प्रदेश १ मा खाद्य अवस्था, हचुवा तथ्यांकमा सरकार ढुक्क
०१ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रदेश १ मा खाद्य अवस्था, हचुवा तथ्यांकमा सरकार ढुक्क

लामो लकडाउनले मुलुक ठप्प बनेको दुई महिना बित्नै लागेको छ । कोरोना संक्रमण दर बढ्दै गएका कारण यो अवस्था कति लम्बिने हो, यकिन छैन । उत्पादनमूलक काम ठप्प हुँदा नागरिकको क्रयशक्ति पनि कमजोर बनिरहेको यो बेला खाद्य सामग्रीको जोहोको अवस्था के छ ? खाद्यवस्तुको मौजुदा अवस्थाले बाँकी समय धान्ला ?  

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, मन्त्रिपरिषद्का सबै सदस्य यी प्रश्नको उत्तर दिनुपर्दा ‘आत्तिनुपर्ने अवस्था नरहेको’ बताउँछन् । सार्वजनिक खपतका लागि उनीहरूले गर्ने यस्तो दाबी तथ्यसंगत भने छैन । किनभने प्रदेश १ मा यस्ता कुनै सरकारी कार्यालय छैनन्, जोसँग खाद्य सामग्रीको वास्तविक तथ्यांक होस् । बजार अनुगमनका क्रममा केही खाद्य पसलमा देखिएको स्टकलाई आधार मान्दै सरकारी कार्यालयहरू प्रदेशमा खाद्य सामग्री पुग्दो रहेको दाबी अघि सारिरहेका छन् । मुलुककै अन्नभण्डार मानिने यो प्रदेशमा खाद्यान्नकै अभाव हुने अवस्था तत्कालै नआउने कृषि विज्ञहरू बताउँछन् । तर अभावको अवस्था नआउने अनुमान गरेर सरकारी निकाय वास्तविक अवस्थाबारे बेखबर बनेर बस्न पनि नमिल्ने उनीहरूको भनाइ छ ।  

सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग मौज्दात रहेको धान र चामलबाहेक अन्यत्रको र अन्य खाद्यवस्तुको अवस्थाबारे सरकारी निकाय बेखबरजस्तै छन् । उनीहरूले उपलब्ध गराउने तथ्यांक केलाउँदा यस्तै देखिन्छ । खाद्य व्यवस्थाको विराटनगरस्थित प्रादेशिक कार्यालयको तथ्यांकअनुसार प्रदेश१ मा सात हजार ४९.३ क्विन्टल चामल मौज्दात छ । १६ हजार तीन सय क्विन्टल धान छ । ‘हामीले अन्य खाद्य सामग्रीको कारोबार नगर्ने हुँदा अन्यको थाहा हुँदैन,’ प्रादेशिक कार्यालयका प्रमुख देवेन्द्र राईले नागरिकसँग भने, ‘यो तथ्यांक पनि दुई साताअघिको हो ।’  

प्रदेशमा उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय पनि छ । उसले प्रदेशका विभिन्न जिल्लाका खाद्य सामग्रीको अवस्थाबारे तथ्यांक राख्ने गर्छ । तर लकडाउनका कारण तराईका केही जिल्लाबाहेक अधिकांश जिल्लाबाट उसलाई तथ्यांक नै आएको छैन । ‘जिल्लामा रहेको संयन्त्रले बजार अनुगमन गर्छ, त्यहीबाट प्राप्त तथ्यांक नै हामीले राख्ने हो,’ निर्देशनालयका निमित्त निर्देशक गौतम अमात्यले भने, ‘लकडाउनका कारण धेरै जिल्लामा नियमित बजार हुन सकेको छैन ।’ उनको भनाइबाट पनि यतिबेला सरकारी निकायहरूको अवस्था थाहा हुन्छ । प्रदेशका पहाडी र तराईका जिल्लामा खाद्यान्न पुग्दो अवस्थामा रहेको उनको भनाइ छ । यसको आधार उनको कार्यालयमा रहेको तथ्यांक हो ।  

उनका अनुसार झापाको बजार अनुगमन समितिले वैशाख ३१ गते बाह्रदसी गाउँपालिकाको अधिकांश र बिर्तामोडको एउटा खाद्य पसल अनुगमन गरेको थियो । त्यसक्रममा दुई सय ९३ बोरा चामल, नौ सय ५५ केजी दाल, एक सय ५५ केजी नुन, एक करोड ६९ हजार लिटर खानेतेल मौज्दात रहेको पाइएको थियो । त्यस्तै वैशाख २९ मा भोजपुरको अनुगमन हुँदा त्यहाँ २४ हजार नौ सय १० केजी दाल, एक लाख ७८ हजार एक सय केजी चामल, ६८ हजार केजी नुन र २२ हजार लिटर खानेतेल मौज्दात रहेको पाइएको थियो ।  

वैशाख २८ मा ओखलढुंगामा १२ हजार सात सय ४० केजी चामल, एक सय ९९ केजी दाल, चार सय ४५ केजी नुन, ६ सय ४० लिटर खानेतेल र ५२ केजी मसला स्टक रहेको देखिएको थियो । वैशाख २४ गते मोरङको सुन्दर हरैंचाको एउटा पसलमा २२ सय ५० केजी चामल स्टक देखिएको तथ्यांक पनि निर्देशनालयसँग छ । वैशाख २३ को तथ्यांकअनुसार पहाडी जिल्ला संखुवासभामा सात सय बोरा चामल, २३ बोरा दाल, ८८ बोरा नुन, एक सय ४९ कार्टुन खानेतेल, २७ कार्टुन मसला त्यहाँ उपलब्ध छ । तर जिल्लाको कुनै बजारमा भएको अनुगमनले जिल्लाभरिका बजारको अवस्था यहाँ पनि नदेखिने निर्देशनालय स्वयं बताउँछ ।  

