कुटपिट गरी हत्या गरेको अभियोगमा ताप्लेजुङका एक युवक पक्राउ
०६ फागुन २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कुटपिट गरी हत्या गरेको अभियोगमा ताप्लेजुङका एक युवक पक्राउ

छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुका २२ बर्षिय सुवास लिम्बू पक्राउ परेका हुन् । उनीमाथि फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यान सम्वन्धी कसुरमा ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

इखाबु खुपातालका छत्रबहादुर लिम्बूको सुद्धाई कार्यमा निज सुवासले स्थानीय ५६ वर्षीय बृखबहादुर लिम्बूलाई मुक्काले संवेदनशिल अंगमा प्रहार गरी घाइते बनाएको र निज बृखबहादुरको सोहि चोट पींडाका कारण मृत्यु भएको भन्ने सूचनाका आधारमा प्रहरीले सुवासलाई पक्राउ गरेको जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

अर्को समाचार
सुर्खेतमा ठगी धन्दा: स्काई ड्रिम र ग्लोवल ओरियन्समार्फत् करोडौंको ठगी, ८ जना पक्राउ
०६ साउन २०८२
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
सुर्खेतमा ठगी धन्दा: स्काई ड्रिम र ग्लोवल ओरियन्समार्फत् करोडौंको ठगी, ८ जना पक्राउ

वीरेन्द्रनगर नगरपालिका–३ स्थित स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि र यसमार्फत आबद्ध ग्लोवल ओरियन्स नेपाल प्रा.लि ले बेरोजगार युवायुवतीलाई विदेश रोजगारी, सीपमूलक तालिम, राम्रो तलब सुविधा र आवासको प्रलोभन देखाउँदै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले पीडितहरूको जाहेरीको आधारमा ठगी धन्दा गर्ने स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि र ग्लोवल ओरियन्स नेपाल प्रा.लिमा आवद्ध ८ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।  

देशका विभिन्न जिल्लाबाट आएका बेरोजगार युवायुवतीलाई वार्षिक बीस हजार तिरेर खाना, बस्न र कोठा दिने भन्दै कम्पनीमा राखी नेटवर्किङ मार्केटिङ मार्फत काम लगाइएको थियो । कामको नाममा नयाँ सदस्य भित्र्याउन दबाब दिइने र हरेक व्यक्तिबाट पचास हजारदेखि दुई लाख साठी हजारसम्म असुली गर्ने गरिएको पीडितहरुले बताएका छन् ।

यसरी झुक्याएर स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि र ग्लोवल ओरियन्स नेपाल प्रा.लिले करोडौं रुपैयाँ असुल गरेको पाइएको छ ।  

केही सञ्चालक तथा कर्मचारीहरुलाई प्रहरीले खोजतलास तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंह बुट थापाले जानकारी दिए ।  

पक्राउ पर्नेमा नरेश बोहरा (जिल्ला डोटी, सायल गाउँपालिका वडा नम्बर २), कृष्ण धामी (जिल्ला दार्चुला, महाकाली गाउँपालिका वडा नम्बर ४), कमल शाही (जिल्ला अछाम, कमल बजार नगरपालिका वडा नम्बर ६), रविन्द्र शाही (जिल्ला अछाम, कमल बजार नगरपालिका वडा नम्बर ६), मनिषा सिंह (जिल्ला कञ्चनपुर, महाकाली नगरपालिका वडा नम्बर २), निर्मला धामी (जिल्ला कञ्चनपुर, बेल्डाँडी गाउँपालिका वडा नम्बर १), सुनिता साउद (जिल्ला बैतडी, सिगास गाउँपालिका वडा नम्बर ६) र कमला चिमाला (जिल्ला डोटी, बडिकेदार गाउँपालिका वडा नम्बर ४) लाई प्रहरीले पक्राउ गरेको छ ।  

पीडितहरूका अनुसार, ठगीमा संलग्न भनिएका व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाहीको माग गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस