दशैं सुरु भयो। विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन्। सहरदेखि गाउँसम्म दशैंको रौनिक निकै बढेको छ। बागलुङको ढोरपाटनका बाढीपीडितलाई भने दशैंको रौनकले कत्ति पनि छुन सकेको छैन। उनीहरुलाई आफन्त गुमाएको पीडा र घर बनाउँदाको ऋणले सताइरहेको छ। विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा आएको भीषण बाढीले सयौँलाई घरबारविहीन बनाएको थियो भने कैयनलाई आफन्तविहीन बनाएको थियो।
बाढीमा परी ३८ बढीले ज्यान गुमाउनुपरेको थियो। त्यो कहालीलाग्दो घटनाले बाढीपीडिलाई अहिले पनि झस्काइरहन्छ। बाढीले घरविहीन भएका पीडितले जसोतसो घर त बनाए तर ऋण भने तिर्न सकेका छैनन्। उनीहरूलाई दैनिक के खाउँ केलाउँ भन्ने पिरले सताइरहेका बेला दैलै अगाडि आएका चाडपर्वले थप पीडा दिएको छ।
‘दशैं आयो, सबैका घरमा मीठा–मसिना पाक्न थाले, हाम्रो घरमा त बिहान बेलुकीको छाक टार्न पनि निकै सकस छ, बाढीले हामीहरूलाई बिचल्ली बनायो, काखको नानी बगायो, गरिखाने थातथलो बगायो’, बाढीपीडित कुलबहादुर विकले भने, ‘पहिले त जसोतसो चाडपर्व त राम्रोसँग बनाउँथ्यौँ, अहिले त मनले चाहेर मात्रै नहुने, मीठो–मसिनो पकाउने त टाढाको कुरा हो, बिहान बेलुकीको छाक टार्न पनि गाह्रो छ।’
विकले विभिन्न सङ्घसंस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ राहत पाएर घर बनाएको सुनाउँदै चार लाख रुपैयाँ आफूमाथि ऋण थुप्रिएको बताए। विक घर नबनाएको भए ऋण नराख्ने भन्दै अहिले तिर्न नसकेर समस्या भइरहेको बताउँछन्।
‘सङ्घसंस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ त पाइयो, प्रदेश सरकारले दिने भनेको ५० हजार रुपैयाँ आएन, राहत पाइएला भनेर घर बनाइयो, घर बनाउँदा छ लाख रुपैयाँ ऋण लाग्यो, चार लाख त मेरो काँधमाथि छ, बरु घर नबनाएर सानो छाप्रो बनाएर बस्नुपर्ने रहेछ, अहिले ऋणको ब्याज पनि तिर्न सकेको छैन, दिनदिनै ब्याज बढिरहेको छ’, विकले भने।
बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षीया नातिनी गरी चार जना बगाएको थियो। आफन्त र भएभरको सम्पत्ति गुमाएपछि विक्षिप्त बनेका कुलबहदुरका आँखा चाडपर्वमा परिवारका सदस्य सम्झिएर भिज्ने गर्छन्। यसबेला घरआँगनमा आएको चाडपर्वले बिर्सिन थालेको दर्दनाक पीडा बल्झाउने उनको भनाइ छ।
‘बाढीले मेरो जेठो छोरा, बुहारी, छोरी र नातिनी बगायो, अहिले पाँच जना छम्, मर्ने त मरिगइहाले, बाँचेकाले चाडबाड मनाउन र रङ्गरमाइलो गर्न खोज्छन्, साना–साना नानीहरूले मीठो खाने भन्छन्, राम्रो लाउने भन्छन्, मलाई बिहान बेलुकाको छाक कसरी टार्ने हो भन्ने पिर छ’, उनले भावुक हुँदै भने, ‘पैसा नहुँदा उनीहरुको इच्छालाई मार्नुपरेको छ, अरुका छोराछोरीले राम्रो लाएको मीठो खाएको देखेर होला, मैले पुर्याउन सकिनँ।’
बाढीमा श्रीमतीसहित भएभरको सम्पत्ति गुमाउनुभएका ढोरपाटन नगरपालिका–९ का होमबहादुर विकलाई दशैंको रौनकले छुनै सकेको छैन। आफन्तलाई जग्गा मागेर घर बनाएका विकलाई दिनरात ऋणले सताएको छ। श्रीमती बाढीमा परेपछि दुई छोरा हुर्काउने, पढाउने जिम्मेवारी विकको काँधमा छ। साहुको दिनदिनैको कचकचले उनी निकै तनावमा छन्।
