मोरङको रंगेलीबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो रंगेली नगरपालिका–८ बाट लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई गरेको प्रहरीले जनाएको छ । गोली चलाएर ठुलो परिणामा लागूऔषध ब्राउन सुगरका साथ १ भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनले रंगेली– ८ स्थित डिल्लीराम श्रेष्ठको घरबाट लागुऔषध कारोबारी १ जना भारतीय महिला र २ जना स्थानीय पुरुष भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनु परेको बताइन् ।
श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्ने सोही वडाका ५४ वर्षीय कृत्यानन्द ठाकुर र ३० वर्षीय सुशील बुढाथोकी तथा भारत अररिया जिल्लाको कुर्शाकट्टा घर भएकी ५० वर्षीया हसिना भन्ने बिजली खातुन पक्राउ परेका छन् । ठाकुरले श्रेष्ठको घरमा कोठामा भाडामा लिएर बस्ने गरेको बताउँदै, डिएसपी चुँडालले भनिन्, ‘ठाकुरले भाडामा लिएको कोठाबाट ३ जनाका साथै ४ सय २५ ग्राम ब्राउन सुगर बरामद भएको थियो । यो ब्राउन सुगर मोरङमा पहिलो पटक यति ठूलो परिमाणमा बरामद भएको हो । उनीहरुको साथबाट नगद १ लाख २१ हजार र ४ वटा आइफोन भेटिएको भएको छ ।’
लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय लागुऔषध अनुसन्धान ब्युरो काठमाडौं, लागुऔषध अनुसन्धान ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले लागुऔषधसहित कारोबार पक्राउ गरको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको र अनुसन्धानपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।