीलाई थप सुरक्षित गर्न र जटिल अवस्था भएर अस्पताल भर्ना हुन नपरोस भनी खोप लगाउने हो।’

अहिलेसम्म आएका कोरोनाको भेरियन्टहरुका लागि यस अघि लगाएको ३ डोज खोपले पुग्ने उनको बुझाइ छ। अहिले दिइरहेको अतिरिक्त डोज भने बढी जोखिम  भएकालाई दिइरहेको अधिकारीले बताए।  

सरकारले पछिल्लो समय बुस्टर डोजमा फाइजर खोप लगाइरहेको छ। कोरोनाविरुद्धको अन्य खोप लगाएकाहरुले बुस्टर डोजमा फाइजर खोप लगाउन मिल्ने डा.अधिकारीले बताए।  

नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको खोपहरुमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर लगाइएको छ। उनले यी खोपहरु लगाएकाहरुलाई पनि बुस्टर डोजमा फाइजर लगाउन मिल्ने बताए।

‘पछिल्लो समय हामीले लगाएको कोरोना विरुद्धको बुस्टर डोज खोप ओमिक्रोन भेरिएन्टलाई लक्षित गरेर लगाइएको हो। नभए पहिलाको नै २ डोज खोपले पुग्ने थियो। अहिले अतिरिक्त डोज दिनै पर्ने व्यक्तिहरुलाई दिएका हौं’, अधिकारीले भने।

पछिल्लो समय सरकारले कोरोनाविरुद्धको खोप स्थानीय तहरुको माग अनुसार पठाइरहेको छ भने स्थानीय तहहरुको व्यवस्थापनमा खोप लगाइरहेको छ।  

काठमाडौं उपत्यकामा भने यस अघि खोप लागाइएका ठूला अस्पताल र काठमाडौं महानगरका केही वडाहरुको स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन पाइन्छ। खोप लगाउन जाँदा यस अघि खोप लगाएको कार्ड लिएर जार्नुपर्ने छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस