मुलुक झन्डै दुई महिनादेखि लकडाउनमा छ । अत्यावश्यक वस्तु भने आपूर्ति भइरहेकै छ । संक्रमणको गति झनै तीव्र भइरहँदा लकडाउन कहिलेसम्म लम्बिने हो, निश्चित छैन । केही गरी संक्रमण अझै डरलाग्दो भएर अत्यावश्यक वस्तुको आपूर्ति पनि रोकियो भने आफ्नै प्रदेशमा उत्पादित र मौज्दात खाद्यान्नले कति समय थेग्ला ? गण्डकी प्रदेशका पदाधिकारी भन्छन्, ‘राज्यका निकाय र निजी क्षेत्रसँग मौज्दात रहेको खाद्यान्नले बढीमा डेढ महिना थेग्न सक्छ ।’ जिल्लागत रूपमा मौज्दात फरक रहेकाले कतिपय जिल्लाले दुई महिनासम्म पनि खाद्यान्न माग थेग्न सक्ने उनीहरूको भनाइ छ ।
प्रदेश बजार अनुगमन समितिका सदस्य कपिलनाथ कोइरालाले अत्यावश्यक वस्तुको आपूर्ति रोकियो भने मौज्दात खाद्यान्नले डेढ महिनाभन्दा बढी नपुग्ने भएकाले सरकारले त्यसमा चासो लिनुपर्ने बताए । उनका अनुसार सरकारी निकायसँग खाद्य मौज्दात निकै कम छ । तर विभिन्न जिल्लाका व्यावसायीले भने पर्याप्त खाद्यान्न मौज्दात राखेका छन् ।
निजी व्यावसायीकै गोदामको भरमा खाद्यान्न मौज्दात अनुमान गरिएको उनले बताए । ‘निजी क्षेत्रले गोदाममा मौज्दात खाद्यान्न नराख्ने हो भने त झनै समस्या हुन्थ्यो,’ उनले भने, ‘किनकि सरकारी गोदाममा निकै नै कम मौज्दात छ ।’ सरकारले यस्तै अप्ठेरो बेलामा आवश्यक पर्ने भनेर ठूला आकारका गोदाममा पर्याप्त खाद्यान्न मौज्दात राख्नुपर्ने कोइरालाको भनाइ छ ।
प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले अहिलेको अप्ठेरोमा एक महिना पुग्ने खाद्यान्न सबैजसो उपभोक्ताले घरघरमै मौज्दात राखेकाले तत्काल डराउनुपर्ने अवस्था नरहेको बताए । प्रदेशभित्रको मौज्दात खाद्यान्नले तीन महिना थेग्ने उनको दाबी छ । अहिले पर्यटन क्षेत्र बन्द भएकाले पनि इन्धनदेखि सबै प्रकारका खाद्यान्नको मौज्दात रहन गएको उनले बताए । ‘आउने असारमा पनि किसानले सहजै खेतीपाती गर्न सकेनन् भने बल्ल खाद्य संकटको अवस्था आउन सक्छ,’ उनले भने ।
प्रदेशको जनसंख्या २४ लाख तीन हजार छ । प्रदेश नीति तथा योजना आयोगको प्रतिवेदनअनुसार गण्डकी प्रदेशको २२.२ प्रतिशत भूभाग खेतीयोग्य छ । प्रदेशमा चार लाख ८७ हजार आठ सय २३ हेक्टर जग्गा खेतीयोग्य छ । जसमध्ये ७६ प्रतिशत जग्गामा मात्र खेती गरिएको छ भने २४ प्रतिशत खेती योग्य जग्गा बाँझो छ ।
खेती गरिएको कुल जमिनमध्ये ३६.१ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । त्यस्तैगरी सिञ्चित कृषियोग्य जमिनमध्ये ४६.१ प्रतिशत जमिनमा मात्र बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । प्रदेशका ४४ प्रतिशत घरपरिवारलाई आफ्नो उत्पादनले वर्षको ६ महिना मात्र खान पुग्ने पनि आयोगको भनाइ छ । त्यसैगरी १८ प्रतिशत घरपरिवार मौसमी खाद्य संकटमा छन् भने ६ प्रतिशत घरपरिवार उच्च खाद्य संकटमा रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यसैले पनि खाद्य सुरक्षाका लागि थप काम गर्नुपर्ने अवस्था रहेको पदाधिकारी बताउँछन् ।