तर कुन पसलमा कति चामल वा अन्य खाद्यान्न छ भन्ने आधारमा खाद्यवस्तु पुग्दो रहेको मान्न नसकिने जानकारहरू बताउँछन् । ‘कुनै साहुजीको पसलमा कति खाद्य सामग्री छ भन्ने विषयले खाद्यवस्तुको उपलब्धता आँकलन हुनै सक्दैन,’ कृषि सहकारीको क्षेत्रमा कार्यरत प्रेम बस्नेत भन्छन्, ‘सबैको क्रयशक्ति उस्तै हुँदैन । हुनेले जति पनि लिन सक्ने भए नहुनेले नसक्ने भए । यस्तो तथ्यांकका आधारमा पुग्दो छ भन्ने ठहरमा पुग्नु मिथ्या कल्पनामा रमाउनु हो ।’  

कृषि क्षेत्रका जानकारहरूले यसो भने पनि प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि संस्थाहरू यही तथ्यांकको आधारमा खाद्यवस्तु पुग्दो रहेकोमा ढुक्क छन् । उनीहरू ढुक्क हुनुको पछि उपभोक्ता हित संरक्षण निर्देशनालयकै तथ्यांक हो । जिल्लाको बजार अनुगमन समितिले निर्देशनालयलाई यो तथ्यांक पठाउँछ । उसले त्यही तथ्यांक प्रदेशको आपूर्ति समितिलाई र उसले मुख्यमन्त्री कार्यालयलाई पठाउँछ । प्रदेश सरकारले कोरोनाको कहरलाई ध्यानमा राख्दै वन वातावरण तथा पर्यटन मन्त्री जगदीश कुसियतको नेतृत्वमा आपूर्ति समिति बनाएको छ । समिति पनि निर्देशनालयकै तथ्यांकमा भर पर्ने मन्त्रालयले जनाएको छ ।  

मन्त्रालय स्रोतका अनुसार वास्तविक तथ्यांक संकलन हुन गाह्रो पर्छ । त्यसैले बजारको कुनै पसलकै उपलब्धताका आधारमा तथ्यांक बनाउनुपर्छ । ‘अब प्रदेशभर कति चामल छ भन्ने कुरा त घरघरै गएर हेर्न सक्ने अवस्था हुँदैन,’ आपूर्ति समितिका एक सदस्यले भने ‘स्याम्पलिङकै आधार हो । यो वास्तविक नहुन पनि सक्छ । प्रदेशमा खाद्य अभाव हुने अवस्था आउँदैन । त्यसैले पनि ढुक्क छौं ।’  यसबाट जनताको खाद्य अधिकारबारे सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट देखाउने सहकारीकर्मी बस्नेत बताउँछन् ।

लोकप्रिय
अर्को समाचार
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि
१४ चैत्र २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि

काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठजनामा कोभिड १९ पुष्टि भएको छ। पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ। जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो।  

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार सोमबार परीक्षण गरिएका नौवटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो। उनीहरू निमानियाको सिकायत लिएर अस्पताल पुगेका थिए। कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी  

डा. महर्जनले दिए। एक सातायता निमानियाको लक्षणसहित अस्पताल पुग्ने बिरामी बढेका छन्। कोभिड पुष्टि भएकालाई निमोनिया, श्वासप्रश्वास समस्या देखिएपछि आइसियुमै राखेर उपचार गर्नु परेको हो। निमोनिया, श्वासप्रश्वासको सिकायत लिएर अस्पताल पुग्नेमा ५०÷६० वर्षमाथिका र पहिला एकपटक कडा खालको कोभिड लागेका, मधुमेह र दम भएका बिरामी छन्।  

भर्ना भएका कोभिडका बिरामीलाई कडा समस्या देखिएपछि आइसियुमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसियु इन्चार्ज उषा देवकोटाले बताइन्। ‘कोभिड महामारी अन्त्य भएपछि यसबाट संक्रमित छिटपुट रूपमा देखिने गरेकोमा एक सातायता धेरैजना भर्ना हुुनु प¥यो,’ उनले भनिन्।

देवकोटाको अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा कोभिड १९ का बिरामी भेटिन थालेपछि अस्पतालहरूले थन्काएर राखेका उपकरणलई तयारी अवस्थामा राख्न लागेका छन्। ‘हामी बेड र उपकरण तयार गरी राख्दैछौं,’ उनले भनिन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मार्च १० भित्रको नमूना परिक्षण गर्दा बिभिन्न खालका मौसमी फ्लुहरू धेरै संख्यामा पुष्टि भएको छ। जनवरीदेखि मार्च १० भित्र परीक्षण गरेका २४ सय २६ वटा नमूनामध्ये चार सय १६ वटामा एचवान एन१, ३३ वटामा ए१ एच थ्री, ६२ वटामा कोभिड १९ र चारवटामा स्वाइन फ्लु पुष्टि भएको छ। पछिल्लो दुई साताको कोभिड परीक्षण तथ्यांक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छैन। पछिल्लो दुई सातायता कोभिड १९ को जिन सिक्वेन्सिङ पनि नगरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजराज भट्टले बताए। ‘एकै पटक धेरैजनामा पुष्टि भएपछि मात्र जिन सिक्वेन्सिङ गर्छाैं,’ उनले भने। इपिडिमियोेलोेजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा अहिले कोभिड १९ का सक्रिय संक्रमित ६ जना छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस