भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकामा सयौं नेपाल भित्रिने गरेका छन्।
भारतमा कोरोनाको संक्रमण फैलिएसँगै फागुनको अन्तिम सातादेखि भारतबाट फर्कनेको सिमामा भिड लाग्न थालेको हो । सरकारले लकडाउन सँगै चैत ११ गतेदखि सिमा बन्द गर्यो । सिमा बन्द हुदाँ पनि त्यस अवधीमा महाकाली नदी तरेर, जंगलको बाटो भएर सयौ जना नेपाली सुदूरपश्चिम प्रवेश गरे । लकडाउनले काम बन्द भएपछि वस्ने ठाउँ समेत नपाएर अलपत्र परेका पैदल हिडेरै सिमासम्म आईपुगेकाले भारततिर नै क्वारेन्टिन मा राखियो ।
कैलालीको सिमापारी भारतको पलिया, कंचनपुरको बनवासा, खटिमा र दार्चुलाको पारी धार्चुला र बैतडीको सिमा पारी देहरादुन लगायतका ठाउँमा ३ हजार बढी नेपाली करिव एक महिना सम्म क्वारेन्टिन मा वसे । उनीहरूलाई बैशाख माहिनाको अन्तिम तिर र जेठको पहिलो साता प्रवेश गराइयो । औपचारिक रुपमा निर्णय गरेर सिमा नाका खुला नगरेपनि जेठ ७ गते देखि सुदूरपश्चिमका दुई ठूला नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकि नाकाबाट प्रवेश खुला गरियो । प्रवेश नाका खुला सँगै यि दुई नाकामा दिनहुँ भारतबाट फर्कनेहरूको भिड लाग्यो । जेठ महिनामा मात्र १ लाख भन्दा बढी प्रवेश गरेका छन । त्यस यता पनि भारतबाट आउने क्रम रोकिएन ।
भारतबाट घर फर्कनेको संख्या पातलिदै गएकोमा पछिल्लो साता अझ सिमामा घर फर्कनेको भिड बढेको छ । एक सातामा मात्र कैलालीको त्रिनगर नाकाबाट मात्र ६ हजार बढी प्रवेश गरेको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताए । होटल,उद्योग,व्यवसाय, कम्पनी लगायतका काम गर्ने बन्द भएपछि त्याहाँ काम गर्नेहरू यस अघि नै घर फर्केका हुन ।
लिम्पियाधुरा सहितको भुभाग समेटेको नक्सा पास गरेपछिका दिनमा नेपाल र भारत बिचको सम्वन्धमा चिसो बढ्दै अहिले त्याहाँ रहेका अन्य नेपाली पनि फर्कने क्रम बढेको हो । ‘सिमानाको विवाद बढ्दै गएकोले हामी प्रति व्यवहार पनि फरक गर्न थाले, त्यसैले हामीहरू घर आयौ’भारतबाट फर्केका डोटीका आदर्श गाउँपालिका वडा नम्वर ६ का तेजराज ओझाले भने । पहिले काम गरेको सेलरी नियमित दिन्थे, अहिले सेलरी पनि नियािमत दिन छोडेको र व्यवहार पनि नराम्रो गर्न थालेको उनले बताए ।
पछिल्लो दिनमा अपमानित किसिमको व्यवहार गर्न थालेको भारतबाट घर फर्केका बताउँछन्। अस्पतालमा समेत नेपालीहरूलाई उपचारमा अलग व्यवहार गर्ने गरेकोले पनि उनीहरू घर आएको बताउँछन्। रुघाखोकी अथवा कुनै समस्या भएर अस्पतालमा जाँदा पनि अस्पतालले गर्ने व्यवहारले पनि समस्या हुने गरेको उनीहरू बताउछन ।
याहाँ नेपालीलाई गर्ने व्यवहार पनि अपमानजनक हुने गरेको उनीहरू बताउँछन्। ‘कोरोनाको त्रास त छदै थियो, भारतमा नेपालीहरूलाई हेप्ने, अलग व्यवहार गर्न शुरु गरेकाले हामीलाई उता वस्ने मन लागेन’उनले भने,‘अझै धेरैजना घर आउने तयारीमा छन ।’
