ताप्लेजुङ उद्योग वाणिज्य संघले शनिबार साँझ वीरेन्द्र चोकमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूले आइतवार विज्ञप्ति जारी गर्दै विरोध गर्ने क्रममा उद्योगी व्यवसायीको घरमा मसाल फाल्ने कार्य निन्दनीय भएको बताएका हुन् । निजी क्षेत्रलाई सहज वातावरण सृजना गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण बनाईदिन आग्रह गर्दै वाणिज्य संघले दुबै पक्षलाई संयमित र अनुशासित भइदिन अपिल गरेका छन् ।
जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाप्रति निजी क्षेत्र सम्वेदनशील भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत ताप्लेजुङ उद्योग बाणिज्य संघले लगानीमैत्री वातावरण तयार गरी निजी क्षेत्रलाई असल व्यवसायिक वातावरण निर्माण गरिदिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने सन्र्दभमा विगत देखि नै भइरहेका पक्ष र विपक्षका परिघटनाले ताप्लेजुङ जिल्लाको सामाजिक अवस्था गम्भिर मोडमा पुगेको निश्कर्ष समेत वाणिज्य संघको छ ।
वार्ता र सम्वादबाट सहमतिमा पुगी शान्त वातावरण बनाउन वाणिज्य संघले सबैलाई आग्रह गरेको छ ।
पवित्र हिमालयमा केबलकार परियोजनाविरुद्ध आदिवासी नेपालीफुङलिङ, नेपाल — कुहिरो लागेको हिमालयमा प्राचीन बाटो पहिल्याउँदै देभराज राईले एक दशक बिताएका छन्। उनी ठाडो पहाडको बाटो र घना जंगल हुँदै तीर्थयात्रीलाई पवित्र पाथीभरा देवी मन्दिरसम्म पुर्याउँथे। उनका लागि तल्लो फेदी २७०० मिटरको उचाइबाट ३७९४ मिटरको उचाइमा तीर्थयात्रीको बोझ बोक्नु कामभन्दा ठूलो कुरा बन्यो। उनी यसलाई एक गहिरो भावनात्मक अनुभव र पूजाझैं मान्दथे।
तर पाथीभरा केबलकार परियोजना शुरु हुन थालेपछि उनको जीवनशैली संकटमा पर्न थाल्यो। यसको विरोध गर्ने लिम्बू समुदायले यसलाई विकास नमानेर आफ्नो पवित्र भूमिलाई अपवित्र पारेको मान्दछन्।
नेपालको पूर्वी जिल्ला ताप्लेजुङमा ३ अर्ब (२१.८ मिलियन अमेरिकी डलर) लागतमा बन्न लागेको पाथीभरा केबलकार परियोजनाविरुद्ध विगत ६ वर्षदेखि चलिरहेको लिम्बुहरुको आन्दोलनले हिंसात्मक रुप लियो। फेब्रुअरीको अन्त्यमा भएको झडपमा २० भन्दा बढी मानिसहरु घाइते भएका थिए।
यस द्वन्द्वले विश्वभरका आदिवासी समुदायको अवस्था चित्रण गर्दछ। उनीहरुले विश्वमा ६ प्रतिशत मानिसको मात्र प्रतिनिधित्व गरेपनि पृथ्वीको एक चौथाइ भागको संरक्षण गरेका छन्। एक बृहत् अध्ययनले देखाए अनुसार संसारभरका आदिवासीहरुको लगभग ६० प्रतिशत जमिन औद्योगिक विस्तारको खतरामा परेको छ।
नेपालका केबलकारसँगै तनहुँ हाइड्रोपावर, सिंचाइका लागि सुनकोशी-मरिन नदीका बीच पानी पथान्तरण लगायतका धेरै विकास परियोजनाहरुले आदिवासी समुदायलाई विस्थापित गरेको छ। साथै, यी परियोजनाहरुले उनीहरुको पुर्ख्यौली भूमिको नाश, परम्परागत जीविकोपार्जनमा अवरोध र आदिवासी जीवनशैलीका अति महत्वपूर्ण वातावरणको विनाश गरेको छ।
हिन्दुहरुले मान्ने पाथीभरालाई लिम्बू परम्परामा मुक्कुम्लुङ (“शक्तिको ढुंगा”) भनिन्छ। लिम्बूहरुको मौखिक ज्ञान मुन्धुमले प्रकृति र संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेको संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बू बताउँछन्। लिम्बुहरुले सबैखालको विकासको विरोध नगरेपनि, आफ्नो पवित्रस्थलको संरक्षणको लागि विकास “डाँडाको फेदीमा मात्र” हुनुपर्ने माग गरेको उनी बताउँछन्।
प्रत्येक वर्ष लगभग ३ लाख हिन्दू भक्तजनहरू पाथीभरा मन्दिरमा घण्टौं पैदल यात्रा गर्छन्, फुङलिङका मेयर आमिर मादेन भन्छन्। केबलकारले एक दिनको पैदल यात्रालाई १० मिनेटमा झार्दै प्रति घण्टा १ हजार तीर्थयात्रीलाई यात्रा गराउनेछ।“राज्यले भूमिलाई बुझ्ने तरिका आदिवासी दृष्टिकोणबाट फरक छ। राज्यले यसलाई नियन्त्रण गर्ने भन्छ। जनजातिले भोगचलन गर्ने भन्छन,” काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयका अध्यापक राम गुरुङ भन्छन्।
विगतमा नेपालका लिम्बूहरुले परम्परादेखि चल्दै आएको र समुदायद्वारा स्वामित्व र व्यवस्थापन गरिएको किपट प्रणाली प्रयोग गर्थे। सन् १९६४ मा भूमि ऐनले किपटलाई हटाउँदै सबै भूमिलाई प्रत्यक्ष राज्यको स्वामित्वमा रहेको रैकर प्रणालीमा रुपान्तरण गर्यो। त्यसबेलादेखि, सो समुदायले नेपालमा आफ्नो राजनीतिक आधार प्राप्त गर्न संघर्ष गरिरहेको छ। उनीहरुलाई एकीकृत गर्न शैक्षिक अवरोध र परम्परागत संरचनाको क्षतिले बाधा पारेको छ।
पर्यटनमा नगद आम्दानी गर्ने नेपालको महत्वाकांक्षी प्रयासको केबलकार प्रतीक बनेको छ। सन् २०२३ मा यसले राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ६ प्रतिशत भन्दा बढी योगदान पुर्याएको थियो। सन् २०१८ मा नेपालको राष्ट्रिय योजना आयोगले यस परियोजनालाई प्राथमिकतामा राख्दै ३० वर्षको लागि प्रयोग गर्न दिई ४.९७ हेक्टर (१२ एकडभन्दा बढी) जंगलमा १० हजारभन्दा बढी रुखहरु काट्न स्वीकृति दिएको थियो।
यस परियोजनाले वातावरणमा पार्ने प्रभाव बाहेक ६ सयजना भन्दा बढी भरियाहरु, ३० साना व्यवसायहरु र १७ सय घरलाई संकटमा पार्ने पाथीभरा क्षेत्र विकास समितिका राजेन्द्र महतो बताउँछन्।
यसरी समस्यामा पर्नेहरुमध्येमा ६१ वर्षीय ठग बहादुर कार्की एक हुन्। उनले पाथीभरा जाने बाटोमा १३ वर्षसम्म चन्द्रमा होटेल चलाए। तर हाल उनलाई एकातिर सरकारी जग्गा अतिक्रमण गरेको आरोप लागेको छ भने अर्कोतिर केबलकारले गर्दा पैदल यात्री घट्ने र उनको व्यवसाय खतरामा पर्ने चिन्ता पनि छ।
गुरुङ भने केबलकार निर्माण भइसकेपछि त्यसको संरक्षणको लागि ल्याइएको ऐन कानून नीतिले जङ्गलका संरक्षक आदिवासीलाई उनीहरुको भूमिका तथा जङ्गलबाट पनि बिस्तारै अलग्याउँदै जाने चेतावनी दिन्छन्।
प्रत्येक रात राईको पाथीभराको यात्रा समाप्त हुन्छ र प्रत्येक बिहान उही आशा र विश्वासका साथ फेरि सुरु हुन्छ। उनी भन्छन्, “हामी केवल हाम्रो पेशाको लागि लडिरहेका छैनौं। हामी पाथीभराको शक्तिको क्षय रोक्न लडिरहेका छौं।”
( सुनिता न्यौपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो लेख सुरुमा ग्लोबल प्रेस जर्नलमा प्रकाशित भएको हो ।)
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।