प्रदेशभित्र खाद्यान्न मौज्दात राख्ने सरकारी निकायका रूपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रहेको छ । कम्पनीका प्रमुख भोजराज पाण्डेका अनुसार अहिले खाद्यसँग जम्मा नौ सय ५० क्विन्टल चामल मौज्दात छ । तर १० हजार क्विन्टल चामल मौज्दात राख्न सक्ने गोदाम खाद्यसँग छ । ‘लकडाउन अवधिमा १५ सय क्विन्टल चामल बिक्री भयो । अरूबेला हत्तपत्त खाद्यको चामल बिक्री हुँदैन, त्यही भएर हामीले मौज्दात धेरै राख्दैनांै,’ पाण्डेले भने, ‘पुरानो चामल नसकेसम्म नयाँ मौज्दात राख्न पनि मिल्दैन । गोदाममा थन्काएर मात्र राख्दा चामल नोक्सान पनि हुन्छ ।’ उनका अनुसार खाद्यसँग मुलुकभर गरी १ लाख ८० हजार क्विन्टल चामल मौज्दात छ ।
खाद्यको पोखरास्थित अञ्चल कार्यालयका लागि लहान, वीरगन्ज र भैरहवामा २० हजार क्विन्टलसम्म मौज्दात रहेकाले आवश्यकताअनुसार पोखरा भिœयाउन सहज रहेको उनले बताए । ‘पोखरामा स्टक छैन भनेर डराउनुपर्दैन । आवश्यकताअनुसार हाम्रा गोदामबाट सहजै ल्याउन सकिन्छ । तराई भेगका ती गोदाममा भरिभराउ चामल छ,’ उनले भने । खाद्यको गोरखामा पनि ६ सय क्विन्टल चामल मौज्दात छ । त्यस्तै तनहुँको विमलनगरका गोदाममा पाँच सय क्विन्टल चामल छ । गोरखाको सिर्दिबासमा चार सय र माछखोलामा आठ सय क्विन्टल चामल मौज्दात छ । गोरखाको माथिल्लो भेगमा खाद्यले चामल ढुवानी गर्दै आएको छ । ‘आवश्यक पर्दा एकदुई हजार क्विन्टल चामल त सहजै ल्याउन सकिन्छ । त्यही भएर हामीले मौज्दात कम राखेका हौं,’ पाण्डेले भने ।
खाद्यान्नको मूल्य किलोमा १० देखि ३० रूपैयाँसम्म बढ्दा उपभोक्ता मारमा परेका छन्। गत महिना ८५ रूपैयाँ किलोमा बिक्री भएको जिरा मसिनो चामलको मूल्य बढेर ९५ पुगेको छ। चामलको मूल्य महिना दिनकै अवधिमा किलोमा १० रूपैयाँ बढेको हो। भर्खर मंसिरमा धान भित्र्याएकाले चामलको मूल्य सस्तिनुपर्नेमा उल्टै भाउ बढेको छ। सबै प्रकारका चामलको मूल्य बढेको छ। मैदाको भाउ किलोमा करिब ३० रूपैयाँसम्म बढेको छ। साउनमा ७० रूपैयाँ किलोमा पाइने मैदाको मूल्य अहिले बढेर सय रूपैयाँ पुगेको छ। आँटाको मूल्य ५५ रूपैयाँबाट बढेर किलोको ९० पुगेको छ।
चामल, आँटा, मैदामा अत्यधिक मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार आयातकर्ता र उत्पादकले मूल्य बढाएकाले भाउ बढेको हो। ‘चामल, आँटा र मैदाको खरिद मूल्य बढेकाले भाउ बढेको हो,’ संघका महासचिव तुलाधरले भने, ‘अस्वाभाविक रूपमा मूल्य बढेको छ।’ मूल्य खुद्रा व्यवसायीको नियन्त्रणमा नभएको उनले बताए। ‘भाउ बढेर आएपछि खुद्रा व्यवसायीले बढाएका हुन्,’ उनले भने। भारतले चामल निर्यातमा २० प्रतिशत कर र गहुँको निर्यातमा प्रतिबन्ध लगाएकाले भाउ बढेको व्यापारी बताउँछन्।
एक वर्षको अवधिमा दाल, तेल, घिउलगायत अन्य खाद्यवस्तुको मूल्य पनि बढेको छ। पोहोरको तुलनामा दाल, तेललगायत वस्तुको पनि मूल्य बढेको छ। अघिल्लो वर्ष पुसमा प्रतिकिलो १ सय ७० रूपैयाँमा बिक्री भएको रहर दालको मूल्य २ सय १० पुगेको छ । हजार रूपैयाँमा पाइने घिउको मूल्य बढेर किलोको १२ सय रूपैयाँ पुगेको छ। २ सय ७० रूपैयाँ लिटरको खाने तेलको मूल्य यो वर्ष ३ सय ६० पुगेको छ।
विभिन्न बहाना बनाएर खाद्यान्नमा कृत्रिम अभाव र कालोबजारी गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। बजारमा अस्वाभाविक मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ‘चामलको मूल्य बोरामै ३÷४ सय रूपैयाँ बढाएका छन्,’ उनले भने, ‘चामलको मूल्य घट्नुपर्नेमा झन् बढेको छ।’ मंसिरमा किसानले धान भिœयाएकाले सस्तिनुपर्ने उनको तर्क छ। ‘सिजनमै मूल्य बढ्नु भनेको अस्वाभाविक हो,’ उनले भने। सरकारले उपभोक्ता संरक्षण ऐनबमोजिम मूल्य निर्धारण गर्ने र बजारको तह निर्धारण गर्ने काम नगरेकाले व्यवसायीले मनपरी गरेको तिमल्सिनाको आरोप छ।
‘सरकारी निकायको बेवास्ताले उपभोक्ता मारमा परेका छन्,’ उनले भने, ‘अस्वाभाविक मूल्य बढाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ।’ दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा पनि सरकारी निकाय उदासिन बनेको उनको आरोप छ।
भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा देखिएको छ। यहाँ उत्पादन भएको धानले नपुगेर विदेशबाट चामल आयात हुने गरेको छ। नेपालमा धेरै मोटा धान फल्ने भएकाले मिठो, मसिनो चामल भारतलगायत मुलुकबाट आयात हुन्छ।
नेपालमा प्रयोग हुने अधिकांश खाद्यान्नमा अझै विदेशको भर पर्नुपर्ने र डलरको मूल्य बढेकाले पनि त्यसको असर बजारमा परेको व्यवसायीको दाबी छ। रुस–युक्रेनबीचको युद्धको असरले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असरका कारण पनि मूल्य बढेको व्यवसायी बताउँछन्। समग्रमा मूल्यवृद्धि भएको गुनासो आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागका अनुसार आयातमा निर्भर भएकाले विदेशमा मूल्य बढ्दा त्यसको असर यहाँको बजारमा परेको हो।
डलरको भाउ बढ्नु, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ज्यालावृद्धि, रुस–युक्रेन युद्धको असरलगायत कारणले बजारमा मूल्यवृद्धि भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए। ‘नेपालले खरिद गर्ने देशमै मूल्य बढेकाले यहाँ पनि आयातित वस्तुको मूल्य बढेको छ,’ उनले भने, ‘अस्वाभाविक मूल्य लिएको पाइए कारबाही गर्छौं।’
नेपालमा मात्र नभएर विदेशमा पनि खाद्यान्नको मूल्य बढेको छ। मूल्यवृद्धि विश्वव्यापी एक दशकयताकै उच्च भएको खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएको छ। एफएओका अनुसार खाद्यान्नको मूल्य सूचकांक एक वर्षको अवधिमा १८ अंकले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकले पोहोरको तुलनामा धेरै मूल्य बढेको नदेखाए पनि बजारमा भने वस्तुको मूल्य बढेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशतले बढेको छ। पोहोर सोही अवधिमा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत थियो। वार्षिक विन्दुगत थोक मुद्रास्फीति ९.१५ प्रतिशत रहेको छ। पोहोर यस्तो मुद्रास्फिती ७.२२ प्रतिशत थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।