विद्यालय पढ्दा पढ्दै मजदुरीका लागि उपत्यकाको ईट्टाभट्टा पुगेकी १९ वर्षिया मंगलीको (नाम परिवर्तन) साथमा ४ वर्षको छोरो छ । स्थानीय विद्यालयमा ५ कक्षा पढेकी उनि नाईकेको साथ लागेर आफू जस्तै अन्य दर्जनौ साथीसंगै ईट्टा बोक्न गएकी हुन् ।
सदरमुकाम नजिकै होमा गाउँकी मंगली जस्ता सयौ रोल्पाली किशोरी आमाहरु ईट्टाभट्टा वा भारतका बिभिन्न स्थानमा मजदुरी गर्ने गर्दछन् । सहज जीवन र उज्यालो भबिष्यको खोजिमा हिड्ने उनिहरु यतिबेला कोरोना संकटले लखेटिएका छन् । १२ बर्षमा खोलो फर्कन्छ भनिए पनि गणतन्त्रको १२ वर्षले मंगली जस्ताकोे जीवनमा कुनै परिवर्तन ल्याएको छैन ।
कोरोना त्रासले देश लकडाउनमा गएपछि दुई महिना ईट्टाभट्टाको झ्याउलीमा बालबच्चासहित कष्टकर दैनिकी बिताएका उनिहरु फेरि आईतबारदेखि रोल्पा आउन थालेका छन् । पोषिलो खानाकाको अनुहार नदेखेका दर्जनौ बालबालिका अब फेरी १४ दिन रुखो सुखो खाएर क्वारेन्टिनमा बस्ने छन् । सानो उमेरमा खुवाउनु पर्ने भनिएको दुध, दहि, अण्डा वा माछा, मासुको अनुहार समेत देख्न नपाएका बालबालिका भरपेट खानाले मात्र पनि तृप्त हुनेछन् । भबिष्यको टुङ्गो नभएका उनिहरुले गाउँमै भबिष्य खोजिरहने छन् । गणतन्त्रको उपलब्धी प्राप्ती उनिहरुका लागि एकादेशको कथा बनेको छ ।
मंगलीहरुका लागि भन्दै १० वर्ष रक्तपात पुर्ण सशस्त्र संघर्ष गरेको शक्ति यतिबेला सत्तामा छ । त्यसो त संसारका मजदुरहरु एक हौ अर्थात मजदुरको न्यायका लागि भनेर राजनीति सुरु गरेकाहरु नै राज्यको पहुँचमा छन् तर वास्तबिक मजदुर गरिबिले लखेटिरहेका छन् । द्धन्द्धका समयमा अत्याबस्यक प्राणि मानिएका रोल्पालीहरुको आबस्यकता केहि ब्यक्तिको राज्य पहुचमा पुगेपछि हराउदै गएको छ । राजनितिक उर्बर भुमिमा जन्मीएका कतिपय रोल्पालीलाई खान लाउन नपुगेपछि बाला उमेरमै मजदुरीका लागि ईट्टाभट्टाको बिकल्प रहदैन ।
खाना र नानाका लागि बिद्यालय छाडेर मजदुरीमा हानिएका किशोरी आमालाई यो समयमा अरुलाई भन्दा बढि चिन्ता छ । आफु र बच्चालाई रोगबाट बचाउनु त छदैछ सन्तानको भोकले झनै पिरोलेको छ । ‘बच्चाको बिजोग भो । उता झ्याउलीमा पनि समस्या थियो अब घर आएपछि पनि फेरी समस्या हुने भयो ।’ मंगली भन्छिन् ‘गरिबिले हामि जस्तालाई मात्र लखेटिरहने रैछ । घर जाउला भन्ने आश थियो तर क्वारेन्टीनमा राख्ने रे ।’ गणतन्त्रले उनिहरुलाई केहि नदिएको गुनासो गर्छन ।
बसेको ठाउँबाट भोकले लखेटिएका बच्चा सहितका आमाहरु र गर्भवतीहरु घरको मायाँ सहयोग पाउने आशामा जिल्ला भित्रिए पनि क्वारेन्टिनको झमेलाले दिक्क बनेका हुन । सामुहिक अनि अब्यवस्थीत बसाईलाई स्वीकार्न बाध्य मंगली जस्ता सयौ किशोरीहरुलाई आउदा दिनमा सहज जीबन यापनका लागि अभिभाबक मानिएको राज्यले बेलैमा सोच्नु पर्ने देखिन्छ । मजदुरी गरेर भरपेट खानाको बिकल्प नभएकाहरुका लागि जनताका भनिएका प्रतिनिधिहरु सचेत बन्नै पर्छ ।
‘लामो भबिष्य बोकेका बालबालिकाको अबस्थाका बारेमा सबैले चासो दिनु पर्छ । बिगतमा जस्तो बिद्यालय छोडेर मजदुरी गर्न जानु पर्ने बिबशताको अन्य गर्नै पर्छ ।’ लामो समय बालअधिकार क्षेत्रमा काम गरेका जलजला बहुमुखि क्याम्पसका उपप्राध्यापक गोकर्ण पुन भन्छन् ‘अब्यबस्थीत क्वारेन्टीन अनि बालबालिकाको असहज दैनिकि थोरै भए पनि सहज बनाउने प्रयास गर्नु पर्छ ।’ उनका अनुसार बालबालिका, गर्भबती बढि जोखिममा छन् । आधारभुत आबस्यकता पुर्ति गर्न पहल गरिदिए राम्रो हुन्थ्यो ।
अधिकारकर्मीहरु जोखिममा पर्न सक्ने समुदाय समुहलाई बिषेश ख्याल गर्नु पर्ने बताउँछन् । यतिबेला बुवा आमा जस्तै राज्य पनि अभिभाबक हो त्यसैले जोखिम समुदाय लक्षित कार्यक्रम वा ब्यबस्थापन तिर ध्यान दिनु पर्ने देखिन्छ ।
फाइजरको कोरोना भाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन्।
खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो।
अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन्। 'यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ,' मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
कोरोना भाइरसको तेस्रो चरणको महामारी सुरु हुनु अगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उनले केन्द्रीय सरकारलाई पनि आग्रह गरेका छन्।
आगामी महिनादेखि नै बालबालिकामा कोरोना भाइरसको बढी असर देखिन सक्ने उनले बताएका छन्।
महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उनले ती विद्यार्थी र शिक्षकहरुलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिएका छन्।
फाइजरले आगामी जुलाइदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।