‘सबैले दशैं आयो भन्छन्, मलाई त दशा आएको छ, दुई भाइ छोरा छन्, उनीहरुले मीठो–मसिनो खान खोज्छन्, त्यही खुवाउन सक्ने मेरो अवस्था छैन, बाढीले घरसहित मेरो अंशमा पर्ने सबै सम्पत्ति बगाएको थियो, आफन्तले जग्गा दिएर ऋण धन गरेर घर बनाएँ’, विकले भने, ‘अहिले किन बनाएछु भन्ने भयो, साहुले दिनदिनै आएर छानो निकाल्छु भन्छन्, लाखौँ ऋण छ, कमाई केही छैन कसरी तिर्ने हो, निकै समस्यामा छु म।’
बाढीमा जीवन सङ्गिनीसहित तीन सन्तान गुमाएका निमप्रकाश विकको पीडा पनि उस्तै छ। ज्याला मजदुरी गरे बिहान बेलुकीको छाक टार्दै आएका विकलाई पनि दशैंको चहलपहलले छोएको छैन। पच्चीस वर्षीया श्रीमती चनी विक, नौ वर्षीय जेठो छोरा, दुई वर्षीय माइलो छोरा र २२ दिनको कान्छो छोरासहित भएभरको जायजेथा सबै बगाएपछि विक अहिले घरबार र आफन्तविहीन छन्। विकलाई अहिले एक्लो ज्यानसमेत पाल्न धौधौ भइरहेको बेला चाडपर्वले थप पीडा दिएको छ।
‘गरीखाउँ भने ठाउँ छैन, बस्ने घर छैन, यही बेला दशैं आयो, दशैंले मलाई थप पीडा दिएको छ, सबैतिर रङ्गरमाइलो छ, मलाई बिहान के खाउँ बेलुकी के खाउँ भएको छ’, विकले भने, ‘परिवार हुँदा सबैलाई पाल्न सक्थेँ, अहिले एक्लो ज्यान पाल्न पनि साह्रै मुस्किल परेको छ, चाडपर्व आएको हो कि नआएको मलाई त केही पत्तो छैन, मन पिरैपिरले भरिएको छ, के को दसैँ, के को तिहार पहिलेको जस्तो रमझम छैन मलाई।’
बाढीले ढोरपाटन वडा नं ६, ७, ८ र ९ का ३८ जनाको ज्यान लिएको थियो। तेइस जनाको शव फेला परे पनि १५ जना अहिलेसम्म बेपत्ता छन्। बाढीले एक सय ३१ घरमा क्षति पुर्याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, ढलान पुल पाँचवटा, काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो।
ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले नगरपालिकाले उनीहरूका लागि पहिले राहतको व्यवस्था गरे पनि चाडपर्वका लागि कुनै सहयोग नगरेको बताए। उनले राहत नपाएका पीडितलाई प्रदेश सरकारबाट आएको रकम वितरण गर्नका लागि पहल गरिरहेको बताए।
‘बाढीपीडित अहिले पनि निकै समस्यामा हुनुहुन्छ, धेरैले राहत पाएका छन्, अझै केहीले पाएका छैनौँ भन्ने गुनासो गरेका छन्, प्रदेश सरकारबाट आएको राहत वितरणका लागि पहल थालेका छौँ”, उपप्रमुख कायतले भने, ‘चाडपर्वका लागि भनेर उनीहरूका लागि केही खर्च भने दिएका छैनौँ।
लामो समयपछि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा त्यसको लाभ बागलुङले पनि प्राप्त गरेको छ।
‘आइटिएफ तेक्वान्दो’कोउर्वरभूमि मानिने बागलुङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सोही खेल खेलाउने मौका पाएको थियो। यसले बागलुङको खेल क्षेत्रमा नयाँ आयाम थपिएको अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सचिव राजु खड्का बताए।
'खेल सुरु हुने अन्तिम समयसम्म पनि बागलुङले कुन खेल खेलाउने भन्ने टुङ्गो लागेको थिएन”, खड्काले भने, 'तर बागलुङले अन्तिम समयमा भए पनि आइटिएफ खेलाउने अवसर प्राप्त गर्यो, यसले यहाँको खेलकुदमा राम्रो सन्देश दिएको छ।'
