लागुऔषध ब्राउन सुगरसहित प्रहरीले मोरङको मिक्लाजुङबाट १ जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–६ कसेनीका २६ वर्षीय विक्रम लावती रहेको मोरङ प्रहरीले जनाएको छ। लावतीले आफ्नै घरमा लुकाइ रहेको १५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन)बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
सोमबार दिउँसो लावतीको घरमा छापा हान्दा कोठाबाट ब्राउन सुगर, किनबेचमा प्रयोग गरिने मेसिन, मोबाइल र ५ हजार २५ रूपैयाँ नगदसाथबाट बरामद भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी लागुऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको विराटनगरबाट लागु औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतको जोगबनीबाट विराटनगर–१७ स्थित मटेरुवा नाका हुँदै आउँदै गरेका २ जनाको साथबाट लागु औषध ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीले जनाएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका–१ का ३० वर्षीय सुशान्त रिजाल ब्राउनसुगरसहित पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई शंका लागी चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला परेको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।