सामाजिक विकासमा केन्द्रित तमानखोला: बालगृह सञ्चालनदेखि एमबीबीएस पढाउनेसम्म निर्णय
१७ जेष्ठ २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
सामाजिक विकासमा केन्द्रित तमानखोला: बालगृह सञ्चालनदेखि एमबीबीएस पढाउनेसम्म निर्णय

जिल्लाको तमानखोला गाउँपालिकाले आफूलाई आर्थिक र सामाजिक विकासमा केन्द्रित गर्ने गर्ने निर्णय गरेको छ। वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनपछि भएको पहिलो कार्यपालिका बैठकले गाउँपालिकाका भित्रको सामाजिक र आर्थिक क्षेत्रको विकासमा केन्द्रित हुनेगरी निर्णय गरेको हो। 

गाउँ कार्यपालिकाले पूर्णता पाएसंगै बसेको बैठकले सामाजिक र आर्थिक विकासलाई मुख्य प्राथमिकता दिएर निर्णय गरेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए। दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका बुढाले विगतमा धेरै जसो बजेट भौतिक क्षेत्रमा लगानी गरिएको र यो पटक अब आर्थिक सामाजिक विकासका लागि भरपुर काम गर्ने बताए।

‘संयोग भन्नुपर्छ, पार्टीले विश्वास गरेर मलाई अध्यक्षमा दोहोर्‍यायो र जनताले पनि विश्वास गरेर मलाई मतदान गर्नुभयो,’अध्यक्ष बुढाले भने,‘विगतमा हाम्रो ठूलो रकम बाटो भवन लगायत पूर्वाधारका क्षेत्रमा खर्च भयो। यस पटक हामीले आफूलाई आर्थिक र सामाजिक विकासको पाटोमा केन्द्रित गर्ने निधो गरेका छौं। पहिलो कार्यपालिका बैठकबाट पनि त्यही अनुसार निर्णय भएको छ। 

पहिलो बैठकबाट चार वटा निर्णय गरेको तमानखोलाले गाउँपालिकाको मातहतमा बालगृह सञ्चालनमा ल्याउने, पालिका भित्रका सक्षम विद्यार्थीलाई एमबीबीएस डाक्टर पढ्नका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने, युवालाई स्वरोजगारमा प्रोत्साहन गर्न योजनाका आधारमा लगानी गर्नका लागि बैंक तथा  सहकारीसंग समन्वय गर्ने र त्यसको व्याज गाउँपालिकाले तिरिदिने तथा गाउँपालिकाको आफ्नै ‘गाउँपालिका गान’ तयार गर्ने भएको छ।

तमानखोला गाउँपालिका भित्रका बेसाहारा र अति विपन्न बालबालिकालाई गाउँपालिकाले अपनत्व लिएर बालगृहमा राख्ने र कक्षा १२ सम्म निःशुल्क पठन पाठनको व्यवस्था मिलाउने अध्यक्ष बुढाले बताए। ‘तमानखोलामा धेरै बालबालिका बेसहारा र केही अति नै विपन्न पनि छन्,’ उनले भने,‘सरकार त सबैका लागि हो। बेसहारा र अति विपन्न बालबालिकाले पनि अरु जस्तै तमानखोलाको सक्षम र योग्य नागरिक बन्न पाउनुपर्छ भनेर हामीले बालगृह सञ्चालनमा ल्याउन लागेका हौं।’ तमानखोलाले बहुउद्देश्यीय घर सञ्चालन गर्ने योजनामा रहेको र त्यसको सुरुवात स्वरुप बालगृह सञ्चालनमा ल्याएको उनी बताउँछन्।

‘हाम्रो उद्देश्य तमानखोलामा बहुउद्देश्य घर सञ्चालन गर्ने हो र त्यसैका सुरुवात स्वरुप बालगृह सञ्चालनको तयारी थालेका छौं,’ उनले भने,‘आगामी दिनमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बेसहारा अन्य नागरिकलाई पनि राख्न मिल्नेगरी बहुउद्देश्यीय घर सञ्चालनमा ल्याउँछौं।’ गाउँपालिकाले बालगृह सञ्चालनका लागि आवश्यक तयारी गर्ने जिम्मा वडा नम्बर ३ का वडाध्यक्ष झकबहादुर बुढालाई दिएको छ। गाउँपालिकाको निर्णयसंगै कार्यान्वयनको चरण अगाडि बढेको वडाध्यक्ष झबहादुरले बताए। ‘गाउँपालिकामा हामीले हिजो (सोमबार) निर्णय गर्‍यौं, आजबाट काम सुरु भएको छ,’ उनले भने,‘बालबालिकालाई राख्नका लागि घर खोज्ने, खानेबस्ने व्यवस्थापन मिलाउने काममा हामी लागिसकेका छौं।’

गाउँपालिकाले अर्को महत्वपूर्ण निर्णयको रुपमा गाउँपालिका भित्रका सकेसम्म स्थानीय विद्यालयमा पढेका विद्यार्थीलाई एमबीबीएस डाक्टर पढ्नका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ। कार्यविधि बनाएर तत्कालै लागू गर्ने योजनामा रहेको गाउँपालिकाले जनाएको छ। ‘तमानखोलामा तीन वटा माध्यमिक विद्यालय छन्, सकेसम्म त्यहीबाट पढेकालाई विशेष प्राथमिकता दिन्छौं, तमानखोलाको नागरिक अन्यत्र पढेको भए पनि तीन जनालाई एमबीबीएस पढाउनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको छ,’ गाउँपालिका अध्यक्ष बुढाले भने,‘विगतमा हामीले कोभिडको समयमा डाक्टर र स्वास्थ्यकर्मी निकै समस्या भोग्यौं, केही समय डाक्टर आए पनि अहिले पनि समस्या छ। पूर्ण छात्रवृत्तिका लागि गाउँपालिकाले सहयोग गर्ने र कम्तीमा पाँच वर्ष गाउँपालिका भित्रकै स्वास्थ्य संस्थामा सेवा गर्नेगरी एमबीबीएस पढाउने योजना बनाएका छौं।’

तीन जना विद्यार्थीलाई एमबीबीएस पढ्नका लागि सहयोग गर्ने गाउँपालिकाको तयारी छ। युवालाई स्वरोजगारतर्फ केन्द्रित गर्नका लागि लगानी गर्न बैंक तथा सहकारीसंग समन्वय गरिदिने र त्यसको व्याज रकम गाउँपालिकाले तिरिदिने गरी निर्णय भएको गाउँपालिका अध्यक्ष हिराकुमारी छन्त्यालले बताइन्। ‘कृषि पशुपालन तथा अन्य स्वरोजगारमूलक क्षेत्रमा काम गर्ने भिजनसहित आउने युवालाई गाउँपालिकाले साथ दिन्छ,’उपाध्यक्ष छन्त्यालले भनिन्,‘यो पाँच वर्षको अवधीमा कम्तीमा दुई सय युवालाई स्वरोजगार मूलक काममा लाग्नका लागि सहयो गर्ने हाम्रो योजना छ। उहाँहरुले ल्याउने योजनामा लगानीका लागि गाउँपालिकाले बैंक वित्तीय संस्था र सहकारीसंग समन्वय गर्नेछ र ऋण सम्बन्धित व्यक्तिले कमाएर तिर्नुपर्नेछ। त्यसको व्याज रकम भने गाउँपालिकाले व्यहोर्नेछ।’  

गाउँपालिकाले आफ्नो गाउँपालिका गित तयार गर्ने समेत निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत विकास लम्सालले बताए। स्थानीय विद्यालयकी शिक्षक बिमला पुन घर्तीले तयार पारेको हाम्रो तमानखोला बोलको गितलाई कार्यपालिका बैठकले छनोट गरेको छ। त्यसलाई संगितवद्ध गरेर गितको रुपमा तयार पार्ने र तमानखोलाले आफ्नै गाउँपालिका गानको रुपमा प्रयोग गर्ने लम्सालले बताए। गित छनोटमा परेपछि सर्जकलाई नगद १५ हजारले सम्मान गर्ने समेत निर्णय गरिएको छ।  

पहिलो कार्यपालिकाको बैठक लगत्तै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय तहको काम कर्तव्य र अधिकार विषयमा तालिम समेत प्रदान गरिएको छ। गाउँपालिका महासंघकी काननु अधिकृत अधिवक्ता गीता श्रीसले स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था र जनप्रतिनिधिको रुपमा खेल्नुपर्ने भूमिकाको बारेमा सहजीकरण गरेकी थिईन्।

लोकप्रिय
अर्को समाचार
नवौँ राष्ट्रिय खेलकुदः गाउँ–गाउँमा पुग्यो खेल विस्तारको सन्देश
०४ कार्तिक २०७९
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
नवौँ राष्ट्रिय खेलकुदः गाउँ–गाउँमा पुग्यो खेल विस्तारको सन्देश

लामो समयपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा त्यसको लाभ बागलुङले पनि प्राप्त गरेको छ।  