खेल अवलोकनका लागि बागलुङ आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बागलुङमा आवश्यक खेल पूर्वाधारको प्रस्ताव गर्न आग्रह गरेका थिए। 'आइटिएफ’ भइरहेको कबर्डहल, नजिकै रहेको बाङ्गेचौर खेलमैदान र सदरमुकाममा रहेका अन्य खेल संरचनाको विषयमा उनले चासो राखेका थिए।
'उनिहरुलाई यहाँ ल्याउने बहाना बन्यो नवौँ राष्ट्रिय खेलकुद, स्थलगत अवलोकनपछि उहाँहरुले दिएको वचन आगामी कार्यक्रममा पर्नेछन्', अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सचिव राजु खड्काले बताए। खेलका लागि बागलुङ आएका दुई सय ५० खेलाडीले कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोटलगायतका क्षेत्र भ्रमण गरेका थिए। प्रतियोगिताले बागलुङका गाउँगाउँसम्म खेल विस्तार गर्न सहयोग गर्ने खड्काको विश्वास छ।
‘आइटिएफ’ प्रतियोगिताको उद्घाटनकै दिन बागलुङको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आफ्नो पालिकामा खेल विस्तार गर्न औपचारिक आग्रह गरेका थिए। उनले राष्ट्रियस्तरकै खेल गाउँमा गर्न सकिने बताए।
राष्ट्रियस्तरको खेल हेरेका सर्वसाधारणमा समेत खेलप्रति आकर्षण बढाएको व्यवस्थापकीय जिम्मेवारी लिएको बागलुङ नगरपालिकाको विश्वास छ। 'खेललाई वडास्तरसम्म विस्तार गर्नुपर्छ, त्यसका लागि पूर्वाधार र वातावरण हामी बनाउँछौँ र यसका लागि सम्बन्धित व्यक्तिसँग आग्रह गरेका छौँ', बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, 'यो प्रतियोगिता खेलको महत्व बुझाउने माध्यम पनि बनेको छ।'
बागलुङ मार्सल आर्टका खेलका लागि प्रसिद्ध स्थान हो। ‘आइटिएफ तेक्वान्दो’का मात्रै बागलुङमा १८ डोजो छन्। जिल्लाभर एक हजार दुई सय खेलाडीले नियमित यो खेलको अभ्यास गर्ने गरेको ‘आइटिएफ तेक्वान्दो’ सङ्घ बागलुङको भनाइ छ।
'म धेरै पहिले यहाँको क्याम्पसमा प्रदर्शन खेलका लागि आउँदा यहाँ कोही खेलेको देखिने थिएन, अहिले यो खेलको निकै विस्तार भएको पाएँ', ‘आइटिएफ तेक्वान्दो’ महासङ्घका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य अञ्जन धमलाले भने, 'अब यो खेलको थप विस्तार हुनेमा विश्वास छ।'
प्रतियोगिताले स्थानीयवासीमा पनि खेलप्रतिको चासो बढेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ बताए। कोरोना महामारीका कारण लामो समय थला परेका यहाँका व्यवसायीलाई पनि खेलले सकारात्मक प्रभाव छाडेको उनको भनाइ छ। प्रतियोगिता अवधिभर करिब तीन सय ५० खेलका खेलाडीसहितका टोलीका कारण यस क्षेत्रका होटल तथा रेष्टुराँले समेत यसको लाभ लिन सफल भएका छन्।
'हाम्रो आतिथ्यता स्वीकार गरेर उनीहरु यहाँ आए, यसले खेलमात्रै नभई बागलुङको व्यवसाय र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ', व्यवसायी अर्जुन चोखालले भने, 'बागलुङ चिनाउने काम भएको छ, त्यसबाट सबै बागलुङवासीले प्रतिफल पाउँछन्। ' रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।