डोटी आदर्श गाउँपालिका वडा नं ६ मा मात्र दुई दिनमा दुई सय भन्दा बढी जना आफ्नो वडाको भारतबाट फर्केको वडा अध्यक्ष लालबहादुर खडायतले बताएका छन्। ‘सिमानाको विवाद बढ्दै गएपछि त्याहाँ समस्या हुने देखेर भारतमा बाँकी रहेका नेपालीहरू पनि घर फर्कन थालेका छन्,’उनले भने । कोरोनाको संक्रमण फैलिएपछि भारतबाट करिब ३ लाख जना सुदूरपश्चिममा फर्किसकेका छन्। भारतबाट अझै कती नेपाली घर फर्कने हुन भन्ने एकिन छैन्।
सुदूरपश्चिमका भारतमा रोजगारीका शिलशिलामा कती जना गएका छन भन्ने एकिन तथ्यांक छैन । सुदरपश्चिमाबाट देशभरीमै सवैभन्दा बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। भारतको मुम्मई, दिल्ली, उत्तरप्रदेश, उत्तराखण्ड, पंजाव लगायतका सबै ठाउँमा नेपालीहरू मजदुरी गर्न जाने गरेका छन्। बुबा बाजेकै पालादेखि रोजगारीका लागी सुदूरपश्चिमका युवाहरूको गन्तव्य भारतिय ठाउँ(कालापाहाड, मुग्लान)हरू नै हुन्।
एक अध्ययनका अनुसार सुदूरपश्चिमका ८० प्रतिशत घरधुरीको परिवारको एक जना भारत गएका छन । यसरी हेर्दा करिब ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेको पाईन्छ । सुदूरपश्चिममा उब्जनीले वर्षभरी खान नपुग्ने र अन्य आयश्रोतको उपाय नभएकाले परिवार पाल्नकै लागी भारतका बिभिन्न शहरमा सस्तोमा श्रम बेच्ने गरेका छन्।
कतिपय खेतीपाती लगाई सकेपछि ५, ६ महिनाका लागी मात्र भारत जाने भएकाले र फागुन देखि यता ३ लाख घर फर्किसकेकाले अव करिब २ देखि अढाई लाख भारतमा हुन सक्ने नागरिक समाजका अगुवा धर्मराज पाठक बताउँछन्। भारतबाट फर्केकाहरूलाई स्थानीय तहले सिमाबाट गाडिको व्यवस्था गरेर गाउँमा लगेर क्वारेन्टिन मा राखेको छ ।
गाउँ नजिकै क्वारेन्टिन मा राखेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुृसार सुदूरपश्चिममा ६ हजार ८ सय ३ जना क्वारेन्टिन मा रहेका छन । भारतबाट फर्कने क्रम नरोकिएकाले सुदूरपश्चिममा कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेको छ । सुदूरपश्चिममा संक्रमण फेला परेको मध्य अधिकाशं भारतबाट फर्केकोहरू नै छन ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ।
कपिलववस्तु, रुपन्देही, पश्चिम नवलपरसी, तथा भारतको सिद्धार्थनगर महराजगंज जिल्लाको सुरक्षा अधिकारीको रुपन्देहीको छपियामा भएको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो।
सो अवधीमा २४ घन्टा अघि आवतजावत समेत पुर्णरुपमा बन्द गरिने छ। ४८ घन्टा अघि भने अत्यावश्कीय सेवा बाहेक अन्यलाई आउजाउ गर्न बन्देज लगाइएको छ। निर्वाचनलाई लक्षित गरी बैठकले दुई देशबीच एकीकृत सुरक्षा योजना समेत निर्माण गरेको कपिलवस्तुका प्रजिअ धर्मेन्द्रकुमार मिश्राले बताए।
निर्वाचनतलाई लक्षित गरी सिमा नाकामा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती समेत हुने छन्। बैठकमा नेपालका ३ जिल्ला र भारतका २ जिल्लाका सुरक्षा अधिकारीहरुबीच मंसिर ४ गते हुने निर्वाचन लक्षित सुरक्षा बारे छलफल गरी योजना समेत निर्माण गरिएको उनले बताए।
‘निर्वाचनलाई मध्यनजर गर्दै दुई देशको सुरक्षा अधिकारीले सिमा नाकालाई व्यवस्थित र मर्यादीत बनाउने निर्णय गरेका छौ, प्रजिअ मिश्राले भने ‘त्यसका लागि दुबै देशका सुरक्षा अधिकारीले अपसी सहयोग र सुचना आदान प्रदान गर्न समेत समहत भएको हौ’। बैठक निर्वाचन केन्द्रित रहेको भन्दै उनले निर्वाचनलाई सुरक्षित, मर्यादीत, निष्पक्ष, भयरहीत बनाउने बिषयमा गहल छलफल भएको थियो। नाकाहरुमा संयुक्त सुरक्षा प्वाईन्ट, निर्वाचनका क्रममा भारतबाट निर्वाचन सामाग्री निर्माण गरेर ल्याउने माथी निग्रानी बढाउने निर्णय भएको छ।
यस्तै सीमा नाकामा मदीराजन्य पदार्थ समेत बिक्री वितरणमा रोक लगाइने छ। भारतीय सीमा नाका बजारमा नेपालीहरु लागु औषध सेवन गर्न जाने भएकाले त्यसमा समेत भारतीय सुरक्षाकर्मीले अब निग्रानी बढाउने प्रजिअ मिश्राले बताए। सिमा नाकामा सुरक्षा चेक प्वाईन्ट राख्ने, तत्कालै सुचना आदान प्रदान गर्ने, लागु औाषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार अवैध हातहतियार, अवैध मुद्राको कारोवार, सिमा क्षेत्रमा सचेननामुलक कार्यक्रम गर्ने तथा सिमामा निग्रानी बढाउने गरी निर्णय गरिएका छन्।
उता आचारसंहीता पालना गराउनका लागि भारत तर्फ रहेको फ्ल्याक्स मेशीन र प्रेसमा आचारसंहीता विपरित छपाइको काम गर्न नदिन भारतीय सुरक्षा अधिकारीले प्रतिवद्धता जनाएका छन। सो अवसरमा भारतको सिद्धार्थ नगरका डिएम संजीव रंजनले नेपालमा मंसिर ४ गते हुने निर्वाचनलाई सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।
उता प्रजिअ मिश्रा र भारतको सिद्धार्थ नगरका डिएम संजीव रंजन बीच सीमा स्तम्भलाई मर्मत र व्यवस्थि गर्ने बिषयमा समेत सहमति भएको छ। सिमा नाकामा ढेलेका, जीर्ण बनेका, नदीमा डुेबेका स्तम्भहरुलाई मर्मत गर्ने सहमती भएको प्रजिअ मिश्राले बताए। सन २००६ मा नेपाल र भारतका संयुक्त प्राविधिक सीमा समितिको दुई पक्षीय सहमती भएको थियो। सो सहमतीमा बिजोर अंको पिलर नेपाल र जोर अंकको पिलर भारतले मर्मत गर्ने सहमित भएको थियो।
बैठकमा कपिलवस्तुका प्रजिअ मिश्रा, रुपन्देहीका प्रअिज भरतमणी पौडेल, पश्चिम नवलपरासीका प्रजिअ श्रवणकुमार पोख्रेल, नेपालका ३ जिल्लाका सुरक्षा अधिकारी, भारतको महाराजगंजका डिएम सत्येन्द्र कुमार, सिद्धार्थनगरका डिएम संजीव रंजन लगायतको सहभागीता रहेको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।