पाथीभरा विवाद : ‘सबै पक्षलाई वार्ता र संवादमा जुट्न अपिल’
१२ वैशाख २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
पाथीभरा विवाद : ‘सबै पक्षलाई वार्ता र संवादमा जुट्न अपिल’

युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन सबै पक्ष तयार रहन आग्रह गरेका छन् । ‘पहिचानका लागि युवा’ संस्थाले बिहीबार पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्ता र संवादमार्फत समाधान गर्न आग्रह गरेको हो ।

उनीहरुले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान तयार रहेको समेत बताए । संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकास विरोधी नरहेको र समस्या समाधानका लागि सरकारसँग खुला ढङ्गले वार्ता गर्न तयार रहेको बताए ।

सबै आन्दोलनरत समूहहरू समेटी सरकारले वार्तालाई गम्भीरतापूर्वक अघि नबढाएको गुनासो गर्दै उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि निष्कर्षमा पुग्न नसकेको उल्लेख गरे । समस्या समाधानका लागि सबैको ध्यानाकर्षण गर्न काठमाडौँमा पत्रकार सम्मेलन गरिएको अध्यक्ष चोङवाङको भनाइ थियो ।

केबलकार निर्माण बन्द गर्ने मात्र एजेन्डाले पहिचानका मुद्दा बलियो नहुने उल्लेख गर्दै उनले पहिचान संरक्षणका लागि जनस्तरमा रहेका सबै सङ्घ–संस्थासँग वार्ता र संवाद हुनुपर्नेमा जोड दिए ।

लिम्बुवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको पहिचानसँग जोडिएको धरोहर रहेकाले केबलकार निर्माण गर्दा पहिचानको सम्वद्र्धनको ग्यारेन्टी हुनुपर्ने उल्लेख गरे । उनले विश्वका अधिकांश राजनीतिक आन्दोलनहरू वार्ता र संवादबाटै समाधान भएको उदाहरण दिँदै, “केबलकार निर्माणको विषय पनि संवादमार्फत हल हुनुपर्छ बताए ।  

पहिचानका लागि युवाका केन्द्रीय संयोजक बिराज आङदम्बे लिम्बूले स्थानीय पहिचान र विकाससँग जोडिएका विषयमा सबै पक्षमा गम्भीरता देखिनु पर्नेमा जोड दिए ।

अर्को समाचार
पवित्र हिमालयमा केबलकार परियोजनाविरुद्ध आदिवासी नेपाली
११ जेष्ठ २०८२
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
पवित्र हिमालयमा केबलकार परियोजनाविरुद्ध आदिवासी नेपाली
लिम्बू समुदायमा मुक्कुम्लुङको नामले चिनिने ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरबाट देखिएको दृश्य। तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल

पवित्र हिमालयमा केबलकार परियोजनाविरुद्ध आदिवासी नेपालीफुङलिङ, नेपाल — कुहिरो लागेको हिमालयमा प्राचीन बाटो पहिल्याउँदै देभराज राईले एक दशक बिताएका छन्। उनी ठाडो पहाडको बाटो र घना जंगल हुँदै तीर्थयात्रीलाई पवित्र पाथीभरा देवी मन्दिरसम्म पुर्‍याउँथे। उनका लागि तल्लो फेदी २७०० मिटरको उचाइबाट ३७९४ मिटरको उचाइमा तीर्थयात्रीको बोझ बोक्नु कामभन्दा ठूलो कुरा बन्यो। उनी यसलाई एक गहिरो भावनात्मक अनुभव र पूजाझैं मान्दथे।

तर पाथीभरा केबलकार परियोजना शुरु हुन थालेपछि उनको जीवनशैली संकटमा पर्न थाल्यो। यसको विरोध गर्ने लिम्बू समुदायले यसलाई विकास नमानेर आफ्नो पवित्र भूमिलाई अपवित्र पारेको मान्दछन्।

