नगरबासीबाट विरोधको सामना गर्नुपरेपछि धरान उपमहानगरपालिकालाई क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएको छ । विदेशबाट आएकालाई केही समय समुदायबाट अलग्गै राख्न स्कुलको भवनमा क्वारेन्टिन निर्माण गर्न उपमहानगरले तयारी गर्दा स्थानीयवासीले विरोध गरिरहेका छन् ।
कोरोना सर्छ भन्ने बुझाइको कारण उपमहानगरपालिकाले थप क्वारेन्टिन विस्तार गर्न सकिरहेको छैन । यसअघि धरान–१३ फुस्रेस्थित आर्मी स्कुलमा क्वारेन्टिन निर्माण गरिएको थियो । त्यो अहिले सञ्चालनमा छैन । त्यहाँको क्वारेन्टिनलाई धरान–१७ स्थित एन्फा एकेडेमीमा स्थानान्तरण गरिएको छ । त्यहाँ ६१ शड्ढया क्षमताको मात्र भएकोले क्वारेन्टिनस्थल नयाँ व्यवस्थापन गर्नुपर्ने उपमहानगरपालिकालाई बाध्यता छ ।
विदेशबाट आउनेको संख्या वृद्धि हुँदै गएकाले एन्फा क्वारेन्टिनमा शड्ढया अभाव हुने अवस्था आएपछि उपमहानगरले थप क्वारेन्टिन बनाउन पहल थालेको थियो । हुन त एन्फामा पनि क्वारेन्टिन बनाउन नदिने भन्दै सुरुआतमा विरोध भएको थियो । पछि, वडाध्यक्षले सम्झाएपछि स्थानीय पछि हटेका थिए । धरान–१६ स्थित शारदा बालिका माविमा क्वारेन्टिन विस्तार गर्ने तयारी गर्दा स्थानीयको विरोधले त्यहाँ क्वारेन्टिन बन्न सकेन । त्यसपछि धरान–१५ स्थित नवज्योति स्कुलमा क्वारेन्टिन बनाउन विद्यालय प्रशासनलाई भवन माग गरेर उपमहानगरपालिकाले पत्राचार ग¥यो । तर स्थानीयवासी एवं अभिभावकहरूले विद्यालयमा क्वारेन्टिन बनाउन नदिने भन्दै आइतबार विद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाएपछि अन्योल सिर्जना भएको छ ।
धरानका मेयर तिलक राईले नगरबासीकै लागि क्वारेन्टिन बनाउन लागिएकाले विरोध नगर्न आग्रह गरेका छन् । ‘नगरबासी त्रसित भएर क्वारेन्टिन राख्न नदिने भन्न थालेपछि काम गर्न असहज भइरहेको छ । मानिसहरू आउने क्रम बढेकाले तत्काल क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हाम्रा दाजुभाइ जो विदेशबाट फर्कंदै हुनुहुन्छ, उहाँहरूलाई राख्न हो तर बुझाइमा फरक परेकाले समस्या भइरहेको छ ।’
सुनसरी जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईंले क्वारेन्टिन राख्दैमा कोरोना संक्रमण फैलिन्छ भन्ने गलत बुझाइ भएको बताए । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको प्रोटोकलअनुसार पनि संक्रमण भएको व्यक्तिसँग एक मिटरभित्र र १५ मिनेटसम्म बस्दा मात्र कोरोना सर्छ भन्ने छ । प्रभावित देशबाट आएकाहरू सिधै घरपरिवार वा समाजमा पुग्दा उच्च जोखिम हुने भएकाले उनीहरूलाई अलग्गै सुरक्षित राख्न क्वारेन्टिन अत्यावश्यक भएकाले त्रसित हुनुनपर्ने उनको भनाइ छ । ‘विदेशबाट आउने मान्छेलाई राख्ने हो, उनीहरूलाई दूरीमा राखिन्छ । खाना अलगै हुन्छ,’ प्रसार्इंले भने, ‘क्वारेन्टिनभित्रै त सर्दैन भने बाहिर समुदायमा सर्छ भन्ने त हुँदैहुँदैन । त्यसैले त्रसित हुनुपर्दैन ।’
विदेशबाट आएकाहरूलाई एक ठाउँमा होल्ड गरेर राख्न सक्यौं भने मात्र कोरोनालाई समाप्त गर्न सकिने भएकाले सहयोग, समन्वय गर्न उनले सबैलाई आग्रह पनि गरे । क्वारेन्टिनस्थलमा कोही पनि भित्र प्रवेश गर्न र बाहिर निस्कन नपाउने हुनाले सबै सुरक्षित हुने उनले बताए । ‘मान्छेलाई परबाट हेर्ने, देख्नेबित्तिकै सर्दैन । यो हावाबाट सर्ने रोग होइन । खोक्दा मुखको छिटाबाट सर्ने हो । एकले अर्कोलाई छोएको छ भने त्यही हातले नाक, मुख छुँदा सर्ने हो,’ उनले भने, ‘क्वारेन्टिन हुँदैमा डराउनुपर्दैन ।’
२०७७ वैशाख ४ गते मुगुको खत्याड गाउँपालिका खमालेका दत्त बुढामा कोरोना पोजेटिभ देखियो। यो नै कर्णाली प्रदेशको पहिलो कोरोना पोजेटिभ केस थियो। पहिलो पटक कोरोना पोजेटिभ देखिएपछि कर्णालीभर त्रास फैलियो। स्थिति भयावह बन्यो। आरडिटी परीक्षणमै कोरोनाले कर्णालीमा पहिलो पटक प्रवेश पायो। कर्णाली कोरोनाको हटस्पट बन्न सक्ने देखियो। उतिबेला कामको सिलसिलामा कालापहाड जाने कर्णालवासी फर्कने क्रम जारी थियो। भारत हुँदै आएका नागरिकमा कोरोना संक्रमण फैलन सक्ने तीव्र खतरा बढ्यो।
खत्याडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकको टोली खटायो। त्यो टोलीको नेतृत्वमा थिए, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विभाग प्रमुख सुनिल बुढाथोकी। उनी यसअघि कोरोनाबारे जानकारी दिने कर्णाली प्रतिष्ठानका सूचना अधिकारीका रुपमा तोकिएका थिए।
डा. बुढाथोकीका लागि आफ्नो टोलीलाई सुरक्षित बनाउँदै सिंगो नागरिक सुरक्षित बनाउने चुनौती थियो। नयाँ रोग, नयाँ भूगोल र नयाँ अनुभूतिसहित डा. बुढाथोकीले टोली खत्याड पुर्याए। पहिलो पटक पोजेटिभ देखिएकाले मनमा त्रास थियो। तर स्वास्थ्य सुरक्षाका हरेक क्रियाकलापबारे जानकार भएकाले खासै समस्या थिएन। उनले भने, ‘कोरोना पनि एक प्रकारको लडाइँ बन्यो। मानवको अस्तित्व संकट पार्ने गरी सिर्जना भएको कोरोनाको रोकथाम तथा नियन्त्रण कम चुनौती थिएन। तर स्वास्थ्यकर्मीको सक्रियता, नागरिकको जागरुकता र सरकारको जिम्मेवारीका कारण खत्याडमा संक्रमण दर बढेन। ’
डा. बुढाथोकीको टोली २०७७ वैशाख ५ गते नै खत्याडतिर प्रस्थान गर्यो। जतिसक्दो आरडिटी परीक्षण गर्ने, कोरोना सचेतना फैलाउने र बिरामीको रेखदेख र उपचार गर्ने त्यो टोलीको जिम्मेवारी थियो। टोलीले रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाएर संक्रमितलाई राख्यो। लक्षणअनुसार औषधि प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न भन्यो। १४ दिनको आइसोलेसन बसाइपछि संक्रमितको रिपोर्ट नेगेटिभ आयो। विस्तारै गाउँबस्तीमा खुसियाली छाउन थाल्यो।
खत्याड गाउँपालिकाका सबै वडामा टोली पुग्यो र आरडिटी परीक्षण गर्न थाल्यो। त्यो समयमा स्थानीयमा निकै त्रास थियो। कोरोना पोजेटिभलाई गर्ने व्यवहार निकै फरक थियो। कोरोना के हो ? कोरोनाको पहिलो चरण के हो भन्ने विषयमा अन्योल थियो। जुम्लादेखि हिँडेको चिकित्सकको टोली देखेर बाटामा स्थानीय आत्तिन्थे।
डा. बुढाथोकीले भने, ‘कोरोनाको पहिलो संक्रमित भएको क्षेत्रमा खटिएर काम गर्न पाउँदा निकै उत्साहित थियौं। जनता आत्तिएका थिए। हरेक बस्तीमा त्रास फैलिएको थियो।’ टोलीले संक्रमितको पिसिआर गर्यो। रिपोर्ट नेगेटिभ आयो। गाउँमा पोजेटिभ देखिँदा फैलिएको त्रास कम भयो।’ झन्डै ७ सय जनाको आरडिटी तथा पिसिआर गरिएको थियो।
जनतालाई स्वास्थ्य शिक्षा, बिरामीको जाँच तथा उपचार र स्वास्थ्य परामर्शमा टोली केन्द्रित भयो। आफू पनि सुरक्षित हुने र नागरिकलाई पनि सुरक्षित बनाउने कार्यमा जुट्यो। चिकित्सकको टोली १३ दिन खत्याडमै बसेर फर्कियो। आरडिटी नगर्दा त्रास थियो। कोरोनाले गर्दा ज्यान खतरामा रहेको अनुभूति हुन्थ्यो। तर चिकित्सको टोली पुगेपछि स्थानीयले शान्तिको सास फेरे। औषधि बोकेर टोली गएकाले खासै समस्या थिएन।
यो रोग नयाँ भएकाले मृत्युदर बढ्ने र संक्रमण भयावह हुने निश्चित थियो। औषधि उपचार र उच्च सतर्कता अपनाउन थालिएको थियो। खत्याडमा पुगेर टोली जुन हिसाबले प्रस्तुत भयो। त्यही हिसावको हार्दिकता स्थानीयले देखाए। संकटभित्रको खत्याड बसाइ निकै आनन्ददायी र उपलब्धिपूर्ण बन्यो। डा. बुढाथोकीले भने, ‘कोरोना मैदानमा सेता एप्रोनधारी लडाकुको रुपमा प्रस्तुत भएर जनताको घरदैलोमा स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छु। सजिलोमा सबैले साथ दिन्छन् तर संकटमा साथ दिनुको मज्जा अर्कै रहेछ।’
डा. बुढाथोकीसँगै डा. विशाल पोखरेल, डा. कपिल गुरागाईं, निशान्त लामा, विष्णुदत्त आचार्य र नवराज खड्का पनि खटिएका थिए। मुगुको खत्याडबाट फर्किएको टोली १० दिन क्वारेन्टिनमा बस्यो। खत्याडबाट फर्कन लागेको बेला डा. बुढाथोकीको समूहलाई चौतर्फी स्वागत तथा सम्मान गरिएको थियो।
त्यसलगत्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जिल्लाका हरेक पालिकामा चिकित्सक खटाउने निर्णय ग¥यो। डा. बुढाथोकी तातोपानी गाउँपालिकामा खटिए। क्वारेन्टिन व्यवस्थापन, पिसिआर तथा आरडिटी परीक्षण र आइसोलेसन सेन्टर स्थापना गर्नुपर्ने जिम्मेवारी थियो। उनीसँगै फार्मेसिस्ट सूक्ष्मा काफ्ले थिइन्। तीन हप्ता तातोपानीमा खटिएका उनी हरेक बस्ती पुगे। गाउँबस्तीमा कोरोना संक्रमणविरुद्धको कार्यक्रम गर्न थाले। सचेतना फैलाउन थाले। उनले भने, ‘जबसम्म नागरिक सचेत हुँदैनन्, तबसम्म कोरोना भाइरस नियन्त्रणमा भएका प्रयासले मूर्त रुप पाउँदैनन्। त्यही भएर पहिलो जोड नै सचेतना बन्यो।’
संक्रमित बसेको क्वारेन्टिनमा प्रवेश गर्न निकै कठिन थियो। बाहिरैबाट खाना पोका पारेर फाल्ने गरिन्थ्यो। जब चिकित्सकको टोली भित्र जान थाल्यो अनि क्वारेन्टिनमा प्रवेश गर्न थालियो। पछिल्लो समयमा नजिकै गएर खानापानी छोड्न थालियो। जसले संक्रमितको मनोबल बढ्यो। उनले भने, ‘चिकित्सकको टोली एप्रोन लगाएर आइसोलेसनमा प्रवेश गर्नेबित्तिकै संक्रमित निकै उत्साहित हुन्थे। कोरोना संक्रमणको अवस्था र उपचार प्रक्रियाबारे चासो राख्थे।’
दोस्रो लहरमा जुम्लामा संक्रमितको संख्या बढ्न थाल्यो। सबैलाई अस्पताल ल्याएर राख्न नसकिने अवस्था रह्यो। बिरामीको प्रकृतिअनुुसार निगरानी गर्नुपर्ने भयो। हरेक पालिकामा कोभिड अस्पताल बने। सामान्य लक्षण देखिएका र लक्षण नदेखिएकालाई पालिकामै निगरानी गर्ने भन्ने परिपत्र भयो।
डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।
डा. बुढाथोकीले भने, ‘कोरोनाले मानिसमानिस बीचको भौतिक दुरी मात्र बढाएन, एक मानवले अर्को मानवलाई गर्ने व्यवहार र सहयोगबारे समेत राम्रो पाठ सिकायो। स्वास्थ्य शिक्षा दिलायो। स्वास्थ्यप्रति संवेदनशील हुन प्रेरित गर्यो।’ पछिल्लो समय कोरोना भाइरसको रुपमा परिवर्तन भइरहेकाले सचेत रहन आग्रह गरिएको छ। सामाजिक दुरी कायम नगर्नु, मास्कको प्रयोग नहुनु र कोरोनालाई खेलाँची सम्झनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो। विगत तीन वर्षदेखि डा. बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएका छन्। दुर्गममा स्वास्थ्य सेवा र शिक्षा दिन असजिलो छ। उनले भने, ‘स्थानीय साधनस्रोतको भरपुर प्रयोगले कार्यसम्पादनमा सहजता पैदा गर्न सकिन्छ।’ डा. बुढाथोकीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर मात्र अघि बढ्न आग्रह गरेगरेर मात्र अघि बढ्न आग्रह गरे।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।