सदरमुकाम गाईघाटबाट एक युवक प्रतिबन्धित लागू पदार्थसहित आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका- ११ पुरानो गाईघाटका ३० वर्षीय विनोद चौधरी रहेका छन् ।
उनलाई त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटेको टोलीले दिउँसो एक बजे पुरानो गाईघाटबाट नियन्त्रणमा लिएको हो । चौधरीको साथबाट १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र नेपाली नगद ३ हजार ४ सय रुपैयाँ बरामद भएको छ ।
उनलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान होङले बताएका छन् ।
कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका– ६ कन्चनीय पुल नजिकैबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
शिबराज नगरपालिका ४ चनईका २६ वर्षिय दुर्गा जैसवालको साथबाट सो लागु औषध बरामद गरिएको हो। कन्चनिया पुल नजिक लु ३७ प ५०७४ नम्बरको मोटरसाईकल लाई ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट खटिएको प्रहरी गस्ति टोलीले रोकी चेकजाँच गर्ने क्रममा सो लागु औषध बरामद भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढ्रुंगेलले बताए।
खान तलासी लिदा १० वटा प्लाष्टिकको पोका बनाई त्यसमा ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको थियो। जैसवालको साथबाट एक थान मोबाईल, नेपाली र एयर टेलको सिम समेत बरामद भएको थियो। पक्राउ परेको युवालाई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।