नेपालको पूर्वी जिल्ला ताप्लेजुङमा ३ अर्ब (२१.८ मिलियन अमेरिकी डलर) लागतमा बन्न लागेको पाथीभरा केबलकार परियोजनाविरुद्ध विगत ६ वर्षदेखि चलिरहेको लिम्बुहरुको आन्दोलनले हिंसात्मक रुप लियो। फेब्रुअरीको अन्त्यमा भएको झडपमा २० भन्दा बढी मानिसहरु घाइते भएका थिए।

पाथीभरा मन्दिर जाने बाटोमा भारी बोकेपछि पोट्रेट फोटो खिचाउँदै देभराज राई। विगत एक दशकदेखि राईले सो पवित्र स्थलसम्म हिंड्न नसक्ने भक्तजनहरुलाई बोकेर मन्दिरसम्म पुर्‍याउँदै आएका छन्। तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
“यो परियोजनाले नेपालमा आदिवासी समुदायहरुलाई असर गर्ने विस्थापनको फराकिलो प्रवृत्तिको उदाहरण दिन्छ,” काठमाडौंस्थित गैर-नाफामुखी संस्था मार्टिन चौतारीकी अनुसन्धानकर्ता कैलाश राई भन्छिन्। “प्रतिरोध आदिवासी जनताको ठूलो आन्दोलनको एक हिस्सा हो। उनीहरुले बारम्बार आफ्नो भूमि र साँस्कृतिक सम्पदाको मूल्यमा विकास भएको देखेका छन्।”

यस द्वन्द्वले विश्वभरका आदिवासी समुदायको अवस्था चित्रण गर्दछ। उनीहरुले विश्वमा ६ प्रतिशत मानिसको मात्र प्रतिनिधित्व गरेपनि पृथ्वीको एक चौथाइ भागको संरक्षण गरेका छन्। एक बृहत् अध्ययनले देखाए अनुसार संसारभरका आदिवासीहरुको लगभग ६० प्रतिशत जमिन औद्योगिक विस्तारको खतरामा परेको छ।  

नेपालका केबलकारसँगै तनहुँ हाइड्रोपावर, सिंचाइका लागि सुनकोशी-मरिन नदीका बीच पानी पथान्तरण लगायतका धेरै विकास परियोजनाहरुले आदिवासी समुदायलाई विस्थापित गरेको छ। साथै, यी परियोजनाहरुले उनीहरुको पुर्ख्यौली भूमिको नाश, परम्परागत जीविकोपार्जनमा अवरोध र आदिवासी जीवनशैलीका अति महत्वपूर्ण वातावरणको विनाश गरेको छ।  

हिन्दुहरुले मान्ने पाथीभरालाई लिम्बू परम्परामा मुक्कुम्लुङ (“शक्तिको ढुंगा”) भनिन्छ। लिम्बूहरुको मौखिक ज्ञान मुन्धुमले प्रकृति र संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेको संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बू बताउँछन्। लिम्बुहरुले सबैखालको विकासको विरोध नगरेपनि, आफ्नो पवित्रस्थलको संरक्षणको लागि विकास “डाँडाको फेदीमा मात्र” हुनुपर्ने माग गरेको उनी बताउँछन्।  

प्रत्येक वर्ष लगभग ३ लाख हिन्दू भक्तजनहरू पाथीभरा मन्दिरमा घण्टौं पैदल यात्रा गर्छन्, फुङलिङका मेयर आमिर मादेन भन्छन्। केबलकारले एक दिनको पैदल यात्रालाई १० मिनेटमा झार्दै प्रति घण्टा १ हजार तीर्थयात्रीलाई यात्रा गराउनेछ।“राज्यले भूमिलाई बुझ्ने तरिका आदिवासी दृष्टिकोणबाट फरक छ। राज्यले यसलाई नियन्त्रण गर्ने भन्छ। जनजातिले भोगचलन गर्ने भन्छन,” काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयका अध्यापक राम गुरुङ भन्छन्।

विगतमा नेपालका लिम्बूहरुले परम्परादेखि चल्दै आएको र समुदायद्वारा स्वामित्व र व्यवस्थापन गरिएको किपट प्रणाली प्रयोग गर्थे। सन् १९६४ मा भूमि ऐनले किपटलाई हटाउँदै सबै भूमिलाई प्रत्यक्ष राज्यको स्वामित्वमा रहेको रैकर प्रणालीमा रुपान्तरण गर्‍यो। त्यसबेलादेखि, सो समुदायले नेपालमा आफ्नो राजनीतिक आधार प्राप्त गर्न संघर्ष गरिरहेको छ। उनीहरुलाई एकीकृत गर्न शैक्षिक अवरोध र परम्परागत संरचनाको क्षतिले बाधा पारेको छ।

भक्तजनहरु यस पवित्र स्थलमा पूजा-अर्चना गर्छन्। यस क्षेत्रलाई अपवित्र पार्दै वातावरण र संस्कृतिलाई संकटमा पारेको भन्ने आदिवासी समूहको विरोधको बाबजुद केबलकार परियोजना जारी रहेकोले शताब्दी पुरानो यो तीर्थस्थल हाल विवादमा परेको छ। तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
यस केबलकार परियोजनाले उनीहरुको विगतको गुनासोलाई सामु ल्याइदिएको छ।

पर्यटनमा नगद आम्दानी गर्ने नेपालको महत्वाकांक्षी प्रयासको केबलकार प्रतीक बनेको छ। सन् २०२३ मा यसले राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ६ प्रतिशत भन्दा बढी योगदान पुर्‍याएको थियो। सन् २०१८ मा नेपालको राष्ट्रिय योजना आयोगले यस परियोजनालाई प्राथमिकतामा राख्दै ३० वर्षको लागि प्रयोग गर्न दिई ४.९७ हेक्टर (१२ एकडभन्दा बढी) जंगलमा १० हजारभन्दा बढी रुखहरु काट्न स्वीकृति दिएको थियो।

यस परियोजनाले वातावरणमा पार्ने प्रभाव बाहेक ६ सयजना भन्दा बढी भरियाहरु, ३० साना व्यवसायहरु र १७ सय घरलाई संकटमा पार्ने पाथीभरा क्षेत्र विकास समितिका राजेन्द्र महतो बताउँछन्।

यसरी समस्यामा पर्नेहरुमध्येमा ६१ वर्षीय ठग बहादुर कार्की एक हुन्। उनले पाथीभरा जाने बाटोमा १३ वर्षसम्म चन्द्रमा होटेल चलाए। तर हाल उनलाई एकातिर सरकारी जग्गा अतिक्रमण गरेको आरोप लागेको छ भने अर्कोतिर केबलकारले गर्दा पैदल यात्री घट्ने र उनको व्यवसाय खतरामा पर्ने चिन्ता पनि छ।

ताप्लेजुङ जिल्लास्थित पाथीभरा मन्दिरमा भक्तजनहरु यात्रा गर्दै। यहाँ करिब ३ लाख हिन्दू तीर्थयात्री प्रत्येक वर्ष यात्रा गर्दछन्। तस्बिर : सुनिता न्यौपाने, जिपिजे नेपाल
सरकारले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा माघ २० गते वार्ता समिति गठन गरेको छ। तर दुईपटक वार्ता हुँदा पनि समस्या भने समाधान हुन सकेको छैन। भट्टराई माग पूरा गर्नेतर्फ इंगित गर्छन् र परियोजना खारेजी बाहेकका सबै विकल्प खुल्ला रहेको बताउँछन्।

गुरुङ भने केबलकार निर्माण भइसकेपछि त्यसको संरक्षणको लागि ल्याइएको ऐन कानून नीतिले जङ्गलका संरक्षक आदिवासीलाई उनीहरुको भूमिका तथा जङ्गलबाट पनि बिस्तारै अलग्याउँदै जाने चेतावनी दिन्छन्।  

प्रत्येक रात राईको पाथीभराको यात्रा समाप्त हुन्छ र प्रत्येक बिहान उही आशा र विश्वासका साथ फेरि सुरु हुन्छ। उनी भन्छन्, “हामी केवल हाम्रो पेशाको लागि लडिरहेका छैनौं। हामी पाथीभराको शक्तिको क्षय रोक्न लडिरहेका छौं।”

( सुनिता न्यौपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो लेख सुरुमा ग्लोबल प्रेस जर्नलमा प्रकाशित भएको हो ।) 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस