लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन सांसद राईको माग
१५ असार २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन सांसद राईको माग
प्रदेशसभा सांसद उषाकला राई । तस्बिर : नागरिक

प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु रक्सीलाई ‘व्यान्ड (प्रतिवन्ध) होईन ब्राण्ड’ बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । विनियोजन विधेयकमाथिको छलफलकाक्रममा सोमबार आफ्नो धारणा राख्दै सांसद राईले कोदोको लोकल रक्सीलाई वैध बनाएर विदेशी र आयतित मदिरालाई विस्थापित गर्नुपर्नेमा जोड दिएकी हुन् । कोदोबाट उत्पादन हुने लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने भन्दै सांसद राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी छन् ।  

लोकल रक्सीलाई व्याण्ड (प्रतिवन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने सांसद राईको भनाई थियो । ‘हामीले लोकल रक्सीमा व्याण्ड लगायौं, रातो चन्दनमा लगायौं, गाँजामा लगायौं, आफ्नो बहुआयमिक जडीबुटीमा प्रतिबन्ध लगायौं, अनि विदेशी उत्पादनलाई हायर गर्ने, विदेशी रक्सी छ्याप–छ्याप्ती विक्री वितरण गर्ने वातावरण बनायौं,’ सांसद राईले भनिन्, ‘अव विदेशी रक्सीलाई व्याण्ड गरौं, नेपाली लोकल रक्सीलाई ब्राण्ड बनाऔं । अर्थात व्याण्ड भर्सेज ब्राण्डको नीति अपनाऔं ।’  

केही समयअघि खोटाङमा लोकल रक्सी नष्ट गर्दा समेत सांसद राईले बिरोध जनाएकी थिईन् । हाल आदिबासी जनजाती महिलाले आम्दानीको श्रोतको माध्यम बनाएको लोकल रक्सीलाई बैध उद्योगकारुपमा बिकास गर्न सके अन्य जातजातीका समुदायले समेत यसको उद्योग स्थापना गर्ने सांसद राईले बताईन् । ‘व्याण्ड गर्ने हो भने सबै खालका रक्सीलाई व्याण्ड गरौं । होईन भने लोकल रक्सीलाई लिगलाइज गरौं, घरेलु उद्योगकारुपमा बिकास गर्नमा ध्यान दिऔँ,’ राईले भनिन्, ‘चेयर्स गर्दा लोकल रक्सीले गर्ने हो, विदेशको रक्सी ल्याएर चेयर्स गर्ने होईन । हामीले यस्तो कन्सेप्ट लिनु प¥यो ।’  

सांसद राईले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर आर्थिक क्रान्ती गर्न, वनमा रातो चन्दनको खेती गर्ने वातावरण बनाउन, सुकेको डाँडापाखालाई फ्रुट फरेष्टकोरुपमा बिकास गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । राईले आफ्नो स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सके मात्र सच्चा राष्ट्रवाद झल्किने उल्लेख गरिन् ।  

लोकप्रिय
अर्को समाचार
लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुन्छ : मन्त्री राई
२४ असार २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुन्छ : मन्त्री राई
सामाजिक विकास मन्त्री उषाकला राई । तस्बिर : नागरिक

प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री एवं ‘व्याण्ड भर्सेज ब्राण्ड’की अभियान्ता उषाकला राईले लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षक हुने बताएकी छन् । सामाजिक विकास मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सामाजिक विकास मन्त्री राईले नेपालको राष्ट्रियता बोकेको लोकल रक्सीको औधोगीकरणले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुनेहुँदा स्वदेशमा विदेशी मुद्रा भित्रिने वातावरण बन्ने बताएकी हुन् । 

सामाजिक विकास मन्त्री राईले लोकल रक्सीमाथि लगाइएको (व्याण्ड) प्रतिवन्ध फुकुवा गरेर (ब्राण्ड) बनाएर औधोगीकरण गर्दा प्रदेश सरकारले बजेटका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्या हुने दावी गरेकी छन् । ‘व्याण्ड भर्सेज ब्राण्ड अभियान जनतालाई प्रत्यक्ष सहभागी गराउने जनमुखी हुनेछ । राष्ट्रिय पुँजीपतिहरु आकर्षिक हुनुहुने छ । अन्तर्राष्ट्रिय रुपमा पनि आउनु हुनेछ । यहाँ विदेशी मुद्रा भित्रिने छ,’ सामाजिक विकास मन्त्री राईले भनिन्, ‘बजेटका लागि अहिलेजस्तो माथिको मुख ताकिरहनु पर्ने अवस्थाको अन्त्या हुनेछ । भोलि आफ्नै खुट्टामा उभिने र प्रदेश चलाउने अवस्था सिर्जना हुन्छ । अरु प्रदेशलाई सिकाउने र मुलुकलाई राष्ट्रिय आर्थिक संवृद्धिको बाटोमा अगाडि वढाउने प्रमुख काम हाम्रो प्रदेशले गर्नेछ ।’  

मन्त्री राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’का माध्यमबाट हाम्रो आफ्नो प्रविधि, संस्कृति, विद्या र कलालाई वैज्ञानिकरण गर्दै नेपाली राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरिने बताएकी छन् । ‘यो रक्सी केवल रक्सी मात्र होईन । रक्सीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बेच्ने कुरा गर्दैछौँ । नेपालको राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्नेछौँ । 

कोदोबाट सिलभरको भाँडामा होईन, कुनै धातुमा होईन, तामाको भाँडामा बनाएर मिसावट रहित र जडिबुटी सहितको रक्सी उत्पादन गर्ने छौँ । यसमा मिसावट वा गन्ध आउने नराम्रो चिजहरु केही पनि हुनेवाला छैन,’ मन्त्री राईले भनिन्, ‘अब हामी अन्तर्राष्ट्रियरुपमा जति प्रकारका रक्सी उत्पादन भएका छन्, त्यही रुपमा तिनीहरुलाई जित्ने गरेर, त्यसलाई ल्यावमा टेष्ट गरेर, त्यसलाई वैज्ञानिकरण गरेर अझ त्योभन्दा पनि खान लायक तरिकाले ब्राण्डिङ गर्ने प्रोसेसमा जाने छौँ ।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस