काठमाडौंको ऐतिहासिक गहना पोखरी क्षेत्रमा भएको अवैध निर्माण रोक्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गहनापोखरीको सार्वजनिक जग्गा र ऐतिहासिक ठाउँ भएकाले उक्त जग्गामा भूमाफियाले पक्की संरचना निर्माण कार्य थालेकाले उक्त कार्यलाई रोक्न भन्दै शुक्रबार आयोगमा उजुरी परेको हो ।
काठमाडांै महानगरपालिका वडा–५ मा पर्ने यो पोखरी क्षेत्रमा अवैध संरचना निर्माण गर्न बाग्मती प्रदेशका सभासद नारायण सिलवालले सांसद विकास कोषको बजेट खर्चिएका छन् । तर, अवैध तरिकाले ऐतिहासिक पोखरी मास्नका लागि कोषको रकम दुरुपयोग भएको छ । उक्त संरचना बनाउँदा कुनै पनि मापदण्ड पूरा गरिएको छैन ।
यो पोखरीमा २०७२ सालको भुकम्पको बेला स्थानीयवासीले आश्रय लिएका थिए । पोखरीको पूर्वपट्टी दुई स्थान अतिक्रमण भइरहेको उजुरीमा उल्लेख छ । यसबाहेक पहिलो त्रिशक्ति क्लबले षड्मुखा भगवतीको मन्दिर छेक्नेगरी संरचना बनाइसकेको छ । उक्त संरचना बालकृष्ण खड्गी र पूर्ववडासदस्य वीरेन्द्र प्रजापतिले निर्माण गरेका हुन् ।
लकडाउनको मौका छोपी ऐतिहासिक पोखरी क्षेत्रमा संरचना खडा गर्दा स्थानीय आक्रोसित बनेका छन् । ‘अहिले सबैको ध्यान कोरोना महामारीतर्फ छ, केही व्यक्तिले ऐतिहासिक पोखरीमा कंक्रिट खडा गर्न लागेका छन्, यसलाई जोगाउनुपर्छ भनेर हामीले पहल गरिरहेका छौं,’ स्थानीय रमेश घिमिरेले भने । उनका अनुसार यस्तो अवैध कार्यमा पूर्ववडाध्यक्ष सूर्यलाल प्रजापतिलगायतको पनि मिलोमतो छ ।
नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सञ्चार मन्त्रालयमा कार्यरत कम्प्युटर इञ्जिनियर सुरज प्रकाश अर्याललाई सञ्चारबाट अख्तियारमा तीन महिने काज सरुवा गरिएको हो। उनले सोमबार नै सरुवाको चिठीसमेत बुझिसकेको मन्त्रालय स्रोतले बताएको छ।
अर्यालले कारागारमा रहेका संशाक बस्नेतलाई उहीँ पुगेर नक्कली लाइसेन्स बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख छ। बस्नेत हाल जेलबाट रिहा भइसकेका छन्। विभागका आइटी इन्जिनियर मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।
समितिले प्रतिवेदन बुझाइसकेपछि अर्याललाई विभागबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। सामान्य मन्त्रालयका अर्का एक उच्च कर्मचारीका अनुसार अख्तियारबाटै माग भएपछि अर्यालालई अख्तियार पठाइएको हो। सामान्यतया सामान्यले अख्तियारमा कर्मचारी सरुवा गर्दा अख्तियारले नै माग गरेका कर्मचारी पठाउने गर्छ।
राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयमा सम्बन्धित कार्यालयले नै माग गरेका कर्मचारी सरुवा गर्ने गरिएको छ।
नक्कली लाइसेन्स छानबिन प्रकरण अहिले अख्तियारमा पुगेको छ। अनुसन्धानको दायरामा रहेका कर्मचारी आफैं अख्तियारमा सरुवा हुनुले यसबाट छानबिन प्रभावित हुने यातायात व्यवस्था विभागका एक कर्मचारी बताउँछन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।