सडकले समृद्धिको बाटोमा पातारासी
१२ कार्तिक २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
सडकले समृद्धिको बाटोमा पातारासी

जुम्लाको पातारासी गाउँपालिका–१ मुनबहादुर बुढाले केही वर्षअघिसम्म गाउँमा सडक आउँछ भनेर कल्पनासमेत गरेका थिएनन्। घन्टौँ हिँडेर जुम्लाको सदरमुकाम खलंगा बजार पुग्ने गरेका उनी घर नजिकैबाट गाडी ओहोरदोहोर हुन थालेको देख्दा दङ्ग छन्।

‘घरै नजिकै स्कुल जाने सडक, घरमुनि बजार जाने सडक छ’, उनी भन्छन्, ‘यत्तिको सुविधा होला भन्ने कल्पनासमेत गरेको थिइन्। अहिले त गाडी दुनुन्न हिँड्छन् आनन्द छ।’

मुनबहादुर धेरै पटक भारी बोकेर जुम्ला बजार पुग्थे। त्यतिबेला बाटोमा बास बसेर भोलिपल्ट मात्र सदरमुकाम पुगिन्थ्यो। ‘अहिले बिहान गएर बेलुका घरमै आइपुगिन्छ, सडक निर्माणले निकै सुविधा भएको छ’, मुनबहादुर भन्छन्।

सडक सुविधा पुगेपछि गाउँमा मोटरसाइकल र साना गाडी चढेर घुम्न आउनेहरु पनि बढेका छन्। ‘अब स्थानीय, प्रदेश र संघीय सरकारले यो बाटोमा पर्ने खोल्साखाल्सीमा पुल हाल्दिने, पिच गर्न बाँकी रहेको ठाउँमा राम्रो बनाइदिनुपर्छ’, उनले भने, ‘बाटो अलि साँघुरो छ। ठूलो गाडी पनि गुडाउन मिल्ने गरी बाटो बनाउनुपर्छ।’

सडकले गाउँघरमा समृद्धि ल्याएको सोही वडाका युवा हर्कबहादुर बुढा बताउँछन्। उनले आफ्नो पाखाभित्ताका हरेक उत्पादनलाई अचेल यही सडकको सहायताले बजार पुर्याउँछन्। ‘हाम्रा लागि सडक वरदान बनेको छ’, उनले भने, ‘सडक नहुँदा हामी बारीमा फल्ने तरकारी बस्तुलाई खोले (पिडो) दिन्थ्यौँ। अहिले भने बजारमा बिक्छ।’

उनका अनुसार हिउँद होस् या बर्खा, अचेल तरकारी, स्याउ, सिमी, आलु, फापर, कोदो, कागुनो, तोरी लिन गाडी टोलटोलमै पुग्छ। पैसा हातहातै दिन्छन्।

‘सडकले सजिलो बनायो’, उनले भने, ‘हामीले पनि बाँझो बारीमा तरकारी फलाउन थाल्यौँ, विस्तारै सबैको आर्थिक अवस्थामाथि लाँदैछ।’

गाउँ–गाउँसम्म विस्तार हुँदै गएको सडक सञ्जालले सर्वसाधारणको जीवनशैलीमा लगातार सकारात्मक परिवर्तन ल्याइरहेको छ।

‘केही वर्षअघिसम्म पनि हातमा रुपैयाँ–पैसा पार्न टाढाको बजार धाएर खोडा खच्चड प्रयोग गरेर अन्नपात नै बेच्नुपर्ने बाध्यताका गाउँलेको अहिले बारीमै तरकारी बिक्छ, यता पातारासी–५ रामकला बुढा भन्छिन्, ‘सडकले विकासको लहर आउने रहेछ। पहिला हाम्रो क्षेत्रमा उत्पादन भएको स्याउ, सिमी, आलु र तरकारी बिक्री गर्न पिठ्युँमा बोकेर बजार  झार्नुपर्ने बाध्यता थियो। अहिले बोटबाटै बिक्री हुन्छ।’

सडकको सहजता थपिएपछि स्थानीय किसानमा व्यावसायिक रुपमा खेती गर्ने धारणाको पनि विकास भएको रामकला बताउँछिन्।

सडकले स्थानीयको आर्थिक हैसियत बलियो पार्दै लगेको गाउँपालिकाले जनाएको छ। खाद्य संस्थानले बाँड्ने पाँच केजी चामल लिन दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता थियो। पाँच केजी चामल पाउन हजारौं रकम खर्च गर्नुपर्ने परिस्थिति थियो।

नुन चामलले हैरानी खेपेका स्थानीयले अहिले घरमै चामल र नुन उपयोग गर्न पाएका छन्। ‘अहिले त भनेकै बेला घर आँगन (ओटालो) मै चामल, दाल, नुन, तेल चिनी लगायत खाद्यान्न आइपुग्छ,’ बुढा भन्छिन्, ‘सडक पुगेपछि अहिले निजी अस्पताल र क्लिनिक गाउँमै सञ्चालित छन्। गम्भीर खालका बिरामी बोकेर ल्याउनु परेको छैन। घरदैलोमै एम्बुलेन्स कुदिरहेका छन्। अहिले घरघरमा नेट चल्छ। विश्वभरका गतिविधि गाउँमै थाहा पाइन्छ।’

सडकसँगै शिक्षा, स्वास्थ्य तथा कृषिका कामहरू हरेक बस्तीमै हुने गरेका छन्। यता पातारासी गाउँपालिकाका पूर्व अध्यक्ष लछिमन बोहोराले यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल, सबै सिधै बजार झर्ने गरेको बताए।

‘गाउँलेले भारी बोक्नुपर्ने बाध्यता हटेको छ’, उनले  भने, ‘सडकका कारण गाउँको मुहारनै परिवर्तन भएको छ। सडक निर्माणकै कारण विश्वको अग्लो स्थान मार्सी धान फल्ने छुमचौरमा ज्युलो, शंकर झरना, मानवशास्त्री डोरबहादुर विष्टले बनाएको इष्टिच्यूट हेर्न पनि आन्तरिक तथा बाहृय पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ।’

पहिले यहाँ फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गर्थे, अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन्। गाउँपालिकाको मुख्य आम्दानीको स्रोत कृषि, जडिबुटी र पर्यटन हो। उनले भने, ‘सडक पुगिसकेपछि रैथाने बाली अनुसार प्रत्येक वडामा पकेट क्षेत्र तोकिएको छ।’

गाउँपालिकामा ७ वटा वडा छन्। हरेक बस्तीमा एम्बुलेन्स पुग्छन्। कच्ची सडक भएकोले समस्या छ। कामका लागि खाद्यन्न कार्यक्रम अन्तर्गत २०६० सालदेखि सडकको निर्माण कार्य भएकोमा २०७४ सालदेखि औपचारिक रुपमा सडक चलेको थियो। २०६० सालदेखि निर्माण भएकोमा कामका लागि खाद्यन्न कार्यक्रम थियो।

पातारासीमा २६ गाउँबस्ती वटा छन्।राष्ट्रिय जनगणना २०७८ अनुसार पातारासीमा १६ हजार ८ सय २४ जनसंख्या छ। ३ हजार ३ सय ४२ घरधुरी छन्। ४० भन्दा बढी बहुमुल्य जडिबुटी र ३३ भन्दा बढी जंगली चरा र जनावरहरु भएको क्षेत्र मानिन्छ। पातारासी हुंदै डोल्पा जोड्ने सडकका रुपमा अहिलेको सडकलाई लैजान स्थानीयले जोडदार माग गरेका छन्।

अर्को समाचार
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित
०६ जेष्ठ २०८२
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित

जुम्लाको चन्दननाथ नगरपालिका–४, भारतीबाडाका प्रकाश उपाध्याय भेटघाटका लागि नगरपालिका कार्यालय पुगे। त्यहाँ उनले ठूलो अक्षरमा ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’ लेखिएको देखे। 

अचम्म मान्दै सहयोगी कर्मचारीसँग सोधे, ‘म हाकिमलाई भेट्न आएको छु, हुनुहुन्छ कि?’ कर्मचारीले जवाफ दिए, ‘हाकिम कार्यकक्षमा छन्, तर टोकन लिनुपर्छ।’ उपाध्यायले टोकन लिए, दर्ता गराए र हाकिमसँग भेटे। सामान्य भेटघाटपछि उनी घर फर्के।

प्रकाश मात्र होइन, चन्दननाथ नगरपालिकामा पुग्ने सबै सेवाग्राहीले यही तरिकाले सेवा लिन्छन्। पहिले जस्तो कोठा–कोठा धाउनुपर्ने बाध्यता अब छैन। टोकन लिएर एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगेपछि कर्मचारीले काम सकेर खबर गर्छन्। काम कति समय लाग्छ वा कति भयो भन्ने जानकारी प्रतीक्षा कक्षको स्क्रिनमा हेर्न सकिन्छ।  

नगरपालिका–३ की रमा उपाध्यायलाई मूल ढोकामा कर्मचारीले काम सोधेर टोकन लिई केन्द्रमा जान सुझाए। टोकन प्रणालीबाट बसेर सेवा लिएपछि उनी खुसी भइन्। उनले भनिन्, ‘काम सक्दा ढिलो हुन्छ होला सोचेको थिएँ। तर, एकैछिनमा भयो। कोठा–कोठा धाउनु परेन, एकै ठाउँमा सेवा पाइयो।’ 

सेवाग्राहीलाई सहज र कम समयमा सेवा दिन चन्दननाथ नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको छ। सुरुमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। जनप्रतिनिधि वा कर्मचारी भेट्न पुगेकाले १० मिनेटभन्दा बढी कुर्नु पर्दैन। अन्य कामका लागि पुगेकाहरू केन्द्रमा जान्छन्। त्यहाँ कार्यालय स्वचालन प्रणालीमार्फत सेवाको प्रकृतिअनुसार दर्ता हुन्छ। फाइल दर्तापछि कर्मचारीले वर्गीकरण गरी सम्बन्धित शाखालाई समय तोकेर काम पठाउँछन्।  

हरेक शाखाले सिस्टममार्फत कामको जानकारी पाउँछ र तोकिएको समयमा सक्छ। कागजात नपुगेमा सुरुमै सेवाग्राहीलाई प्रमाण जुटाउन भनिन्छ। गुनासोका लागि पेटिकाको व्यवस्था पनि छ।  

स्थानीय सूर्य थापाले सहज सेवा पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पहिले कसैले के पुगेन, कसैले के भन्थे, सेवा लिनै मन लाग्दैनथ्यो। अहिले एकै ठाउँमा बसेर सेवा पाइन्छ।’ योजना सम्झौता, रकम भुक्तानी, प्रस्तावना पेस गर्न टोकन लिनुपर्छ, जसले सेवा सहज भएको छ।  

पहिले टोकन नहुँदा सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्थ्यो। हल्ला र विवादले पालो पाउन कठिन हुन्थ्यो। पहुँचवालाको काम छिटो र पहुँच नहुनेले हप्तौँ कुर्नुपर्थ्यो। तर, टोकन प्रणालीले सबैको आवाज सुनिन्छ। थापाले भने, ‘अहिले हरेक कोठामा फाइल पुर्‍याउनु पर्दैन। दर्ता भएको फाइल कर्मचारीले सम्बन्धित फाँटमा पुर्‍याउँछन्।’  

उपप्रमुख रामदेवी खड्काले एकीकृत सेवा प्रवाहले नागरिकलाई सेवा दिन सहज भएको बताइन्। नियमित र अत्यावश्यक सेवासँगै समावेशी योजना र बजेट निर्माणमा पनि सजिलो भएको उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘टोकनले कर्मचारी पनि नियमित छन्। सेवाग्राहीले दुख पाएका छैनन्।’ हालसम्म एक हजार २४८ जनाले टोकनमार्फत सेवा लिएको तथ्याङ्क छ। अन्य सात गाउँपालिकामा पनि यो अभ्यास आवश्यक रहेको बताइएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १२ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस