सर्लाही प्रहरीले बुझायो भन्सार छलीका हजारौँका सामान
१४ कार्तिक २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सर्लाही प्रहरीले बुझायो भन्सार छलीका हजारौँका सामान

भारतसित सीमा नाका जोडिएको सर्लाहीमा विभिन्न नाकाहरुबाट व्यापक तस्करी फस्टाएको गुनासोका बीच सर्लाही प्रहरीले हजारौँको सामान बरामद गरेको छ। बरामद सामानलाई सर्लाही प्रहरीले भन्सारमा बुझाएको छ।  

भारतबाट अवैध रुपमा नेपालमा ल्याइएको विभिन्न किसिमको पटाका सर्लाही प्रहरीले बरामद गरेको छ। भन्सार छलेर ल्याइएको करिब ५२ हजार बराबरको पटाका सर्लाही प्रहरीले बरामद गरेको हो।  

सर्लाहीको प्रहरी चौकी फुलजोरले ईश्वरपुर नगरपालिका १२ बाँके चौकबाट करिब ५० हजार रुपैया मूल्य बराबरको १४ वटा मसला पिस्ने मिक्सचर मेसिन बरामद गरेको छ। भन्सार छली ल्याएको मिक्सचरलाई प्रहरीले भन्सारमा नै बुझाएको छ।

यसैगरी मोहनपुर प्रहरी चौकीले करिब ६५ हजार बराबरको विभिन्न सामान बरामद गरी भन्सार चलान गरेको छ। भारतबाट अवैध रुपमा सर्लाही ल्याइएका ५० किलो लसुन, ४० किलो पास्ता, १२ प्याकेट राज निवास, सुखा नरिवलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार चलान गरेको हो।

यसैगरी सर्लाही प्रहरीले अवैध घरेलु मदिरा भट्टी पनि नष्ट गरेको छ। सदरमुकाम मलंगवा नगरपालिका ५ भाडसर गाउँमा संचालनमा रहेको लोकल मदिरा भट्टीलाई जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा खटेको प्रहरी टोलीले नष्ट गरेको हो।

प्रहरीले तयारी अवस्थामा रहेको करिब साढे चार हजार लिटर मदिरा र करिब दुई हजार लिटर कच्चा पदार्थ पनि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ प्रहरी प्रमुख आएपछि तस्करी नियन्त्रणमा केही सक्रियता देखिएको छ।

लोकप्रिय
अर्को समाचार
निर्वाचन अघि नेपाल भारत सीमानाका ७२ घन्टा बन्द हुने
२० कार्तिक २०७९
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
निर्वाचन अघि नेपाल भारत सीमानाका ७२ घन्टा बन्द हुने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ।

कपिलववस्तु, रुपन्देही, पश्चिम नवलपरसी, तथा भारतको सिद्धार्थनगर महराजगंज जिल्लाको सुरक्षा अधिकारीको रुपन्देहीको छपियामा भएको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो।  

सो अवधीमा २४ घन्टा अघि आवतजावत समेत पुर्णरुपमा बन्द गरिने छ। ४८ घन्टा अघि भने अत्यावश्कीय सेवा बाहेक अन्यलाई आउजाउ गर्न बन्देज लगाइएको छ। निर्वाचनलाई लक्षित गरी बैठकले दुई देशबीच एकीकृत सुरक्षा योजना समेत निर्माण गरेको कपिलवस्तुका प्रजिअ धर्मेन्द्रकुमार मिश्राले बताए।  

निर्वाचनतलाई लक्षित गरी सिमा नाकामा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती समेत हुने छन्। बैठकमा नेपालका ३ जिल्ला र भारतका २ जिल्लाका सुरक्षा अधिकारीहरुबीच मंसिर ४ गते हुने निर्वाचन लक्षित सुरक्षा बारे छलफल गरी योजना समेत निर्माण गरिएको उनले बताए।  

‘निर्वाचनलाई मध्यनजर गर्दै दुई देशको सुरक्षा अधिकारीले सिमा नाकालाई व्यवस्थित र मर्यादीत बनाउने निर्णय गरेका छौ, प्रजिअ मिश्राले भने ‘त्यसका लागि दुबै देशका सुरक्षा अधिकारीले अपसी सहयोग र सुचना आदान प्रदान गर्न समेत समहत भएको हौ’। बैठक निर्वाचन केन्द्रित रहेको भन्दै उनले निर्वाचनलाई सुरक्षित, मर्यादीत, निष्पक्ष, भयरहीत बनाउने बिषयमा गहल छलफल भएको थियो। नाकाहरुमा संयुक्त सुरक्षा प्वाईन्ट, निर्वाचनका क्रममा भारतबाट निर्वाचन सामाग्री निर्माण गरेर ल्याउने माथी निग्रानी बढाउने निर्णय भएको छ।  

यस्तै सीमा नाकामा मदीराजन्य पदार्थ समेत बिक्री वितरणमा रोक लगाइने छ। भारतीय सीमा नाका बजारमा नेपालीहरु लागु औषध सेवन गर्न जाने भएकाले त्यसमा समेत भारतीय सुरक्षाकर्मीले अब निग्रानी बढाउने प्रजिअ मिश्राले बताए। सिमा नाकामा सुरक्षा चेक प्वाईन्ट राख्ने, तत्कालै सुचना आदान प्रदान गर्ने, लागु औाषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार अवैध हातहतियार, अवैध मुद्राको कारोवार, सिमा क्षेत्रमा सचेननामुलक कार्यक्रम गर्ने तथा सिमामा निग्रानी बढाउने गरी निर्णय गरिएका छन्।  

उता आचारसंहीता पालना गराउनका लागि भारत तर्फ रहेको फ्ल्याक्स मेशीन र प्रेसमा आचारसंहीता विपरित छपाइको काम गर्न नदिन भारतीय सुरक्षा अधिकारीले प्रतिवद्धता जनाएका छन। सो अवसरमा भारतको सिद्धार्थ नगरका डिएम संजीव रंजनले नेपालमा मंसिर ४ गते हुने निर्वाचनलाई सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।  

उता प्रजिअ मिश्रा र भारतको सिद्धार्थ नगरका डिएम संजीव रंजन बीच सीमा स्तम्भलाई मर्मत र व्यवस्थि गर्ने बिषयमा समेत सहमति भएको छ। सिमा नाकामा ढेलेका, जीर्ण बनेका, नदीमा डुेबेका स्तम्भहरुलाई मर्मत गर्ने सहमती भएको प्रजिअ मिश्राले बताए। सन २००६ मा नेपाल र भारतका संयुक्त प्राविधिक सीमा समितिको दुई पक्षीय सहमती भएको थियो। सो सहमतीमा बिजोर अंको पिलर नेपाल र जोर अंकको पिलर भारतले मर्मत गर्ने सहमित भएको थियो।  

बैठकमा कपिलवस्तुका प्रजिअ मिश्रा, रुपन्देहीका प्रअिज भरतमणी पौडेल, पश्चिम नवलपरासीका प्रजिअ श्रवणकुमार पोख्रेल, नेपालका ३ जिल्लाका सुरक्षा अधिकारी, भारतको महाराजगंजका डिएम सत्येन्द्र कुमार, सिद्धार्थनगरका डिएम संजीव रंजन लगायतको सहभागीता रहेको थियो।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस