सबिन बाँस्कोटा, उमेर मात्र १८ वर्ष । काम भने एउटा अनुभवी र पाका मान्छेको भन्दा अब्बल । कक्षा ११ मा अध्ययनरत । उनी आफैंले बनाएको इलेक्ट्रिक मोटरसाइकल चढेर झण्डै १२ किलोमिटर टाढा बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय आइजाई गर्छन् । विज्ञान विषय लिएर अध्ययन गरिरहेका सबिनको दिनचर्या औसत नेपालीको भन्दा फरक छैन । झापाको बुद्धशान्ति– १ मा रहेको उनको घर सामान्य अवस्थाको छ । दिदीको विवाह भइसक्यो । ठुलोबुवा र ठुलीआमाको मृत्यु भएपछि उनीहरुका छोरालाई सानैदेखि बुवाले आफ्नै सरह पालनपोषण गरेकाले सबिनका एक दाजु छन् । बुवा कुलप्रसाद अटोरिक्सा चलाउछन् अनि आमा चेलीदेवी घरायसी काम सम्हाल्छिन् ।
पाँचथर गोपेटार पञ्चमीको सिबुवा (अहिले हिलिहाङ गाउँपालिका) बाट ८ वर्षअघि बुवाको कमिज समाउँदै तराईं झरेका हुन्, सबिन । अहिले बुधबारे कर्म क्षेत्र । बुधबारेमा नै उनले बाल्यकाल बिताए । जुँगाको रेखी बस्यो । स्वर बदलियो । किशोर अवस्था हुँदै अब उनी युवा पंक्तिमा उक्लने तरखरमा छन् । बुधबारे झरेपछि किशोरवयमा प्रवेश गरेका उनले गुच्चा खेलेर समय बिताएनन् । सुपारीको रुख चढेर खुट्टा मर्काएनन् । छिमेकीको बारीमा छिरेर कहिल्यै आँप चोरेनन् । हाँगा नै लुछेर लिची खाएनन् । बाल्यकालका स्वर्णिम सम्झनाहरु उनीसँग थोरैमात्र छन्, ती पनि रेडियो, टेलिभिजन, टर्चलाइट खोतलखातल पारेका, जोड्न नजानेका, बुवाआमाको गाली खाएका आदिइत्यादि । विद्युतीय सामग्रीसँग खेलेका मीठा–नमिठा थुप्रै याद र अनुभवलाई उनी सिकाइको पहिलो पाइलाका रुपमा लिन्छन् ।
यो समाचार पढ्न निःशुल्क खाता बनाउनुहोस् वा लगइन गर्नुहोस्।