‘आइटिएफ तेक्वान्दो’कोउर्वरभूमि मानिने बागलुङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सोही खेल खेलाउने मौका पाएको थियो। यसले बागलुङको खेल क्षेत्रमा नयाँ आयाम थपिएको अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सचिव राजु खड्का बताए।  

'खेल सुरु हुने अन्तिम समयसम्म पनि बागलुङले कुन खेल खेलाउने भन्ने टुङ्गो लागेको थिएन”, खड्काले भने, 'तर बागलुङले अन्तिम समयमा भए पनि आइटिएफ खेलाउने अवसर प्राप्त गर्‍यो, यसले यहाँको खेलकुदमा राम्रो सन्देश दिएको छ।'  

खेल अवलोकनका लागि बागलुङ आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बागलुङमा आवश्यक खेल पूर्वाधारको प्रस्ताव गर्न आग्रह गरेका थिए।  'आइटिएफ’ भइरहेको कबर्डहल, नजिकै रहेको बाङ्गेचौर खेलमैदान र सदरमुकाममा रहेका अन्य खेल संरचनाको विषयमा उनले चासो राखेका थिए।  

'उनिहरुलाई यहाँ ल्याउने बहाना बन्यो नवौँ राष्ट्रिय खेलकुद, स्थलगत अवलोकनपछि उहाँहरुले दिएको वचन आगामी कार्यक्रममा पर्नेछन्', अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सचिव राजु खड्काले बताए। खेलका लागि बागलुङ आएका दुई सय ५० खेलाडीले कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोटलगायतका क्षेत्र भ्रमण गरेका थिए। प्रतियोगिताले बागलुङका गाउँगाउँसम्म खेल विस्तार गर्न सहयोग गर्ने खड्काको विश्वास छ।  

‘आइटिएफ’ प्रतियोगिताको उद्घाटनकै दिन बागलुङको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आफ्नो पालिकामा खेल विस्तार गर्न औपचारिक आग्रह गरेका थिए। उनले राष्ट्रियस्तरकै खेल गाउँमा गर्न सकिने बताए।  

राष्ट्रियस्तरको खेल हेरेका सर्वसाधारणमा समेत खेलप्रति आकर्षण बढाएको व्यवस्थापकीय जिम्मेवारी लिएको बागलुङ नगरपालिकाको विश्वास छ। 'खेललाई वडास्तरसम्म विस्तार गर्नुपर्छ, त्यसका लागि पूर्वाधार र वातावरण हामी बनाउँछौँ र यसका लागि सम्बन्धित व्यक्तिसँग आग्रह गरेका छौँ', बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, 'यो प्रतियोगिता खेलको महत्व बुझाउने माध्यम पनि बनेको छ।'

बागलुङ मार्सल आर्टका खेलका लागि प्रसिद्ध स्थान हो। ‘आइटिएफ तेक्वान्दो’का मात्रै बागलुङमा १८ डोजो छन्। जिल्लाभर एक हजार दुई सय खेलाडीले नियमित यो खेलको अभ्यास गर्ने गरेको ‘आइटिएफ तेक्वान्दो’ सङ्घ बागलुङको भनाइ छ।  

'म धेरै पहिले यहाँको क्याम्पसमा प्रदर्शन खेलका लागि आउँदा यहाँ कोही खेलेको देखिने थिएन, अहिले यो खेलको निकै विस्तार भएको पाएँ', ‘आइटिएफ तेक्वान्दो’ महासङ्घका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य अञ्जन धमलाले भने, 'अब यो खेलको थप विस्तार हुनेमा विश्वास छ।'

प्रतियोगिताले स्थानीयवासीमा पनि खेलप्रतिको चासो बढेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ बताए। कोरोना महामारीका कारण लामो समय थला परेका यहाँका व्यवसायीलाई पनि खेलले सकारात्मक प्रभाव छाडेको उनको भनाइ छ। प्रतियोगिता अवधिभर करिब तीन सय ५० खेलका खेलाडीसहितका टोलीका कारण यस क्षेत्रका होटल तथा रेष्टुराँले समेत यसको लाभ लिन सफल भएका छन्।  

'हाम्रो आतिथ्यता स्वीकार गरेर उनीहरु यहाँ आए, यसले खेलमात्रै नभई बागलुङको व्यवसाय र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ', व्यवसायी अर्जुन चोखालले भने, 'बागलुङ चिनाउने काम भएको छ, त्यसबाट सबै बागलुङवासीले प्रतिफल पाउँछन्। ' रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
पौँदीमा न्वागी पर्व सुरु ०५ मंसिर २०७८ २ मिनेट पाठ
दशैंमा हात रित्तै २५ असोज २०७८ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस